शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मान्छेले ढाँटेको पत्ता लगाउने मेशिन !

झुटो कुरा बोलेको कसरी थाहा पाउँछ मेशिनले ?
आइतबार, २३ कात्तिक २०७७, ०७ : ५६
आइतबार, २३ कात्तिक २०७७

कुनै मान्छेले अपराध गर्यो । अपराध गरेको कारण ऊ पक्राउमा प¥यो । उसलाई प्रहरीले केरकार गर्दा उसले आफूले अपराध गरेकै हैन भनी ढाँट्यो । त्यो मान्छेलाई अनेक डर, धम्की देखाइयो, लोभ लालच र प्रलोभन दिइयो, तै पनि उसले आफूले अपराध गरेको कुरा स्वीकारेन । त्यो मान्छेले साफ साफ झुटो बोल्यो । यस्तो स्थितिमा पुलिसलाई पर्नु फसाद प¥यो । किनभने, प्रमाणहरुले देखाइरहेको छ– त्यो समातिएकै मान्छेले त्यो अपराध गरेकै हो । तर उ आफूले अपराध गरेको कुरा स्वीकारिरहेको छैन । अब प्रहरीले उसको मुखबाट साँचो कुरा कसरी बकाउने ? उसले झुटो बोलिरहेको छ भनेर कसरी प्रमाणित गर्ने ?

अपराधको अनुसन्धान गर्ने क्रममा अनुसन्धानकर्तासमक्ष यो समस्या बारम्बार  आउने गर्छ । कुनै पनि मान्छेले आफूले अपराध गरेपछि हत्तपत्त आफूले त्यो आराध गरेको कुरा स्वीकारिहाल्दैन । यस्तो अवस्थामा त्यो मान्छेले झुटो बोलिरहेको छ भन्ने कुरा पत्ता लगाएर उसलाई त्यो कुरा अनुभूत गराउनु जरुरी हुन्छ । के यसो गर्न सम्भव हुन्छ  ?

आधुनिक विज्ञान–प्रविधिको उन्नतिले त्यो कुरा सम्भव तुल्याएको छ । यसको लागि झुटो समात्ने विभिन्न प्रकारका मेशिनहरु नै पनि आविष्कार भएका छन् ।

मान्छे जब झुटो बोल्छ, त्यसबेला उसको शरीरमा कतिपय परिवर्तनहरु भइरहेको हुन्छ । उदाहरणको लागि, झुटो बोल्दा मान्छेको स्वभाविक आवाजमा अन्तर आएको हुन्छ, उसले बारम्बार  थुक निलिरहेको हुन्छ, ऊ भित्री रुपमा डराइरहेको हुन्छ, उसको मुटुको धड्कन, मानसिक उत्तेजना, सासको गति र रक्तचाप बढिरहेको हुन्छ ।

मान्छे जब झुटो बोल्छ, त्यसबेला उसको शरीरमा कतिपय परिवर्तनहरु भइरहेको हुन्छ । उदाहरणको लागि, झुटो बोल्दा मान्छेको स्वभाविक आवाजमा अन्तर आएको हुन्छ, उसले बारम्बार  थुक निलिरहेको हुन्छ, ऊ भित्री रुपमा डराइरहेको हुन्छ, उसको मुटुको धड्कन, मानसिक उत्तेजना, सासको गति र रक्तचाप बढिरहेको हुन्छ ।

झुटो पक्रने मेसिनले झुटो बोल्दा मान्छेको शरीरमा हुने यिनै परिवर्तनहरुलाई, झुटो बोल्ने मान्छेको आन्तरिक भावनाहरुलाई समातेर, पूरा संवेदनशीलताका साथ ग्रहण गरेर त्यसको रेकर्ड बनाउँछ । त्यही रेकर्डलाई विशेषज्ञहरुले विश्लेषण गरेर त्यो मान्छेले कहाँ कहाँ झुटो बालेको छ भनेर किटानीसाथ नै भन्न सक्छन् ।

ढाँटेको पत्ता लगाउने मेशिनः लाइडिटेक्टर

कुनै पनि मान्छेले ढाँटेको छ कि छैन भनि पत्ता लगाउने मेसिनलाई लाइडिटेक्टर भनिन्छ । यो मेशिनलाई पोलिग्राफ पनि भनिन्छ । यस मेशिनको आविष्कार १९०८ मा डा. जेक्स मैकेजीले गरेका थिए ।

मान्छेले झुटो बोलेको छ कि छैन भन्ने कुरा जाँच्नका लागि उसको रक्तचाप र श्वास प्रश्वासको गतिलाई विश्लेषण गरेर अध्यन गर्ने प्रयास १९औं शताब्दीदेखि  नै हुँदै आएको छ । डा. मैकेजीको मेशिन यसैमा आधरित थियो ।

 उनको यो मेशिनलाई व्यवहारिक रुपमा अझ भरपर्दो बनाउने काम जोन ए लार्सनले गरेका थिए । क्यालिफोर्निया युनिर्भिर्सटीमा मेडिकल साइन्सका विद्यार्थी लार्सनले १९२१ मा तयार गरेको मेशिनले लगातार रुपमा रक्तचाप र श्वासप्रश्वासको रेकर्ड दिन्थ्यो ।

 मान्छेको मस्तिष्कमा हुने कुनै पनि क्रियाकलापले मान्छेको भौतिक गतिविधिमा प्रभाव पारिरहेको हुन्छ । सामान्य अवस्थामा मान्छेको रक्तचाप, हात औलामा आएको पसिना मात्र, सास र नाडीको  गतिहरुको स्थितिमा ठूलो अन्तर हुन जान्छ । झुटो पक्रने मेशिनले बयान दिने व्यक्तिको शरीरमा हुने यही ४ किसिमका भौतिक गतिविधिहरुलाई एक साथ ग्रहण गरेर त्यसको ग्राफ बनाईदिन्छ । र, त्यही ग्राफमा देखापरेको उतारचढावको आधारमा परीक्षण गरिएका व्यक्तिले झुटो बोले नबोलेको ठम्याइन्छ ।

 मान्छेको मस्तिष्कमा हुने कुनै पनि क्रियाकलापले मान्छेको भौतिक गतिविधिमा प्रभाव पारिरहेको हुन्छ । सामान्य अवस्थामा मान्छेको रक्तचाप, हात औलामा आएको पसिना मात्र, सास र नाडीको  गतिहरुको स्थितिमा ठूलो अन्तर हुन जान्छ । झुटो पक्रने मेशिनले बयान दिने व्यक्तिको शरीरमा हुने यही ४ किसिमका भौतिक गतिविधिहरुलाई एक साथ ग्रहण गरेर त्यसको ग्राफ बनाईदिन्छ । र, त्यही ग्राफमा देखापरेको उतारचढावको आधारमा परीक्षण गरिएका व्यक्तिले झुटो बोले नबोलेको ठम्याइन्छ ।

मान्छेको बयानको सत्यता जाँच्नको लागि यो मेशिनको प्रयोग गर्दा सबैभन्दा पहिले बयान लिने मान्छेलाई मेशिनको अगाडि राखिन्छ । त्यस अवस्थामा ऊसंग सामान्य कुराकानीहरु गरेर मेशिनमा उसको भौतिक गतिविधिहरुको ग्राफ सामान्य स्तरमा रहने गरी कुराकानी गरिन्छ । त्यसपछि उसलाई लक्षित कुराबरे केरकार गरिन्छ । त्यस अवस्थामा उसले बयान दिँदा उसको शरीरमा आउन थालेको भौतिक परिवर्तन अनुरुप मेशिनले अंकित गर्ने ग्राफको स्तरमा स्तरमा पनि फेरबदल हुन थाल्छ । यसरी फेरबदल हुने क्रममा मेशिनमा ग्राफको स्तर तीन गुना बढ्यो भने त्यो व्यक्तिले झुटो बोल्दैछ भनेर मानिन्छ ।

मानसिक तनाका आधारमा झुटो पक्रने मेशिन

झुटो बोलेको पक्रने अर्को एउटा मेशिन पनि छ, जसलाई ‘साइकोलोजिकल स्ट्रेस इवेल्यूएटर’ भनिन्छ । यो मेशिन सिगरेडको डब्बा जत्रो आकारको हुन्छ । बयान दिँदा मानिसमा पैदा हुने मानसिक तनाबको विश्लेषण गरेर यस मेशिनले उसले झुटो बोले, नबोलेको पत्ता लगाउँछ । यस मेशिनले मान्छेले झुटो बोल्दा मान्छेको आवाजमा अस्वभाविक उत्तरचढाव आउँछ भन्ने सिद्धान्तमा आधारित भएर काम गर्छ ।

झुटो बोलेको पक्रने अर्को एउटा मेशिन पनि छ, जसलाई ‘साइकोलोजिकल स्ट्रेस इवेल्यूएटर’ भनिन्छ । यो मेशिन सिगरेडको डब्बा जत्रो आकारको हुन्छ । बयान दिँदा मानिसमा पैदा हुने मानसिक तनाबको विश्लेषण गरेर यस मेशिनले उसले झुटो बोले, नबोलेको पत्ता लगाउँछ । यस मेशिनले मान्छेले झुटो बोल्दा मान्छेको आवाजमा अस्वभाविक उत्तरचढाव आउँछ भन्ने सिद्धान्तमा आधारित भएर काम गर्छ ।

यस मेशिनले मान्छेले बयान दिँदा उसको बोलीमा कहाँ स्वभाविक उत्तारचढाव छ भन्ने कुरालाई ग्राफमा अंकित गरिदिन्छ । त्यो ग्राफलाई ठुलो मेशिनमा राखेर अर्को ठुलो ग्राफ बनाइन्छ र विशेषज्ञहरुले त्यसको विश्लेषण गरेर बयान दिने मान्छेले कहाँ कहाँ झुटो बोल्यो भनेर ठम्याउन सक्छन् । यसलाई विश्लेषण गर्ने अर्को तरीका पनि छ । यसमा त्यो व्यक्तिको बयानको टेपमा एउटा सानो कम्प्युटर जोडिन्छ र बजाइन्छ । त्यो बजाउदा त्यो व्यक्तिले झुटो बोलेको स्थानमा रातो, हरियो बत्ति बल्छ र झुटो बोलेको सहजै पत्ता लाग्छ ।

झुटो बोल्दा आँखा र नंगको रंग पनि परिवर्तन हुन्छ !

विज्ञानमा भएको खोजले के पनि पत्ता लागिसकेको छ भने, झुटो बोल्दा मान्छेको आँखा र नंगमा पनि सुक्ष्म रुपमा परिवर्तनहरु भएको हुन्छन् । तर ती परिवर्तनहरु  यति सुक्ष्म हुन्छन् कि त्यसलाई हाम्रो आँखाले ठम्याउनै सक्दैन । तर विज्ञान र प्रविधिमा नयाँ नयाँ प्रगतिहरु भइरहेका छन् । फलतः यस मेशिनले झुटो बोल्दा मान्छेको आँखा र नंगमा आउने परिवर्तनलाई समेत पक्रेर झुटो बोलेको कुरा बताइदिने मेशिन समेत बनिसकेको छ ।

यस प्रविधिमा एउटा विशेष प्रकारको फिल्म उपयोगमा ल्याइन्छ । त्यो फिल्मको जाँच गरेर वयान दिने मान्छेले कहाँ कहाँ झुटो बोलेको थियो भनेर पत्ता लगाइन्छ ।

कति व्यवहारिक हुन्छन् यस्ता मेशिनहरुको प्रयोग ?

यस्ता मेशिनहरुले झुटो पक्रने भए पनि यसको भरपर्दोपनाबारे सधैं विवाद र प्रश्न उठन् गरेको छ । किनभने, मेशिन भनेको मेशिन नै हो । यो शत प्रतिशत साँचो हुन सक्दैन । फेरि, यो मेशिनले जाँच्दाखेरी देखाउने शारिरिक प्रतिक्रियाहरु झुटो बोलेकै कारण देखिएको हो भन्ने पनि कुनै ग्यारेन्टी हुँदैन । त्यस्तो प्रतिक्रिया डर वा अन्य कुनै कारणले पनि देखिएको हुनसक्छ । केरकार गरिएका मान्छेको शारिरिक वा मानसिक अस्तव्यस्तता, असहजता, लगातार सोधपुछ र मानसिक यन्त्रणाले गर्दा पनि त्यस्तो देखाएको हुन सक्छ । त्यसबाहेक, पेशेवर अपराधीले त्यस्तो मेशिनकै साम्मुन्ने बसेर झुटो बोल्दा पनि त्यस्तो कुनै शारिरिक प्रतिक्रिया नदेखाउन सक्छ, जसले गर्दा  मेशिन त्यो बयान दिने मान्छेले झुटो बोलिरहेको देखाओस् ।

यस्ता मेशिनहरुले झुटो पक्रने भए पनि यसको भरपर्दोपनाबारे सधैं विवाद र प्रश्न उठन् गरेको छ । किनभने, मेशिन भनेको मेशिन नै हो । यो शत प्रतिशत साँचो हुन सक्दैन । फेरि, यो मेशिनले जाँच्दाखेरी देखाउने शारिरिक प्रतिक्रियाहरु झुटो बोलेकै कारण देखिएको हो भन्ने पनि कुनै ग्यारेन्टी हुँदैन । त्यस्तो प्रतिक्रिया डर वा अन्य कुनै कारणले पनि देखिएको हुनसक्छ ।

त्यसैले कतिपय विकसित मुलुकका अदालतहरुमा यो मेशिनको नतिजालाई प्रमाणको रुपमा ग्रहण गरिँदैन । तर अपराधको अनुसन्धानको क्रममा यो मेशिनको नतिजाले आरोपित मान्छेले कत्तिको साँचो बोलिरहेको छ भन्ने कुराको अनुमान गर्ने आधार भने प्रदान गर्न सक्छ । फेरि यो मेशिनको जाँचले कुनै पनि निर्दोष मान्छेलाई अपराधी भनी आरोपित त गरिएको छैन भन्ने कुरा छुट्याउने आधार पनि मिल्छ ।

विकसित मुलुकहरुमा झुटो पक्रने मेशिनको प्रयोग अपराधीहरु पत्ता लगाउने कार्यमा मात्र हैन, कुनै पनि संस्थामा मान्छेलाई भर्ना गर्ने क्रममा पनि प्रयोग गरिँदै आएको थियो । तर सन् १९८८ मा अमेरिकाको कांग्रेसले एक कानुन  पारित गरी निजी क्षेत्रको व्यवसायिक  संस्थाहरुमा मान्छे भर्ना गर्दा यस्ता मेशिनहरुको प्रयोग गर्नमा प्रतिबन्ध लगायो । तर सुरक्षा निकायहरुमा र आर्थिक अपराधमा संलग्न रहेका हुन सक्ने शंका गरिएकालाई भने यी मेशिनहरुको प्रयोग गर्न छुट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप