पञ्चायती शासनको त्यो बर्बर आतङ्क : यसरी भएको थियो रत्नकुमार वान्तवाको हत्या
पञ्चायती कालरात्रिको निरङ्कुश दमन नभोगेका र नदेखेकाहरूका लागि यो घटना दन्त्यकथा वा किंवदन्ती लाग्न सक्छ । तर त्यस कालखण्डमा भिन्न विचार र आदर्श बोकेवापत सत्ताको कोपभाजनको शिकार बन्नुपर्ने, न्यायिक सुनुवाइबिना नै मानिस मारिनु कुनै अनौठो कार्य थिएन । त्यसैले यहाँ वर्णन गरिएको घटना कुनै दन्त्यकथा वा किंवदन्ती होइन । यो त क्रान्तिको सपना बोकेर देश र समाज बदल्न हिँडेका एक होनहार योद्धाको पञ्चायतकालमा गरिएको गैरन्यायिक र कायरतापूर्ण हत्याको विवरण हो । अनि यो त्यो बर्बर हत्याकाण्डको घटनामा आततायीहरूको घेराबन्दी एवं पक्राउमा परेका तर त्यसबाट पनि आफूलाई सकुशल मुक्त गराउन सफल एक साहसिक योद्धाको अद्भूत सङ्घर्ष गाथाको वर्णन पनि हो, जसमा उनलाई मार्न भनी आततायीहरूले पूरै जङ्गलमा आगो लगाएका थिए ।
हो, यो कथाका मूलपात्र वामपन्थी सिद्धान्तमा आस्था राखेर समाज बदल्ने अभियानमा जुट्दा तत्कालीन शासकहरुले बर्बरतापूर्वक हत्या गरेका अमर क्रान्तिनायक रत्न वान्तवा हुन् । आफू जन्मेकै महिना र जन्मेकै गते अर्थात् चैत्र २७ गते (जन्म : वि.स. २००८ साल चैत २७ गते शहादत: २०३५ साल चैत २७ गते) त्यो पनि २७ वर्षको कलिलो उमेरमा उनले शहादत प्राप्त गरेका थिए । झापा आन्दोलनका सहिदहरुको रगतले सिंचित क्रान्तिको गोरेटोलाई फराकिलो बाटोमा परिणत गरेर समाज रुपान्तरण गर्ने महान् अभियानमा आफूलाई होमेका, ‘सहिदको रगतले भन्छ हामीलाई – सही बाटो हिँड्दैछौं कि भुल्यौ दाजुभाइ’ भन्दै क्रान्तिको मसाललाई निभ्न नदिने प्रण गरेका रत्न वान्तवाको बलिदानी शहादतको कथा हो यो । र, यो कथा ती संघर्षशील क्रान्तियोद्धाको अद्भूत साहसको पनि कथा हो, जसले आफ्ना अग्रज कमरेड रत्न वान्तवासँगै झन्डै मृत्युलाई वरण गर्न पुगेकी थिइन्, र झिनो संयोगले बँच्न पुगेकी उनले रत्नको निमर्म हत्या गर्ने पञ्चायती जल्लादहरुको कब्जाबाट आफूलाई साहसपूर्वक मुक्त गराउन सफल भएकी थिइन् ।
आउनुहोस्, पञ्चायती शासनकालको दानवी अनुहारको पर्दाफास गर्ने त्यो कहालीलाग्दो घटनाका प्रत्यक्ष सहभागी एवं झन्डै मारिएकी कमरेड रत्नका सहयोद्धा सुशीला श्रेष्ठको मुखबाटै सुनौँ, वास्तवमै त्यसबेला के भएको थियो त ?
०००
कोड भाषामा चिठी
म काठमाडौँमा पढ्दै गर्दा कम्युनिस्ट आन्दोलनमा आकर्षित भएकी थिएँ । झापा आन्दोलनलाई समर्थन गर्ने पक्षमा पुगिसकेकी थिएँ । त्यही समयको सेरोफेरोमा नख्खु जेल ब्रेक भइसकेको थियो । अब जनताका विश्वविद्यालयमा जानुपर्छ, जनतालाई सङ्गठित गर्नुपर्छ र समाजमा भइरहेका अन्याय अत्याचारका विरुद्धमा उनीहरूलाई उतार्नुपर्छ भन्ने सोचाइका साथ नै कोअर्डिनेसन केन्द्र, नेकपा माले बनिसकेपछि म त्यसमा आबद्ध भएर भूमिगत भएकी हुँ । त्यसबेला खास खासबाहेक अन्य खासै पदीय तह हुँदैन थियो, सङ्गठनमा भूमिगत कार्यकर्ताको हैसियतमा काम गर्ने पद्दति थियो ।
सङ्गठनले मलाई पूर्वी क्षेत्रमा खटायो । मलाई कमरेड रत्नकुमार वान्तवासँग भेट्न भनिएको थियो । त्यतिबेला अहिलेको जस्तो फोन, इन्टरनेट, इमेलको जमाना थिएन । यातायातको सुविधा अहिले जस्तो थिएन । इटहरीको भेट्न तय भएको ठाउँमा म त्यतिबेला निर्धारित समयमा पुग्न सकिनँ । त्यतिबेला नाइटबसमा यहाँबाट गइएको थियो तर बाटोमा गाडी बिग्रिएको कारण भोलिपल्ट मात्रै पुग्न सकेँ । निर्धारित समयमा म पुग्न नसकेको कारण र रात परिसकेको हुनाले मलाई लिन आउनु भएका जिम्मेवार साथी त्यहाँबाट जानुभयो ।
यातायातको सुविधा अहिले जस्तो थिएन । इटहरीको भेट्न तय भएको ठाउँमा म त्यतिबेला निर्धारित समयमा पुग्न सकिनँ । त्यतिबेला नाइटबसमा यहाँबाट गइएको थियो तर बाटोमा गाडी बिग्रिएको कारण भोलिपल्ट मात्रै पुग्न सकेँ । निर्धारित समयमा म पुग्न नसकेको कारण र रात परिसकेको हुनाले मलाई लिन आउनु भएका जिम्मेवार साथी त्यहाँबाट जानुभयो ।
इटहरी पुगेर पार्टीको सम्पर्क खोज्दै जाँदा म झापा पुगेँ । त्यतिबेला झापा सङ्घर्षका दौरानमा पक्राउ पर्नुभएका क्रान्तिकारी योद्धालाई सुखानीमा पञ्चायती सत्ताले क्रूरतापूर्वक हत्या गरिसकेको थियो । उहाँहरूको हत्यापछि कम्युनिस्टहरूलाई ध्वस्त गर्यौँ भन्ने घमण्ड तत्कालीन शासकहरूमा पलाएको थियो । तर उक्त घटनामा बँचेका तथा कम्युनिस्ट सिद्धान्तप्रति आस्थावानहरू भित्रभित्रै सक्रिय नै थिए र सङ्गठनका काम भइरहेका थिए । चार सहिदको बर्बर हत्याकाण्डले मानिस आक्रोशित नै थिए र तत्कालीन पञ्चायती व्यवस्थालाई परिवर्तन गर्न चाहने युवा सङ्गठित भएर क्रियाशील नै रहेका थिए ।
‘हत्याको बदला लिन्छौँ’
मूर्तिकारहरु : लक्ष्मण भुजेल र गंगाधर सारु
सुखानी हत्याकाण्ड भएको फागुन २१ गतेलाई सहिद दिवसका रूपमा मनाउने पार्टीले निर्णय गरेको थियो । त्यतिबेला नेकपा मालेको जन्म भइसकेकाले जनतामा क्रान्तिप्रति आशा जगाउने गरी देशव्यापी रूपमा नै पर्चा बाँडिएका तथा टाँसिएका थिए । शासनसत्ताले दमनचक्र चलाइरहेको त्यो उत्कर्षका बेलामा खुलेआम पर्चा बाँड्न सम्भव नभएकाले भूमिगत रूपमा बाँडिएका थिए ।
