समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था माग

नेपाल बाल सङ्गठनले बालबालिकालाई समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग गरेको छ । सङ्गठनले आज पत्रकार सम्मेलन गरी धनी र गरिब वा सबै बालबालिकालाई समान शिक्षा हुने नीति बनएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने सरकारसँग माग गरेको हो ।
सङ्गठनले मानसिक तथा शारीरिक आपाङ्गता भएका बालबालिकाका लागि उचित व्यवस्था गर्न सरकार तथा स्थानीय सरकारसँग आग्रहसमेत गरेको छ । सङ्गठनले बालगृहको अवस्था पुनरावलोकन गरी अत्यावश्यक सुधारका साथै बालमैत्री अवधारणाको विकास र आमा, बाबु तथा अभिभावक भएका बालबालिकालाई उनीहरुकै घरमा पुनर्मिलन गराउने तथा व्यवस्था गर्न पहल गर्ने भएको छ ।
सम्मेलनमा अध्यक्ष विद्या उपाध्यायले सङ्गठनले उमेर नाघेका तथा वयस्क भएका गृहमा संरक्षितको अन्यत्र उचित व्यवस्थापनका लागि पहल गर्ने बताइन् । सङ्गठनले केन्द्रिय स्तरमा अन्र्तराष्ट्रियस्तरको सुविधासम्पन्न बालग्राम निर्माण गर्ने योजना अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा