मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला हुन्छः मन्त्री भट्टराई
शुक्रबार, २१ कात्तिक २०७७, १८ : ४४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै अब पर्यटकीय गतिविधि सञ्चालन गरिने भट्टराईले बताए । सोही अवसरमा मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा समेत अघि बढाइने बताएका छन् ।
यसका लागि सबै क्षेत्रबाट कोभिड स्वास्थ सुरक्षा विधिहरु अपनाउदै आ–आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा लाग्न समेत मन्त्री भट्टराईले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु