दयाहाङसँग बिमलाको ‘आउन माया’
शनिबार, २२ कात्तिक २०७७, १२ : ५८
काठमाडौं । गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरि लम्सालको शब्द, संगीत र एरेन्ज रहेको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाउन खोजेको छ । भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।
भिडियोमा आफूलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथा बुनिएको छ ।
किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोमा दयाहाङ राई र बिमलाको अभिनय रहेको छ । अनिल रानाको सम्पादन, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु