आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौं – देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना छन् भने ४४ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै सुदूरपश्चिममा ८ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ जना आईसीयू र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् ।
शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, ललितपुरमा १ सय ८७ र भक्तपुरमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन
-
सुनको मूल्य तोलामा १ लाख ७८ हजार रुपैयाँ नजिक पुग्यो
-
अमेरिकामा टिकटक किन्ने टन्नै छन् : ट्रम्प
-
उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन
-
मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन
-
जीतविहीन मुम्बईसँग उसैको मैदानमा भिड्दै साबिक विजेता कोलकाता