शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२०० करोड बजेटमा फिल्म बनाउँदै शाहरुख, दीपिकाको पारिश्रमिक कति ?

आइतबार, २३ कात्तिक २०७७, १० : ०९
आइतबार, २३ कात्तिक २०७७

एजेन्सी – लामो समयपछि बलिउडका किङ्ग शाहरुख खानको फिल्म आउँदैछ । उनले अर्को वर्षको दीपावलीको अवसरमा रिलीज गर्ने गरी फिल्मको तयारी गरिरहेका छन् । फिल्मको नाम ‘पठान’ राखिने स्रोतले जनाएको छ । 

फिल्ममा करिब तीन वर्षपछि फर्किएका शाहरुखको यो फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण हुनेछिन् । 

फिल्म निर्माता आदित्य चोपडाको २०० करोड (भारतीय रुपियाँ) लगानी रहने उक्त फिल्ममा दीपिकाको पारिश्रमिक १५ करोड हुने मिडिया रिपोर्टमा उल्लेख छ । 

फिल्ममा भिलेनको रुपमा जोन अब्राहम हुने र उनले २० करोड पारिश्रमिक लिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप