ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान
शनिबार, २२ कात्तिक २०७७, ०९ : २१
काठमाडौं । ट्राफिक सचेतनाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक नयाँ अभियानको शुभारम्भ गरेको छ । शनिबारदेखि महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी भीम ढकालले सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए । उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ ।
ट्राफिक प्रहरीले अभियानबाट एक महिनामा १ लाख जनामा ट्राफिक सचेतामा जगाउने लक्ष्य लिएको छ । यसअघि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक डमी राखेको थियो भने त्यो डमी अभियान प्रभावकारी बनेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण