अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘शानदार जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नयाँ नेतृत्वसँग मिलेर काम गर्ने अवसर प्राप्त भएको छ ।’
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन् ।
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा