बाइडेनको जीत : विश्वव्यवस्थामा के परिवर्तन ल्याउला ?

अमेरिकाको चुनावी नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताच्यूत गरिदिएको छ । संसारभरि नै अत्यन्तै चासोका साथ हेरिएको यो निर्वाचनको परिणामपछि क्रिया–प्रतिक्रियाहरु आइरहेका छन् र मानिसहरु हर्ष प्रकट गरिरहेका छन् । नेपाल पनि त्यस प्रक्रियाबाट अछुतो छैन ।
आफ्ना अन्धराष्ट्रवादी विचार, गोराहरुको सर्वोच्चताको पक्षपोषण गर्ने उग्रनश्लभेदी सोचाइ अनि विश्व व्यवस्था आफूले चाहेको र सोचेको बाटोबाटै हिँड्नुपर्छ भन्ने अहंकारी व्यवहार बोकेका ट्रम्पको पतन विश्व व्यवस्थाका लागि तुलनात्मक रुपमा अग्रगामी फड्को नै हो । त्यसले विश्वभरि फैलिँदै र झाँगिँदै गइरहेको अन्धराष्ट्रवादी विचार, नश्लीय चिन्तनका आधारित रहेर सत्ता सञ्चालन गरिरहेका सबै शासकहरुको मुटुमा केही हलचल त अवश्य पैदा गराइदिएको नै होला । तर उनी निर्वाचनमा पराजित भएर ह्वाइटहाउसबाट च्यूत हुँदैमा त्यस्ता पश्चगामी विचार र सोचको पनि अन्त्य भइहाल्यो, अब विश्व व्यवस्थाले न्याय, शान्ति र प्रगतिको दिशामा नयाँ काँचुली फेर्नेछ भन्ने कदापि होइन । अहिले चुनावी परिणामले अमेरिकाको राष्ट्रपति पदबाट ट्रम्प गलहत्याइएका मात्र हुन्, तर त्यसले के पनि देखाएको छ भने उनले बोकेका सोच र विचारलाई बोक्ने ठूलो जमात अमेरिकामा स्थापित छ, दिनहुँ बढ्दै छ । र त्यसले अमेरिकी समाजमा बलियोसँग जरा गाडेर बसेको छ जसको जगमा ट्रम्पको मनपरी शासन चार वर्ष चलेको हो ।
वास्तवमै भन्ने हो भने, अहिलेको चुनावी परिणामले अमेरिका आवरणमा एक सिंगो मुलुक भए पनि विचार र व्यवहारको हिसाबले त्यो गहिरोसँग दुई भिन्न मुलुकमा विभाजित भएर रहेको छ । यस अर्थमा पनि अहिलेको चुनावमा अमेरिकी समाजमा जब्बर ढंगले उपस्थित ट्रम्पवादीहरु निमिट्यान्न भएका वा मासिएका होइनन्, उनीहरुको अस्थायी हार मात्र भएको हो । साँच्चै नै भन्ने हो भने, अहिले कोरोनाको कहर नहुँदो हो तथा ट्रम्प अहंकार र दम्भमाथि नचढेका भए भिन्नै परिणाम निस्कन बेर थिएन ।
वास्तवमै भन्ने हो भने, अहिलेको चुनावी परिणामले अमेरिका आवरणमा एक सिंगो मुलुक भए पनि विचार र व्यवहारको हिसाबले त्यो गहिरोसँग दुई भिन्न मुलुकमा विभाजित भएर रहेको छ । यस अर्थमा पनि अहिलेको चुनावमा अमेरिकी समाजमा जब्बर ढंगले उपस्थित ट्रम्पवादीहरु निमिट्यान्न भएका वा मासिएका होइनन्, उनीहरुको अस्थायी हार मात्र भएको हो । साँच्चै नै भन्ने हो भने, अहिले कोरोनाको कहर नहुँदो हो तथा ट्रम्प अहंकार र दम्भमाथि नचढेका भए भिन्नै परिणाम निस्कन बेर थिएन । उनले स्वास्थ्य विज्ञानका मान्यता र विज्ञको सुझाव र चेतावनीलाई पन्छाएर हैन, त्यसलाई अंगीकर गर्दै कोरोनो महाव्याधिलाई सामना गर्ने बुद्धिमत्ता देखाएका भए सम्भवतः अहिलेको चुनावमा पनि उनको पराजय निक्कै टाढाका विषयवस्तु हुने थियो भन्ने तथ्यलाई हामीले भुल्नु हुँदैन ।
अहिले बाइडेनको जीतमा जो जतिसुकै हर्षित भएपनि इतिहासमा दर्ज भएको तीतो तथ्य के पनि हो भने, विश्वमा अमेरिकाका रिपब्लिकनहरुको तुलनामा डेमोक्र्याटहरुले शोषण उत्पीडन र अन्यायपूर्ण युद्धहरु कम लादेका छैनन् । यस्तो स्थितिमा रिपब्लिकन नेता ट्रम्प सत्तामा रहँदैमा वा नरहँदैमा, उनको स्थानमा अमेरिकी नेतृत्वमा डेमोक्रेटिक पार्टीका बाइडेन वा अरु कुनै पात्र खडा भइहाल्दामा अमेरिकी नीति तथा अहिलेको विश्व व्यवस्थामा उथलपुथलकारी परिवर्तन आइहाल्छ भन्ने ठान्नु उचित हुन्न ।
अहिलको चुनाव परिणामले विश्व व्यवस्थामा रुपमा केही मात्रात्मक प्रगतिशील हेरफेर ल्याउन सक्ला, यो पनि अहिले सुखद् पक्ष हो । तर आधारभूत रुपमा त्यसले विश्वलाई आफ्नो साम्राज्यको आँगनको रूपमा हेर्न र विश्वमा हैकमवादी ढंगले थोपर्दै आएको नीतिमा पूरै हेरफेर ल्याउला भनी ठान्नु नीतिकथाको सोम शर्माको कथालाई सत्य साबित गर्नु मात्रै हुनेछ । इतिहासको पाना पल्टाएर हेर्ने हो भने जन्मकालदेखि नै युद्धको जगमा हुर्किएको अर्थतन्त्रमा बाँच्न अभिशप्त हुनु तथा युद्धबिना ‘सास फेर्न नसक्नु’ अमेरिकी व्यवस्थाको वास्तविक चरित्र हो । अहिले बाइडेनको जीतमा जो जतिसुकै हर्षित भएपनि इतिहासमा दर्ज भएको तीतो तथ्य के पनि हो भने, विश्वमा अमेरिकाका रिपब्लिकनहरुको तुलनामा डेमोक्र्याटहरुले शोषण उत्पीडन र अन्यायपूर्ण युद्धहरु कम लादेका छैनन् । यस्तो स्थितिमा रिपब्लिकन नेता ट्रम्प सत्तामा रहँदैमा वा नरहँदैमा, उनको स्थानमा अमेरिकी नेतृत्वमा डेमोक्रेटिक पार्टीका बाइडेन वा अरु कुनै पात्र खडा भइहाल्दामा अमेरिकी नीति तथा अहिलेको विश्व व्यवस्थामा उथलपुथलकारी परिवर्तन आइहाल्छ भन्ने ठान्नु उचित हुन्न ।
महाशक्ति देशमा जनदबाबका कारण र नेतृत्वमा जनमुखीपनामा वृध्दिको परिणामस्वरूप देशभित्रका आदिवासी, अफ्रिकी अमेरिकीसँगै सबै अल्पसंख्यक, गरिब र आप्रवासीहरूको जीवनमा थोरबहुत सुधार तथा पुरानो युध्दखोर प्रवृत्तिमा फेरबदलका लागि ठोस पहल भयो भने पनि विश्वव्यापी प्रभाव पर्ने देखिन्छ ।
यद्यपि, तुलनात्मक रुपमा ट्रम्पको पराजय र बाइडेनको जीतले अमेरिकाको राजनीतिमा केही हेरफेर पक्का ल्याएको छ, थप सुधारको सम्भावनाको आशा पनि जगाएको छ । तर त्यसले अमेरिकी राजनीतिक व्यवस्थाको मूल चरित्रमा नै आधारभूत रुपमा हेरफेर ल्यायो वा ल्याउनेछ भन्ने होइन । समग्र रुपमा अमेरिकाका आन्तरिक तथा बाह्य नीतिलाई बलियोसँग प्रभावित गर्ने हतियार तथा तेल व्यापारीहरुको प्रभुत्व र दबदबा अमेरिकी राजनीतिमा हावी भइन्जेलसम्म त्यहाँका सरकारमा हुने हेरफेरले मात्रात्मक रुपमा फरक पर्ला तर आधारभूत रुपमा शोषण, अन्याय र उत्पीडनको जगमा खडा अमेरिकी राज्यसत्ताको चरित्रमा खासै परिवर्तन ल्याउने छैन । महाशक्ति देशमा जनदबाबका कारण र नेतृत्वमा जनमुखीपनामा वृध्दिको परिणामस्वरूप देशभित्रका आदिवासी, अफ्रिकी अमेरिकीसँगै सबै अल्पसंख्यक, गरिब र आप्रवासीहरूको जीवनमा थोरबहुत सुधार तथा पुरानो युध्दखोर प्रवृत्तिमा फेरबदलका लागि ठोस पहल भयो भने पनि विश्वव्यापी प्रभाव पर्ने देखिन्छ ।