सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा कालो पोसाक लगाएर प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

शनिबार, २२ कात्तिक २०७७, १७ : ०६
शनिबार, २२ कात्तिक २०७७

काठमाडौंको माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझैकतिसहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । यस्तै आँखामा कालो पट्टी समेत बाँधेका थिए । 
उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए भने कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो । 

यो अभियानले उपत्यकाबाहिरका विभिन्न स्थानमा समेत प्रदर्शन गर्दै आएको छ । 

अभियानले बलात्कारीहरूलाई  कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ । फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वतःस्फूर्त रूपमा प्रदर्शनको आह्वान गर्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप