जीप दुर्घटना एक जनाको मृत्यु
आइतबार, २३ कात्तिक २०७७, ०९ : ०६
जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने