नेपाली बैंकको पक्षमा चिनियाँ अदालतको फैसला, डेढ अर्ब फिर्ता हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी रकम फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा चिनियाँ अदालतमा चलिरहेको मुद्दा नेपाली बैंकहरुको पक्षमा गएको छ । चीनको हेनान प्रान्तस्थित झङझाओ इन्टरमिडियट कोर्टमा चलेको चाइना कन्स्ट्रक्सन बैंक र नेपाली बैंकहरुबीचको मुद्दामा अदालतले नेपाली बैंकको पक्षमा फैसला सुनाएको हो ।
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत् बैंक अफ काठमाण्डू र हिमालयन बैंकबाट बैंक ग्यारेन्टीमार्फत् रकम भुक्तानी लिएको थियो । तर सो कम्पनीले आयोजनाको काम बीचैमा छोडिदिएपछि आयोजनाले बैंक ग्यारेन्टी बापतको रकम जफत गरेको थियो ।
कम्पनीको बैंक ग्यारेन्टी जफत भएपछि हिमालयन र बीओकेले चाइना कन्स्ट्रक्सन बैंकसँग त्यस्तो ग्यारेन्टीबापतको रकम भुक्तानी माग गरेको थियो । तर, सो बैंकले यस्तो माग अस्वीकार गरेपछि यो विषय अदालतसम्म पुगेको हो । तर, ठेक्का प्रक्रियामा बैंकहरुको भूमिका नहुने भन्दै बैंक ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न आदेश दिएको हो । यो आदेश प्राप्त भएसँगै बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको करिब ६६ करोड रुपैंया आउने बाटो खुला भएको छ । त्यसका लागि बैंकहरुले आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरेको जनाएका छन् । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतबाट यस्तै प्रकारको मुद्दा जित्दै २ अर्ब रुपैंया फिर्ता पाएको थियो ।
बीओके, हिमालयन र इन्भेष्टमेन्ट बैंकको रकम डुब्दा नेपाली बैंकहरुले विदेशी कम्पनीको लागि लिइदिने बैंक ग्यारेन्टी नै जोखिममा परेको विश्लेषण हुन थालेको थियो । तर दुवै मुद्दा नेपाली बैंकको पक्षमा आएपछि बैंकहरुले बैंक ग्यारेन्टीमा गर्दै आएको लगानी असुरक्षित नरहेको प्रमाणित समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा
-
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण