बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको नयाँ बसपार्कमा सुरक्षा गार्ड र सहचालकबीच झडप

शनिबार, २२ कात्तिक २०७७, ११ : ५६
शनिबार, २२ कात्तिक २०७७

राजधानीको नयाँ बसपार्कमा सुरक्षा गार्ड र सहचालकको एक समूहबीच झडप भएको छ । बस पार्किङको विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको हो । 

प्रहरीका अनुसार नयाँ बसपार्कमा बस पार्किङको विषयमा विवाद हुँदा त्यहाँ कार्यरत दुई सुरक्षा गार्डले एक सहचालकलाई हातपात गरेको पाइएको छ। बसपार्कमा कार्यरत सुरक्षा गार्ड लमजुङका ३८ वर्षीय सुनबहादुर गुरुङ र चितवनका ३३ वर्षीय सुरेन्द्र श्रेष्ठले ती सहचालकलाई हातपात गरेका थिए ।

उनीहरुले सहचालकमाथि हातपात गरेपछि अन्य सहचालक समेत आएर सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि दुई पक्षीय झपड भएको प्रहरीको भनाइ छ । 

महानगरीय प्रहरी प्रभाग बसपार्कमा प्रमुख इन्सपेक्टर रमेश विष्टले सहचालकलाई कुटपिटमा संलग्न दुई सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको बताए । प्रहरी हस्तक्षेपपछि अवस्था सामान्य बनेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप