बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘सर्टिफाइड एजेन्टको व्यवस्था आउँदैछ, त्यसपछि गाउँगाउँसम्म पुग्छौँ’

सर्टिफाइड एजेन्ट र टीएमएस मेरा कार्यकालका दुई उपलब्धि : भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल
शुक्रबार, २१ कात्तिक २०७७, १२ : ४०
शुक्रबार, २१ कात्तिक २०७७

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्षमा निर्वाचित भएका भरत रानाभाट अहिले एसोसिएसनको २ वर्षे कार्यकालको अन्तिम समयमा छन् । एसोसिएसनले शुक्रबारका लागि वार्षिक साधारण सभा बोलाएको छ । सोही साधारण सभामार्फत् आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचनको एजेन्डासमेत तय गरिएको छ । रानाभाटले नयाँ सदस्यहरुलाई पालो दिन भन्दै अर्को कार्यकालमा आफू अध्यक्षमा नदोहोरिने बताइसकेका छन् । अब एसोसिएसनमा नयाँ नेतृत्वको कार्यसमिति आउने निश्चितप्रायः छ । यही सम्बन्धमा अध्यक्ष रानाभाटसँग उनको २ वर्षे कार्यकाल र समग्र बजारको समीक्षा एवं सेयर बजारका समसामयिक विषयवस्तुमा केन्द्रित रही कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष रानाभाटसँग गरिएको कुराकानीको सम्पादित अंशः

स्टक ब्रोकर एसोसिएसनको २ वर्षे कार्यकालको अन्तिम समयमा आइपुग्नुभएको छ । आफू नेतृत्वको कार्यकालको स्वमूल्याङ्कन कसरी गर्नुभएको छ ?

ब्रोकर भनेको एउटा रेगुलेटिङ व्यापार हो । हामी सेबोन र नेप्सेसँग स्वीकृति लिएर आफ्नो काम गर्छौं र उहाँहरुले दिएको निर्देशनअनुसार आफ्ना काम परिमार्जन तथा सुधार गर्दै जान्छौँ । यस्तो व्यापारमा आबद्ध संस्थाहरुको छाता सङ्गठनको रूपमा ब्रोकर एसोसिएसनले आफ्ना  एजेन्डा नियामकसँग प्रष्ट रूपमा राख्ने प्रयत्न गर्यौं । त्यसमा हामी धेरै हदसम्म सफल पनि भएका छौँ ।

अर्थ मन्त्रालय, नेप्से, राष्ट्र बैङ्क लगायतलाई सुझाव दिने जस्ता नियमित काम गरिरहेकै छौँ । हामीले राखेका कतिपय एजेन्डा पूरा भइसकेका पनि छन् । कतिपय पाइपलाइनमा छन् ।

अरू केही एजेन्डा स्थापित गर्न हामी सफल भएका छौँ । जस्तो, अहिले धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा आधिकारिक प्रतिनिधि (सर्टिफाइड एजेन्ट) को जुन कुरा आयो, म ब्रोकर एसोसिएसनको अध्यक्ष भएर आउनुभन्दा अघि यसबारे कुरा उठेको थिएन । वास्तवमा यो समग्र बजारको उपलब्धि हो ।

दोस्रो, अहिलेको अनलाइन कारोबारको टीएमएसमा समस्या आएपछि त्यसलाई प्रतिस्थापन गर्नेबारे हामीले नेतृत्व लियौँ । अहिले यसका लागि कम्पनी नै दर्ता भइसकेको छ । यो पनि हाम्रो देखिनेगरी भएको काम हो ।

मैले देखेका काम यिनै हुन् । यसभन्दा बढी मूल्याङ्कन त बाहिर बसेर हाम्रो गतिविधि नियालिरहनुभएका साथीहरुले गर्नुभएको होला ।

आफ्नो कार्यकालमा गर्न चाहेर पनि नसकेको काम चाहिँ के हो ?

मूलतः हामीले एसोसिएसनको सचिवालय गठन गर्ने र एसोसिएसनको आफ्नै एउटा भवन बनाउने उद्देश्य लिएका थियौँ । अहिले सचिवालय त गठन भइसकेको छ । एसोसिएसनको आफ्नै भवन बनाउन सकिएन । यसका लागि केही फन्ड कलेक्सन पनि गरियो । तर सफल चाहिँ भएका छैनौँ ।

आफ्नै भवन बनाउने योजना अलि महत्त्वाकाङ्क्षी पनि थियो । पछिल्लो १ वर्ष कोभिडका कारणले असर पनि गर्यो । तर कोभिडको बहानाभन्दा पनि यो चाहिँ गर्न नसकेकै हो । सुरु सुरुमा गरिएको भए सहज पनि हुन्थ्यो होला । अहिले महँगो पनि भयो ।

एसोसिएसन आफैँले काम गर्ने होइन, यसले समन्वय र सहजीकरण गर्ने मात्रै हो । ती कामहरु निरन्तर रूपमा चलिरहन्छन् । यो मैले पनि गरेँ । पूर्व अध्यक्षहरुले पनि गर्नुभयो । आउने कार्यसमितिले पनि गर्छ । यसलाई हामीले सामान्य प्रक्रियाकै रूपमा लिनुपर्छ ।

हामीले आफैँ निक्षेप सदस्यको रूपमा काम गर्न थाल्यौँ ।  मार्जिन लेन्डिङ प्रावधान ल्याएर त्यसको कार्यान्वयन सुरु गर्यौं । त्यसमा रहेका केही अप्ठ्यारा व्यवस्था सुधार गर्न भूमिका खेल्यौँ । अझै केही अप्ठ्यारा व्यवस्था छन्, त्यो सुधार भएपछि यसको कार्यान्वयन समेत राम्रोसँग अघि बढाउन ब्रोकरहरु सक्षम हुनेछन् ।

नियामकसँग तपाईंहरुको सम्बन्ध अहिले कस्तो छ ?

नियामकसँग हाम्रो सम्बन्धलाई दुई प्रकारले हेर्नुपर्छ । हामी रेगुलेटिङ संस्थाको रूपमा रेगुलेटरी निकायले नियम र कानुनको अधीनमा रहेर दिएको निर्देशनहरुलाई पालना गर्ने हो । त्यो हिसाबले हाम्रो सम्बन्ध उहाँहरुसँग सधैँ राम्रो हुनुपर्छ । तर एसोसिएसनको रूपमा चाहिँ कहिलेकाहीँ हाम्रा आफ्ना एजेन्डा राख्ने क्रममा प्रतिरक्षात्मक भूमिका खेल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा एसोसिएसन र नियामकको दूरी बढेको जस्तो देखिन्छ ।

वास्तवमा एउटा सदस्य संस्थाको रूपमा उहाँहरुसँगको सम्बन्ध जहिलै पनि राम्रो हुन्छ ।  अहिले पनि राम्रो नै छ । यो अवधिमा नियामकसँग बार्गेनिङसहित समदूरीको सम्बन्ध कायम गर्न ब्रोकर एसोसिएसनको कार्यसमितिले प्रभावकारी ढङ्गले काम गर्यो । अध्यक्षको रूपमा समन्वयकारी भूमिका मैले निर्वाह गरेँ भन्ने लाग्छ ।

ब्रोकरको क्षमता विस्तार पनि एसोसिएसनको सफलतासँग जोडेर हेर्न सकिन्छ । यो दृष्टिकोणबाट तपाईंहरु कति सफल हुनुभयो ? ब्रोकरहरुको क्षमता अहिले कति बढ्यो ? 

क्षमता विस्तारको कुरा गर्दा कार्यगत क्षमता नै अगाडि आउँछ । हाम्रो कार्यगत क्षमता यो अवधिमा निकै सुधार भएको छ ।

हामीले आफैँ निक्षेप सदस्यको रूपमा काम गर्न थाल्यौँ ।  मार्जिन लेन्डिङ प्रावधान ल्याएर त्यसको कार्यान्वयन सुरु गर्यौं । त्यसमा रहेका केही अप्ठ्यारा व्यवस्था सुधार गर्न भूमिका खेल्यौँ । अझै केही अप्ठ्यारा व्यवस्था छन्, त्यो सुधार भएपछि यसको कार्यान्वयन समेत राम्रोसँग अघि बढाउन ब्रोकरहरु सक्षम हुनेछन् ।

अहिले हामीले पोर्टफोलियो म्यानेजमेन्ट सिस्टम (पीएमएस) को काम हामीले गर्न पाउनुपर्छ भनेका छौँ । जसले आफ्नै अफिसमा बसेर काम गर्न पाउनेगरी प्रोपाइटरिएट ट्रेड गर्न पाउनुपर्छ भनेका छौँ । पोर्टफोलियो म्यानेजमेन्टको काम गर्न दिन प्रस्ताव समेत गरिरहेका छौँ । यो हिसाबले ब्रोकरले दिनसक्ने सेवालाई विस्तार गर्न हामी तयार भएर बसेका छौँ ।

यी त कार्यक्षेत्र विस्तारका कुरा भए । अहिलेसम्म हामीले पाएको भनेको विशुद्ध ब्रोकरको काम हो । यसमा समेत हाम्रो क्षमता बढ्दै गएको छ । कारोबारमा हुने सेटल्मेन्ट डिफल्टको समस्या अहिले अन्त्य भएको छ ।

पहिले ३०/४० करोडको कारोबार हुँदाका डिफल्टमा भएका ब्रोकरहरु आज दैनिक ३ अर्बको कारोबार हुँदा र सेटलमेन्ट ग्यारेन्टी फन्डको व्यवस्था नहुँदा पनि कुनै ब्रोकर डिफल्ट नभई कारोबार गर्न सफल भएका छन् । जबकि पहिले १५/२० वटा ब्रोकर सेटलमेन्ट गर्न नसकेर डिफल्ट भएको इतिहास हामीसँग छ ।

त्यसको अर्थ अहिले ब्रोकरहरुको क्षमता विस्तार भएकै हो । उसले आफ्नो रिजर्भको पैसा प्रयोग गर्यो होला । बैङ्कसँग लोन लियो होला । तर त्यो सेटलमेन्ट समयमै गर्ने ट्रेन्ड स्थापित भएको छ । यसले ब्रोकरहरुले आफ्नो क्षमता विस्तार भएको कुरा कामबाटै प्रमाणित गरेर देखाएका छन् ।

अहिले ब्रोकरहरुको न्यूनतम पुँजी २ करोड हुनुपर्ने व्यवस्था छ । तर ब्रोकरहरु यतिमा मात्रै सीमित भएनन् । कतिपयले नेटवर्थ बढाउनतिर लागे । कतिपय ब्रोकरहरुले पुँजी नै बढाए । अहिले १० करोडभन्दा धेरै पुँजी भएका ब्रोकर धेरै भइसकेका छन् । यसमा २२ वटा ब्रोकरले मार्जिन लेन्डिङको लाइसेन्स पाएका छन् । यो लाइसेन्स लिन न्यूनतम ५ करोड पुँजी चाहिन्छ । यसके अर्थ वित्तीय क्षमतामा पनि ब्रोकरहरु सशक्त हुँदै गएका छन् ।

लगानीकर्ता सचेत हुँदा पनि डिफल्टको दर घटेको हो कि ? 

केही हदसम्म त्यो पनि हो । तर त्यति मात्रै चाहिँ होइन । इन्भेस्टर सचेत भए भन्दैमा सधैँ सेटलमेन्ट समयमा हुन्छ भन्ने छैन ।

कोभिड १९ को समय भएकोले लगानीकर्ताले किनेको सेयरको भुक्तानी गर्न ब्रोकरमा आउने र ब्रोकर सम्बन्धित लगानीकर्ताको घर कार्यालयमा जाने अवस्था भएन । कनेक्ट आईपीएसबाट समेत ठूलो ठूलो भुक्तानी गर्नसक्ने अवस्था भएन । त्यस्तो अवस्थामा पनि सेटलमेन्टमा समस्या आएन । खरिदकर्ताले भुक्तानी ढिला गर्दा पनि ब्रोकरहरुले सेटलमेन्ट गरेकै थिए नि । यो त ब्रोकरकै क्षमता बढेको हो नि ?

सर्टिफाइड एजेन्टको व्यवस्था भएपछि धेरै शाखाहरु खोल्न पर्दैन । अहिले भुक्तानी प्रणाली धेरै हदसम्म अनलाइनमा गइसकेको छ । खरिद गरेको पैसा तिर्न केही समस्या भए पनि बिक्री गरेको पैसा शतप्रतिशत अनलाइनबाट भुक्तानी हुन सुरु भइसकेको छ । यस्तो अवस्थामा भुक्तानीका जोखिम छैन ।

यो अवधिमा ब्रोकरहरुको पहुँच चाहिँ कति विस्तार भयो ?

अहिले काठमाडौँ उपत्यकामा ५० र उपत्यका बाहिर ४७ वटा गरी हामीले ९७ वटा कार्यालयबाट कारोबार गर्दै आएका छौँ । थप करिब २ सय ५० नयाँ शाखाका लागि हामीले निवेदन दिएका थियौँ ।

तर यो वर्षको नीति तथा कार्यक्रममा धितोपत्र बोर्डले आधिकारिक प्रतिनिधिको व्यवस्था गरेकोले हामी त्यसको प्रतीक्षामा छौँ । यसका लागि बोर्डले कार्यविधि बनाउँदैछ भन्ने कुरा आएको छ । त्यो भयो भने शाखाभन्दा पनि एजेन्टमार्फत् आक्रामक रूपमा बजार विस्तार हुनसक्ने हामीले देखेका छौँ ।

सर्टिफाइड एजेन्टले शाखा कार्यालयकै काम गर्न सक्छन् त ?

सर्टिफाइड एजेन्टको व्यवस्था भएपछि धेरै शाखाहरु खोल्न पर्दैन । अहिले भुक्तानी प्रणाली धेरै हदसम्म अनलाइनमा गइसकेको छ । खरिद गरेको पैसा तिर्न केही समस्या भए पनि बिक्री गरेको पैसा शतप्रतिशत अनलाइनबाट भुक्तानी हुन सुरु भइसकेको छ । यस्तो अवस्थामा भुक्तानीका जोखिम छैन ।

अब सर्टिफाइड एजेन्टले सहजीकरणको काम मात्र गरिदिए पुग्छ । केवाईसी फर्म भर्नेदेखि कारोबार गर्न सिकाइदिनेसम्मको काम उसले गरिदिन्छ । एजेन्टले गाउँगाउँसम्म गएर कारोबार गर्न सिकाइदियो र त्यहीँबाट खाता खोल्ने व्यवस्था गरिदियो भने त शाखा कार्यालय चाहिएन नि ?

नेपालजस्तो ठाउँमा सर्टिफाइड एजेन्ट अति आवश्यक कुरा पनि हो । अहिलेको अवस्थामा एउटा गाउँपालिकामा एउटा शाखा राख्नसम्म पनि सम्भव छैन । गाउँपालिकामै शाखा राख्यो भने पनि यसले कभरेज गरेको निकै लामो छ, जुन सम्भव छैन । तर एजेन्ट राख्न सकियो भने त्यो अप्ठ्यारो पनि हुँदैन । बिजुली र इन्टरनेटको सुविधा भएका जुनसुकै ठाउँबाट पनि कारोबार गर्न सकिन्छ ।

पहिले ब्रोकरले दिने मार्जिन लेन्डिङको सीमा ५० प्रतिशतसम्म मात्रै तोकिएको थियो । अहिले बैङ्क तथा वित्तीय संस्थाले दिन पाउने सीमासँग टाइअप गरिएको छ । यो सकारात्मक छ । तर,  अहिले पनि नेप्सेले सर्टलिस्टेड गरिदिएका कम्पनीमध्ये कुनै पनि कम्पनीमा १० प्रतिशत भन्दा बढी लगानी गर्न पाइँदैन । यसको अर्थ कुनै इन्भेस्टरले मार्जिनका लागि लिएको पैसाले कम्तीमा १० वटा कम्पनीको सेयर किन्नुपर्छ ।

तपाईंहरुले मार्जिन लेन्डिङको लाइसेन्स पाउनुभएको पनि धेरै भयो । तर कारोबार नगन्य छ । यसमा अब तपाईंहरुले खोज्नुभएका सुधार चाहिँ के हो ?

सामान्यतया ब्रोकरले दिने मार्जिन लेन्डिङ बैङ्कले दिनेभन्दा सजिलो हुनुपर्छ । हामीले मार्जिन लेन्डिङलाई त्यस्तै सजिलो बनाउनुपर्छ भनेका छौँ । त्यसका लागि तत्काल गर्नुपर्ने एउटा काम छ । एउटा कम्पनीमा १० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था हटाउन सक्यौँ भने यो सहज बन्छ ।

पहिले ब्रोकरले दिने मार्जिन लेन्डिङको सीमा ५० प्रतिशतसम्म मात्रै तोकिएको थियो । अहिले बैङ्क तथा वित्तीय संस्थाले दिन पाउने सीमासँग टाइअप गरिएको छ । यो सकारात्मक छ । तर,  अहिले पनि नेप्सेले सर्टलिस्टेड गरिदिएका कम्पनीमध्ये कुनै पनि कम्पनीमा १० प्रतिशत भन्दा बढी लगानी गर्न पाइँदैन । यसको अर्थ कुनै इन्भेस्टरले मार्जिनका लागि लिएको पैसाले कम्तीमा १० वटा कम्पनीको सेयर किन्नुपर्छ ।

तर क्लाइन्टले १० वटा कम्पनीको सेयर किन किन्छ ? क्लाइन्टले त एउटा कम्पनीको राम्रो विश्लेषण गरेर एउटै कम्पनीको सेयर किन्छ नि ! हामीले त्यो प्रावधानलाई हटाएर जतिवटा कम्पनीमा पनि लगानी गर्नसक्ने व्यवस्था गर्न आग्रह गरेका छौँ । यसमा नेप्से पनि सकारात्मक छ । यो भयो भने मार्जिन लेन्डिङ लिने ट्रेन्ड सुरु हुन्छ ।

अब त कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को जिम्मा पनि तपाईंहरुले लिँदै हुनुहुन्छ । डाटा सेन्टर त अहिले पनि तपाईंहरुकै नियन्त्रणमा छ । यसले जोखिम ल्याउँदैन ? 

नेप्सेले भनेरै हामीले डाटा सेन्टर राखेका हौँ । अहिले नेप्सेले भनेरै टीएमएसको व्यवस्थापनको जिम्मा लिन लागेका हौँ । त्यसैले जोखिम हुन्छ कि हुँदैन भनेर हेर्ने वा त्यसको नियमन, निरीक्षण, सुपरिवेक्षण गर्ने जिम्मा नियामककै हो । हामीले त नियामकले दिएको फ्रेमवर्कभित्र बसेर काम गर्ने हो ।

त्यसो भन्दैगर्दा यसमा खासै ठूलो जोखिम हामीले देखेका छैनौँ । किनकि टीएमएस सञ्चालन गर्ने कम्पनी कुनै एउटा ब्रोकरले खोलेको कम्पनी पनि होइन । ५० वटै ब्रोकरले सञ्चालन गरेको हो । यो कम्पनीको स्वायत्त अस्तित्व पनि छ । त्यहाँ ब्रोकर कम्पनी मात्रै पनि छैन, आईटी कम्पनी पनि छ, वाणिज्य बैङ्कहरु पनि आउँदैछन् ।

आजका दिनमा हामी इक्विटी ट्रेड गरेर बसिरहेका छौँ, इन्ट्राडे ट्रेड खोई ? आज इक्विटी ट्रेड मात्रै गर्दा ३ अर्बको कारोबार भएको छ, भोलि इन्ट्राडे ट्रेड गर्यौं भने बजारमा कति कारोबार होला ? कति तरलता हुन्छ होला ? त्यही बृहत् सोचसहित नयाँ कम्पनी आएको हो ।

तर हामी रेगुलेटिङ संस्था भएकाले कहीँकतै त्यस्तो सम्भावना देखियो भने नियामकले तत्कालै हस्तक्षेप गर्ने बाटो पनि खुला छँदैछ । त्यसैले यसमा ठूलो जोखिम हुँदैन ।

अहिले डेरिभेटिभ मार्केटजस्ता नयाँ बजार आउँदैछन् । यसमा तपाईं ब्रोकरहरुको भूमिका चाहिँ के हुन्छ ?

वास्तवमा हामीले बजारमा आउनसक्ने नयाँ सेवाहरुको लागि नै नयाँ कम्पनी खडा गरेका हौँ । एउटा टीएमएसका लागि मात्रै भए त, यही सिस्टमलाई सुधार गर्न सकिन्थो होला वा यत्तिकै बसिरहन पनि सकिन्थ्यो होला ।

हाम्रो बजार डेरिभेटिभ मार्केटसँग सम्बन्धित भएकाले हामीले भोलिका दिनमा त्यस्तो प्रोडक्ट पनि ल्याउन सकिन्छ । त्यस्तो अवस्थामा यही कम्पनीले त्यसको व्यवस्थापन गर्न सक्छ  भन्ने हाम्रो सोच हो ।

आजका दिनमा हामी इक्विटी ट्रेड गरेर बसिरहेका छौँ, इन्ट्राडे ट्रेड खोई ? आज इक्विटी ट्रेड मात्रै गर्दा ३ अर्बको कारोबार भएको छ, भोलि इन्ट्राडे ट्रेड गर्यौं भने बजारमा कति कारोबार होला ? कति तरलता हुन्छ होला ? त्यही बृहत् सोचसहित नयाँ कम्पनी आएको हो ।

ब्रोकरको काम र क्षमताको बारेमा यति धेरै कुरा गरिरहँदा पनि अझै पनि बजारमा लगानीकर्ताले ब्रोकरलाई हेर्ने नजर परिवर्तन भएको छैन, किन होला ?

लगानीकर्ताले सबै समस्या ब्रोकरमै देख्ने प्रवृत्तिका कारण यो समस्या भएको हो भन्ने लाग्छ । केही हदसम्म त्यो हुनु स्वाभाविक पनि हो ।

म एसोसिएसनमा आइसकेकपछि बजारमा अनलाइन ट्रेडिङ सुरु भयो । अनलाइन कारोबारमा सुरुका दिनमा विभिन्न समस्या आए । केही समस्या सुरुको ट्रायलको कारणले आयो । केही समस्या पछिसम्म पनि आइरह्यो । अहिले पनि समस्या आइरहेकै छ । नयाँ सिस्टम आएपछि ग्राहकले एकदमै सहज ढङ्गबाट काम गर्न पाउँछु भन्ने अपेक्षा गरेका थिए तर जुन सम्भव भएन ।

तर एउटा क्लाइन्टले कारोबार गर्दा देख्ने भनेको ब्रोकरलाई नै हो । कारोबार राम्रोसँग हुन सकेन भने दोष पनि सुरुमा ब्रोकरलाई नै दिने गरिन्छ । त्यही अपजस हामीले खेप्नुपरेको हो । यदि हामीले पहिले नै अहिलेजस्तो कम्पनी खोलेर टीएमएस ल्याउन सकेको भए यो समस्या नआउन सक्थ्यो । एउटा इन्भेस्टरले आफूले तोकिएको कमिसन तिरिसकेपछि राम्रोसँग कारोबार गर्नसक्ने वातावरण बनोस् भन्ने हाम्रो पनि चाहना हो ।

सामान्य लगानीकर्ताले बुझेनन् होला । तर, लगानीकर्ता नेताहरुले त बुझ्थे होला नि ? तर, लगानीकर्ता सङ्घले ब्रोकरहरुको पक्षमा कुरा गरेको त कहिल्यै देखिएन । त्यस्तो किन भइरहेको छ ?

तपाईंले भन्नुभएका कुरा कतिपय अवस्थामा सत्य पनि हुन् । कुनै अवस्थामा हामी र उहाँहरुको स्वार्थ बाझिने कुरामा एकमत नहुन सकिन्छ । त्यस्तो अवस्थामा उहाँहरुले हाम्रो विरोध गर्नुहुन्छ ।

एउटा उदाहरण भनौँ । कारोबार कम हुँदा हामी ३ वर्षदेखि घाटा सहेर बस्यौँ । तर त्योबेला पनि उहाँहरुले ब्रोकरको कमिसन घटाउनुपर्छ  नै भनिराख्नुभयो । अहिले पनि यस्तै  भनिराख्नुभएको छ । तर त्यस्तो एजेन्डामा हामी सहमत हुन सक्दैनौँ । यसमा उहाँहरुसँग हाम्रो विमति रहन्छ ।

तर त्योभन्दा बाहिर समग्र बजारको सुधारका लागि गरिने कामका लागि हामी सहकार्य गरिरहेका छौँ, गर्छौं । कति पटक हामी उहाँहरुसँग मिलेर मन्त्रालय, सेबोन, नेप्से, अर्थ समिति लगायतमा गएका छौँ ।

मार्जिन लेन्डिङको क्लजहरुलाई सजिलो बनाउन, डेरिभेटिभ मार्केटदेखि इन्ट्राडे ट्रेडिङसम्मका कुराहरुका लागि हामीले सहकार्य नगरेका होइनौँ । यी पहलहरु ब्रोकरको लागि मात्रै होइन, समग्र बजारका लागि हो । यसको फाइदा इन्भेस्टरलाई नै बढी छ । म नेतृत्वमा आएपछि ब्रोकरका एकाध इस्युबाहेक समग्र बजारको विकासकै लागि कुरा गरिरहेको छ, वास्तवमा त्यो हाम्रो दायित्व पनि हो ।

तपाईंले ब्रोकर कमिसनको कुरा उठाउनुभयो । कोभिडको महामारीको बेला नै दैनिक ३ अर्बको कारोबार भएको अवस्था र बजारमा आएका नयाँ प्रोडक्ट र लगानीकर्ताको पहुँच बढ्दै गएको अवस्थामा कमिसन घटाउने माग जायज नै होइन र ?

लगानीकर्ताले कमिसन घटाउनैपर्छ भन्ने, ब्रोकरले चाहिँ घटाउनै हुन्न भन्ने अवस्थालाई हामीले चिर्नुपर्छ । हामीले नियामकसँग पनि के भनेका छौँ भने हाम्रो कमिसन महँगो हो कि होइन भन्नेबारे अध्ययन गरौँ । हाम्रो कमिसन वास्तवमै महँगो रहेछ भने छलफल गरेर घटाऔँ ।

यो क्षेत्र सिजनल व्यापारको हिसाबमा चलिरहेको छ । कहिले शतप्रतिशत नाफा पनि भएको छ । कहिले घाटामा पनि पनि जानु परेको छ । अघिल्लो ३ वर्षमा ७० प्रतिशत ब्रोकरहरु घाटामा थिए । त्योभन्दा अघिल्लो २ वर्ष कुनै पनि ब्रोकर घाटामा थिएनन् । कतिपयको नाफा १०० प्रतिशत पनि थियो । यो वर्ष पनि कुनै पनि ब्रोकर घाटामा जाने अवस्था छैन ।

अहिले दक्षिण एसियामै नेपाल दोस्रो कम कमिसन लिने मुलुक हो । भोल्युमको आधारमा हेर्ने हो भने केही समयअघि नेपालको ब्रोकरको कारोबार ४ अर्ब थियो भने भारतको ९६ अर्ब थियो । त्यसैले यो विषयमा निर्णय गर्नुअघि हामीले हाम्रो कारोबार, लगानी र अन्तर्राष्ट्रिय बजारको अध्ययन गर्नुपर्छ मात्रै भनेका हौँ । अरू व्यापार व्यवसायमा जुन १०÷१५÷२० प्रतिशत नाफा हुन्छ, हामी पनि त्यति नाफामा काम गर्न सक्छौँ ।

अहिले तपाईंहरुको नाफाको अवस्था चाहिँ कस्तो छ ?

यो क्षेत्र सिजनल व्यापारको हिसाबमा चलिरहेको छ । कहिले शतप्रतिशत नाफा पनि भएको छ । कहिले घाटामा पनि पनि जानु परेको छ । अघिल्लो ३ वर्षमा ७० प्रतिशत ब्रोकरहरु घाटामा थिए । त्योभन्दा अघिल्लो २ वर्ष कुनै पनि ब्रोकर घाटामा थिएनन् । कतिपयको नाफा १०० प्रतिशत पनि थियो । यो वर्ष पनि कुनै पनि ब्रोकर घाटामा जाने अवस्था छैन ।

तर यही बजारमा कसैले १०० प्रतिशत नाफा लिइरहेको छ भने कोही ‘ब्रेक इभेन’मा पनि चलिरहेको हुनसक्छ । हामीले नियामकलाई सबै विवरण बुझाएका हुन्छौँ । सेबोनसँग त हाम्रो इतिहास नै छ नि ! यस्तो अवस्थामा नियामकले बजारको औसत नाफाको अध्ययन पनि गरिरहेकै होला । हाम्रो भनाइ चाहिँ नियामकले सबै पक्षलाई हेरेर निर्णय गर्नुपर्छ भन्ने हो ।

बैङ्कका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिने क्रममा तपाईंहरुको भूमिका कस्तो थियो ?

बैङ्कले वास्तवमा ब्रोकर लाइसेन्स लिन पाउने नै थिएन । त्यो दिने भनेको बैङ्कका सहायक कम्पनीहरुलाई हो । तर सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा बैङ्कको सबै शाखाबाट कारोबार गर्न पाइन्छ भन्ने हल्ला गरियो । तर तपाईंले कार्यविधि हेर्नुहोस्, त्यहाँ बैङ्कको शाखाबाट कारोबार गर्न मिल्दैन भन्ने प्रष्ट रूपमा उल्लेख गरिएको छ । यस्तो अवस्थामा ती सहायक कम्पनीले लाइसेन्स पाउँदा बजार कसरी बढ्छ ? आफूले गर्दै नगर्ने काममा भ्रम छर्न पाइँदैन भन्ने मात्रै हाम्रो भनाइ हो । हामीले यही भ्रमलाई चिर्ने प्रयास मात्रै गरेका हौँ । हाम्रो अरू भूमिका केही पनि छैन ।

एउटा कम्पनीको रूपमा तपाईंहरुको संस्थागत सामाजिक उत्तरदायित्व पनि हुन्छ होला । कर्मचारीको वृत्तिविकासदेखि लगानीकर्ताको सचेतनासम्म तपाईंहरुको योगदान कस्तो रह्यो ?

कर्मचारीको सेवा सुविधा र वृत्तिविकासको सम्बन्धमा ब्रोकर कम्पनीमा राम्रै छ जस्तो लाग्छ । अहिलेको अवस्थामा कतिपय स्टाफहरु बैङ्क वा मर्चेन्ट बैङ्कर छोडेर पनि यो क्षेत्रमा आएका उदाहरण पनि छन् । सबैलाई त्यस्तो नहुन सक्छ, तर कतिपयले बैङ्कमा भन्दा यो क्षेत्रमा धेरै सम्भावना देख्नुभएको पनि छ । वृत्ति विकासको सम्बन्धमा पनि यो क्षेत्रमा काम गर्नेले यही क्षेत्रमा बसेर वा अर्को क्षेत्रमा गएर पनि राम्रो काम गर्नुभएका उदाहरण पनि छन् ।

तर तपाईंले भन्नुभएको एउटा सत्य चाहिँ के हो भने ब्रोकर एसोसिएसन आफैँले चाहिँ लगानीकर्ता सचेतनाको काम गर्नुपर्ने थियो, त्यसमा हामी चुकिरहेका छौँ । यसबारे हामीले नसोचेका होइनौँ । तर गर्ने भन्दाभन्दै कोभिड–१९ सुरु भयो, हामीले गरेका योजना कार्यान्वयन गर्न पनि सकेनौँ । अब आउने नेतृत्वले त्यतातिर ध्यान दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप