बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेड पाण्डाको छालासहित ६ जना पक्राउ

आइतबार, २३ कात्तिक २०७७, ११ : ५५
आइतबार, २३ कात्तिक २०७७

काठमाडौं – ललितपुरको ईमाडोलबाट प्रहरीले दुर्लभ रेड पाण्डाको छाला सहित ६ जनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थित दिपक लिम्बुको घरमा रेड पाण्डाको छाला किनबेच गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ बर्षिय सुनिल गोले, २४ बर्षिय प्रकाश तामाङ, भोजपुरका ४१ बर्षिय सन बहादुर राई, खोटाङका १७ बर्षिय सोनाम राई, ताप्लेजुङका ३५ बर्षिय दिपक लिम्बु र सिन्धुलीका अम्बर बहादुर तामाङ छन् ।  

प्रहरीले उनीहरुको साथबाट ३ फिट ३ इन्च लम्बाई ९ फिट चौंडाई भएको रेड पाण्डाको छाला बरामद गरेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप