ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान
शनिबार, २२ कात्तिक २०७७, ०९ : २१

काठमाडौं । ट्राफिक सचेतनाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक नयाँ अभियानको शुभारम्भ गरेको छ । शनिबारदेखि महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी भीम ढकालले सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए । उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ ।
ट्राफिक प्रहरीले अभियानबाट एक महिनामा १ लाख जनामा ट्राफिक सचेतामा जगाउने लक्ष्य लिएको छ । यसअघि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक डमी राखेको थियो भने त्यो डमी अभियान प्रभावकारी बनेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