पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै
यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को रु १० लाखको आर्थिक सहयोगमा आकर्षक उद्यानले आन्तरिक पर्यटकलाई लोभ्याउने गरी निर्माण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ल्याउन र स्थानीयबासिन्दाको आम्दानीका स्रोतमा वृद्धि गर्न दृश्यावलोकन केन्द्रसमेत निर्माण गरिएको बताए ।
दृश्यावलोकन केन्द्रबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न मानिसहरु आउन थालेको अध्यक्ष घर्तीले बताए । यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो मात्रामा देखिएको छ । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् ।
उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको वडाध्यक्ष टोमबहादुर पुनले बताए । विशाल ढुङ्गाको पहाडमाथि बसेर दृश्यावलोकन गर्न थालेपछि गाउँपालिकाले दृश्यावलोकन केन्द्र निर्माणमा बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको सहयोगमा घरबास कार्यक्रमसमेत सञ्चालन गरी पर्यटकलाई सुविधा प्रदान गरिएको छ ।
पन्ध्र घरमा आवासीय सुविधाका लागि शय्याका सामान सहयोग गरेपछि घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । आन्तरिक पर्यटकहरु आइरहने तर खानबस्न व्यवस्था नहुँदा दुःख पाइरहेपछि घरबास कार्यक्रम सञ्चालन गरी पर्यटकलाई सुविधा र स्थानीयबासिन्दालाई आयआर्जन गर्ने बाटो खुलेको उनले बताए ।
प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रिचार्ज पोखरी समेत निर्माण गरिएको छ । अघिल्लो आवमा रु आठ लाख लगानीमा निर्माण गरिएको पोखरीमा पर्यटक टहलिन्छन् । घरबास कार्यक्रममा प्रयोग हुने गरीे सामुदायिक भवन निर्माण गरिएको छ । यसले पर्यटक आगमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । पर्यटकलाई स्वागत तथा विदाई तथा स्थानीय संस्कृतिको प्रदर्शनी स्थलका रूपमा सामुदायिक भवन प्रयोगमा ल्याइने स्थानीयबासिन्दाको भनाइ छ ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको डुम्रेमा प्रवेशद्वारसमेत स्थापना गरिएको छ । यसले पर्यटकलाई पर्यटकीय गन्तव्य तथा घरबास कार्यक्रम स्थलमा पुग्न सजिलै सूचना प्रदान हुनेछ । हिमाल, पहाड, तथा हिमालको सुन्दरता दृश्यावलोकन गर्न जन्तीलुङमा आन्तरिक पर्यटकको ओइरो लाग्दै आएको थियो ।
गर्मीको समयमा पनि शीतल हुँदा चैत्र वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटक घुमफिर गर्न रुचाउने स्थानीयबासिन्दा शेर बहादुर लम्तरी बताउँछन् । लम्तरीका अनुसार बन्दाबन्दी अवधिमा समेत तीन हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा आएका छन् । बन्दाबन्दीका कारण यस क्षेत्रमा सञ्चालित घरबास कार्यक्रम अहिले बन्द छ ।
त्यसै पनि पर्यटकलाई आवासीय सुविधा छैन । जिल्लाभित्र तानसेन, दोभानलगायतका क्षेत्रका मानिस मोटरसाइकल तथा साना गाडीमा यस क्षेत्रमा आइरहेको लम्तरीले बताए । घरबास कार्यक्रम कोरोनाका कारण बन्द हुँदा स्थानीयबासिन्दाको आम्दानी हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा