रिएजेन्ट नहुँदा रोकियो सेरोप्रिभलेन्स सर्वेक्षण
काठमाडौं । नेपालमा गत माघ १० मा पहिलो कोरोना संक्रमित पत्ता लाग्यो भने कोरोना संक्रमितको संख्या दुई पुग्दा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चार महिना लकडाउन ग¥यो भने त्यसपछिको केही साता निषेधाज्ञा जारी ग¥यो ।
कोरोनाभाइरस संक्रमण फैलन सुरु भएको ८ महिना पुरा हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायस्तरमा संक्रमणको अवस्था कुन चरणमा पुगेको छ भनेर पत्ता लगाउनसमेत सकेको छैन ।
हाल कोरोना संक्रमण अर्थात्, ‘कोभिड—१९’ का कारण मृत्यु हुनेको संख्या हजारभन्दा बढी पुगेको छ । संक्रमण समुदायस्तरमा फैलिएर दीर्घरोगी, वृद्धवृद्धा बिरामीलाई समस्या पर्न थालेको छ भने अस्पतालमा बेडको अभाव भइरहेको छ । नेपालमा कोरोना संक्रमण समुदायमा फैलिसकेको दावी केही अघिदेखि नै विज्ञहरुले गर्दै आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकारेको थिएन ।
दशै अगाडि नै सरकारले ‘सेरोप्रिभलेन्स’ सर्वेक्षणबाट नेपालमा कोभिड—१९ को संक्रमणको अवस्था पत्ता लगाउने भन्दै आए पनि व्यवहारमा उतार्न सकेको छैन । दुई साता अघिदेखि समुदायमा कोभिड—१९ को संक्रमणको अवस्था थाहा पाउन सेरोप्रिभलेन्स सर्वेक्षणको लागि संकलन गरिएको रगतको नमुना रिएजेन्टको अभावमा सर्वेक्षण भएको छैन ।
लामो समय थन्क्याएर राखिएको नमुना अब परीक्षण गर्नुको औचित्य नहँने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । बडादसैँ अगाडि संकलन गरिएका नमुना १५÷१६ दिन थन्क्याइएका कारण अब तिनको परीक्षण गर्दा सही नतिजा दिन नसक्ने उनको भनाइ छ ।
यसरी लामो समय थन्क्याएर राखिएको नमुना अब परीक्षण गर्नुको औचित्य नहँने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । बडादसैँ अगाडि संकलन गरिएका नमुना १५÷१६ दिन थन्क्याइएका कारण अब तिनको परीक्षण गर्दा सही नतिजा दिन नसक्ने उनको भनाइ छ ।
‘बडादसैँ अगाडि रगतको नमुना लिइएको हो, अहिले त बडादसैँ पनि सकियो,’ उनले भने, ‘संक्रमित ३५÷४० हजार बढीसके, संकलन गरेको नमुनाको गुणस्तर पनि घट्छ ।’
सेरोप्रिभलेन्स सर्वेक्षण गर्दा योजना बनाएर नमुना संकलन गर्ने, समयमै परीक्षण गर्नुपर्ने भए पनि झारा टार्ने काममात्र भएको उनी बताउँछन् । नमुना संकलन गरेको लामो समयमा परीक्षण गर्दा असान्दर्भिक जस्तै हुने उनको भनाइ छ ।
बेलायतमा संक्रमण भएको तीन महिनापछि सेरोप्रिभलेन्स सर्वेक्षण गर्दा एन्टीबडी विकास नभएको रिपोर्ट समेत सार्वजनिक भएको उनले बताए । नेपालमा घरघरमा संक्रमण पुगेको अवस्थामा लामो समय थन्क्याएर राखेको नमुना ढिला गरेर परीक्षण गर्दा सर्वेक्षणले कस्तो निष्कर्ष दिन्छ होला भन्ने प्रश्न उब्जिनु स्वाभाविक नै हो ।
सेरोप्रिभलेन्स सर्वेक्षणले नेपालमा कोभिड—१९ सुरु भएसँगै हालसम्म कति संक्रमित भएर निको भए, संक्रमण कति भए, कति संक्रमित छन् भन्ने थाहा पाउन सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रुना झाले बताइन् । यस सर्वेक्षणबाट कोरोना भाइरससँग लड्ने क्षमता कति प्रतिशत जनसंख्यामा विकास भएको छ भनेर आँकलन गर्न सकिने उनको भनाइ छ ।
सेरोप्रिभलेन्स सर्वेक्षणले नेपालमा कोभिड—१९ सुरु भएसँगै हालसम्म कति संक्रमित भएर निको भए, संक्रमण कति भए, कति संक्रमित छन् भन्ने थाहा पाउन सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रुना झाले बताइन् । यस सर्वेक्षणबाट कोरोना भाइरससँग लड्ने क्षमता कति प्रतिशत जनसंख्यामा विकास भएको छ भनेर आँकलन गर्न सकिने उनको भनाइ छ ।
वडादशैं अगाडि नै घरभित्र सीमित व्यक्तिहरुमा तीव्र गतिमा संक्रमण दर देखिन थलेपछि सेरोप्रिभलेन्स सर्वेक्षण गर्र्ने भनेर बेलाबखत सरकारले भन्दै आएको हो । यसका बाबजुद अहिलेसम्म त्यस्तो सर्वेक्षण गर्न नसकेको अर्का जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउँछन् ।
उनका अनुसार पहिल्यै सर्वेक्षण गरेर आएको नतिजालाई आँकलन गरेर रणनीतिका साथ अगाडि बढ्नुपर्ने थियो । कोरोनाभाइरस फैलिएका राष्ट्रहरुले सेरोप्रिभलेन्स सर्वेक्षण गरेर त्यसको आधारमा जनतालाई जानकारी दिनुका साथै रणनीति बनाएर अगाडि बढेकोसमेत उनले सुनाए ।
सरकारले पहिला भारतबाट स्वदेश फर्कने र सरसफाई कर्मचारी, फुटपाथमा व्यापार गर्नेलाई धमाधम आरडिटी परीक्षण गरेको थियो । पिसिआर परीक्षण गर्नुपर्ने ठाउँमा आरडिटी परीक्षण गर्दा यात्रा इतिहास नभएका व्यक्तिमा अर्थात् समुदायमा कोारोनाभाइरस संक्रमण फैलन सुरु भयो । सुरुमा समुदायमा कति संक्रमित भएर निको भए भनेर थाहा पाउन परीक्षण गरिने आरडिटीले कोरोना परीक्षण गरियो । समुदायमा कति संक्रमित भएर आफै निको भए भन्ने पत्ता लगाउन गुणस्तरीय आरडिटीबाट निश्चित क्षेत्रमा सर्वेक्षण गर्न सकिने डा.पाण्डे बताउँछन् ।
पिसिआर परीक्षण गर्नुपर्ने ठाउँमा आरडिटी परीक्षण गर्दा यात्रा इतिहास नभएका व्यक्तिमा अर्थात् समुदायमा कोारोनाभाइरस संक्रमण फैलन सुरु भयो । सुरुमा समुदायमा कति संक्रमित भएर निको भए भनेर थाहा पाउन परीक्षण गरिने आरडिटीले कोरोना परीक्षण गरियो । समुदायमा कति संक्रमित भएर आफै निको भए भन्ने पत्ता लगाउन गुणस्तरीय आरडिटीबाट निश्चित क्षेत्रमा सर्वेक्षण गर्न सकिने डा.पाण्डे बताउँछन् ।
सेरोप्रिभलेन्स सर्वेक्षणका लागि बडादसैँ अगाडि सबै प्रदेशबाट संकलन गरिएको करिब ३ हजार १ सय ५५ नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा राखिएको डा. झाको भनाइ छ । सर्वेक्षणका लागि संकलन गरिएको रगतको परीक्षण रिएजेन्टको अभाव हुँदा अगाडि बढ्न सकेको छैन । रिएजेन्ट विश्व स्वास्थ्य संगठनबाट आएपछि नमुना परीक्षण आरम्भ गरेको १० दिनसम्म सकिने उनको भनाइ छ ।
संकलित रगतको नमुनाबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिन्छ । यसबाट कोभिड–१९ संक्रमण भइ निको भइसकेकाको अवस्था थाहा हुन्छ । त्यसपछि पीसीआर परीक्षण गराउँदा कोभिड–१९ को नयाँ संक्रमितलाई मात्रै पोजेटिभ रिपोर्ट देखिने डा. झा बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
-
बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !