तोड्ने होइन, जोड्ने काम गर्नेछुः बाइडेन

जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’
बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो । सुरुवाती प्रतिस्पर्धामा उनी पछि परिरहेको थिए ।
बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने बताएका छन् । बाइडेनले भने, ‘सोमबार म एक समूहको घोषणा गर्नेछु । जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञले हाम्रो कोभिड योजनाको विषयमा काम गर्नेछ । यो योजनालाई जनवरी सन् २०२० देखि लागू गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा