बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा २९०९ संक्रमित थपिए, ४५०० निको

शुक्रबार, २१ कात्तिक २०७७, १७ : १३
शुक्रबार, २१ कात्तिक २०७७

बितेको २४ घण्टामा थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।  
हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । यसैबीच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप