बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा एकैदिन ८३ वटा अनटेष्ट मोटरसाइकल र कार ट्राफिकले समात्यो

शुक्रबार, २१ कात्तिक २०७७, १९ : ४०
शुक्रबार, २१ कात्तिक २०७७

दाङ । जिल्ला ट्राफिक कार्यालय दाङले नम्बर नलेखेर बजारमा चल्ने अनटेष्ट सवारी साधनमाथि निगरानी बढाएको छ । 

ट्राफिक कार्यालयले शुक्रबारदेखि ट्राफिक नियम उलङ्घन गरि नम्बर नराखेर चलाउने अनटेष्ट सवारी साधनलाई सम्झाइ बुझाइदेखि जरिवाना गरेर कारबाहीसम्म गरेको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए ।  

सडकमा सरप्राइज चेकिङ गर्दै ट्राफिक प्रहरीले जिल्लाभरि निगरानी बढाएको हो । शुक्रबारमात्रै घोराहीको तुलसीपुर चोकसहित बजारका बिभिन्न भागमा चेकिङका क्रममा नम्बर नलखेर चलाइरहेका अनटेष्ट ३० वटा गाडीहरु नियन्त्रणमा लिर्इ जरिवाना गरिएको छ । 

जिल्ला ट्राफिक प्रमुख जिसीले ५३ वटा साना तथा ठुला सवारी साधनलाई पहिलो चरणमा सम्झाइ बुझाइ गरेर छाडिएको र यदि अटेर गरेमा जरिवाना गरेर कारबाही गरिने बताए ।  

उनले यो सरप्राइज चेकिङ अभियान एक हप्ता चल्ने जानकारी दिए । नम्बर नलेखेर चलाउने अनटेष्टमा मोटरसाइकल र कारहरु धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप