वीरगञ्जमा विवाद : ३२ नम्बर वडाको मतगणना स्थगित
बुधबार, ०४ असोज २०७४, १६ : ३१
पर्सा । वीरगञ्ज महानगरपालिका अन्तर्गत वडानम्बर ३२ को मतगणना रोकिएको छ । मत गणनाका क्रममा ६ वटा मतपत्र छाप नलगाएका भेटिएपछि प्रतिनिधिहरुबीच बिबाद भएर गणना रोकिएको हो ।
अहिले मतगणनास्थल ठाकुराम बहुमुखि क्याम्पसमा दलका प्रतिनिधिहरुले नारावाजी गरिहरेका छन् ।
मतगणनास्थलमा हो हल्ला र नारावाजी भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् ।
सो वडामा जम्मा ४४७६ मतदाता रहेका थिए । ३२ वडाबाहेक अन्य वडाको भने मतगणना जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना