शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा पीसीआर परीक्षण सुरु हुँदै

आइतबार, २३ कात्तिक २०७७, १३ : ०३
आइतबार, २३ कात्तिक २०७७

भक्तपुर । भक्तपुर अस्पतालमा पिसीआर परीक्षण सेवा सुरु गरिने भएको छ । ढेड महिना अघिदेखि परीक्षण सुरु गरिने भने पनि आगामी हप्ताबाट सुरु गरिने मेडिकल सुपरिन्टेन्डेन्ट सुमित्रा गौतमले बताइन । भक्तपुर अस्पतालले धुलिखेल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वाब परीक्षण गर्दै आएको छ । अस्पतालमा पीसीआर मेसिन आएपनि परीक्षण गर्नका लागि चाहिने अन्य सामाग्रीहरु तथा मेसिन आउन बाँकी रहेकाले परीक्षण हुन अझै एक हप्ता लाग्ने जनाइएको छ । कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उनले बताइन ।

एक हप्तापछि सञ्चालन गर्ने पीसीआर मेसिनले एक पटकमा १ सयवटा नमुना परीक्षण गर्ने क्षमता भएको अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले भक्तपुर अस्पताललाई कोरोनाभाइरस परीक्षण गर्ने पिसिआर मेसिन उपलब्ध गराएको हो । गौतमले एकचोटिमा एकसय जनाको पीसीआर टेस्ट गर्ने क्षमता भएको उनले बताइन् । उनले अहिलेसम्म कोरोना संक्रमित सबै जनालाई निःशुल्क नै उपचार भइरहेको जानकारी दिइन् । अहिलेसम्म भक्तपुर अस्पतालमा आइसोलेसनमा ११ जना र आइसियूमा ४ जना गरी कोभिडका १५ जना बिरामी रहेका छन् ।

भक्तपुर अस्पताललाई कोभिड अस्पताल बनाएयता बिरामीहरु उपचारबाट बञ्चित नहुन् भनेर अरु सेवा पनि सञ्चालनमा हुँदै आएका छन् । यहाँ दिनको करिब दुई सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गर्दछन् ।
भक्तपुर अस्पताल जिल्लाको सबैभन्दा पुरानो अस्पताल हो । यो काठमाडौंको वीर अस्पतालपछि नेपालकै दोस्रो पुरानो पनि अस्पताल हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप