बुबालाई आक्रमण गरेको रिसमा सन्तोषले लिए २५ वर्षीय युवकको ज्यान
काठमाडौँ । प्रहरीले काभ्रेको रोशी गाउँपालिका–११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको हत्यामा संलग्न सन्तोष नेपालीलाई पक्राउ गरेको छ । बिसुङ्खेको शनिबार बिहान ढुंगा प्रहारबाट हत्या भएको थियो ।
आफ्नो बुबालाई बञ्चरो प्रहार गरेर घाइते बनाएको रिसमा सोही ठाउँका २४ वर्षीय सन्तोष नेपालीको ढुंगा प्रहारबाट बिसुङ्खेको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले जानकारी दिए ।
सामान्य विवादमा बिसुङ्खेले सन्तोषको ५५ वर्षीय बुबा खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरेर गम्भीर घाइते बनाएको एसपी पौडेलले बताए । बुबालाई बञ्चरो प्रहार गरेको रिसमा सन्तोषले ढुंगा प्रहार गर्दा बिसुङ्खेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका खड्ग बहादुर नेपालीको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल काभ्रेमा राखिएको छ । सन्तोषलाई हिरासतमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीमा पनि अलमल
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाका २ मन्त्रीलाई ह्विप
-
डन–३ को सुटिङ लोकेसन हेर्न लन्डन पुगे फरहान अख्तर, अगष्टपछि छायाङ्कन सुरु हुने
-
फ्राईडे रिलिज : देशभर ‘मनसरा’
-
युरोपा लिग फुटबल : बायर लेभसकुसेनले रोमालाई उसैको मैदानमा हरायो
-
लोकसभा निर्वाचन : राहुल गान्धी रायबरेलीबाट र केएल शर्मा अमेठीबाट चुनाव लड्ने