म पार्टी सदस्यता लिएर कार्यकर्ताको रूपमा नै झापामा पुगेकी थिएँ । सुखानी हत्याकाण्ड भएको फागुन २१ गतेलाई सहिद दिवसका रूपमा मनाउने पार्टीले निर्णय गरेको थियो । त्यतिबेला नेकपा मालेको जन्म भइसकेकाले जनतामा क्रान्तिप्रति आशा जगाउने गरी देशव्यापी रूपमा नै पर्चा बाँडिएका तथा टाँसिएका थिए । शासनसत्ताले दमनचक्र चलाइरहेको त्यो उत्कर्षका बेलामा खुलेआम पर्चा बाँड्न सम्भव नभएकाले भूमिगत रूपमा बाँडिएका थिए । मैले पनि झापामा सबै मानिस सुतिसकेपछि चकमन्न रातमा पर्चा छर्ने काम गरेकी थिएँ । त्यसबेला जनताका घरका झ्यालबाट पर्चा बाँड्ने तथा स्कुलका खुला ठाउँतिर टाँस्ने काम भएका थिए । त्यसबेला पर्चामा ‘तपाईंहरूको भरोसाको पार्टी नेकपा माले जन्मिएको, सहिदहरूको हत्याको बदला लिने, सहिद दिवस मनाउने’ व्यहोरोसहितको पर्चा व्यापक रूपमा बाँडियो ।
त्यस घटनाले कम्युनिस्ट मासिसकेको भ्रममा रहेका पञ्चायती शासकहरूको सातोपुत्लो उड्यो । उनीहरू निर्मम दमनमा उत्रिए । विशेषतः झापा र इलाममा चर्को दमन भयो ।
क्रान्तिको सपना बोकेर इलामतिर
मेरो तोकिएको कार्यक्षेत्र झापा होइन, इलाम थियो । म पार्टी सम्पर्क खोज्दै इलाम पुगेँ । त्यतिबेला रत्नकुमार वान्तवालाई व्यवस्थाविरोधी गतिविधि गरेको आरोपमा प्रशासनले खेदो खन्यो । उहाँले क्याम्पसको पढाउने कामबाट राजीनामा दिएर गाउँ (चमैताको चित्रे) मा गएर बस्न थाल्नुभएको थियो । त्यहाँ पनि प्रशासनले उहाँमाथि कडा निगरानी राखेको थियो । त्यसबेला उहाँ नेकपा मालेको केन्द्रीय सदस्यको रूपमा सङ्गठनको मेची अञ्चल पूरै हेर्ने जिम्मेवारी लिइसक्नुभएको थियो । त्यसबेला जेएन खनाल जेलमा हुनुहुन्थ्यो र सीपी मैनाली जेलब्रेकपश्चात महासचिव बनिसक्नु भएको थियो । त्यसबेलाको स्थितिमा पार्टीको सङ्गठनमा मूलतः महासचिव, पोलिटब्युरो र केन्द्रीय समिति मात्रै थियो । आफ्ना विश्वासपात्रहरूलाई जम्मा गरेर अन्य समितिहरू बनाउने गरिन्थ्यो । त्यसबेला मैले फलाना मानिसहरूलाई समेटेर कमिटी बनाएँ भनेर जानकारी दिनुपथ्र्यो । त्यसबेला पार्टीसँग सूचनाको आदानप्रदान गर्ने माध्यम मूलतः चिठी हुने गथ्र्यो । चिठी कोड भाषामा लेखिएका हुन्थे ।
दमनका बीच म चैत १७ गतेतिर इलामको इभाङमा पुगेकी थिएँ । मलाई पार्टीका सम्पर्क सूत्रले त्यहाँ पुर्याएको थियो । वास्तवमा त्यतिबेलासम्म मैले रत्नकुमार वान्तवालाई भेटेकी र चिनेकी थिइनँ । मलाई चिठी पनि कमरेड महेशको नाममा दिइएको थियो । मलाई झापासम्म लिन आउने एउटा साथी हुनुहुन्थ्यो । सबै व्यवहार कोड भाषामा लेखिएका चिठीबाटै हुने गर्थ्यो । एकअर्कालाई चिनजान गराउने काम पनि सम्पर्क व्यक्तिहरूको मार्फत गर्दै हुनु गर्थ्यो ।
आँगनमा डोको बुनिरहेका ती मान्छे !
म इलाम पुग्दा आँगनमा बसेर एक जना मानिस डोको बुनिरहनुभएको थियो । मलाई लैजाने साथीले ढोका खोलेर सोझै भित्र पस्नुभयो । म पनि उहाँको पछिपछि लागेर भित्र पसेँ । लगत्तै अघि आँगनमा डोको बुनिरहनुभएको साथी पनि भित्र पस्नुभयो । मलाई सरासर माथिल्लो तलमा लगियो । अघि डोको बुनिरहनुभएका साथीले कित्लीमा चिया र थालमा भुटेको मकै भटमास बोकेर आउनुभयो । त्यसपछि मलाई त्यहाँ लैजाने साथीले ‘उहाँ नै हुनुहुन्छ कमरेड महेश’ भनेर परिचय गराउनुभयो । त्यतिबेलासम्म पनि मलाई उहाँ नै रत्नकुमार वान्तवा हो भन्ने थाहा थिएन । उहाँको असली नाम त पछि हत्या भएपछि मात्रै थाहा पाएकी हुँ । मलाई पार्टीले पनि कमरेड महेशलाई नै भेट्न पठाएको थियो । अत: मैले पनि उहाँलाई कमरेड महेश भनेर मात्रै चिने ।
अघि आँगनमा डोको बुनिरहनुभएको साथी पनि भित्र पस्नुभयो । मलाई सरासर माथिल्लो तलमा लगियो । अघि डोको बुनिरहनुभएका साथीले कित्लीमा चिया र थालमा भुटेको मकै भटमास बोकेर आउनुभयो । त्यसपछि मलाई त्यहाँ लैजाने साथीले ‘उहाँ नै हुनुहुन्छ कमरेड महेश’ भनेर परिचय गराउनुभयो । त्यतिबेलासम्म पनि मलाई उहाँ नै रत्नकुमार वान्तवा हो भन्ने थाहा थिएन । उहाँको असली नाम त पछि हत्या भएपछि मात्रै थाहा पाएकी हुँ ।
कमरेड रत्न शारीरिक श्रमका सबै काममा सहभागी हुने गर्नुहुन्थ्यो । त्यसअघि पनि उहाँको गाउँमा प्रशासनले दमन गर्ने, कमरेड रत्नलाई खोज्ने काम भइसकेका थिए । कतिसम्म भने केही दिनअघि मात्र जङ्गलबाट घारा (रुखका लामा लामा लौराहरु) लिएर फर्केका नीमा शेर्पालाई कमरेड रत्न भनेर गोली हानी हत्या गरेको थियो । त्यो कुरा पनि मैले निक्कै पछि मात्रै थाहा पाएकी हो ।
त्यसबेला अनुशासन कडा थियो । त्यो नभए बँच्न पनि सकिँदैन थियो । जति बताइन्थ्यो, त्योभन्दा बढी थाहा पाउने वा सोध्ने कुरा हुँदैनथियो । त्यसैले त्यसबारे धेरै कुराहरू मैले कमरेड रत्नको हत्या भएको धेरै पछि मात्र थाहा पाएकी हुँ ।
त्यसबेला गाउँघरमा श्रम गर्ने, श्रमका कार्यमा हिस्सा लिने र खेताला जाने काममा कमरेड रत्न सक्रिय रूपमा लागिपर्नु हुन्थ्यो ।
वास्तवमा मेरो कार्यक्षेत्र ताप्लेजुङ तय भएको थियो र सोही सिलसिलामा सङ्गठनको जिम्मेवारी सिकाउन र सम्बन्धित क्षेत्रका कमरेडहरूसँग सम्पर्क गराउन स्वयं कमरेड रत्न पनि मलाई ताप्लेजुङ पुर्याउन जाने कुरा तय भएको थियो ।
ताप्लेजुङतिर जाने अघिल्लो दिन थुप्रै मानिस कमरेड रत्नलाई भेट्न आएका थिए । त्यही दिन उहाँ खेत रोप्न पनि जानुभएको थियो । मैले पनि खेतमा जाने इच्छा जाहेर गरेकी थिएँ । तर म त्यस भेगका लागि नौलो मानिस भएको, राई वस्तीमा मेरो बोली, भेषभूषा नमिल्ने र सोही कारण सजिलै प्रशासनको नजरमा पर्न सक्ने कारण जनाउँदै उहाँले नै मलाई रोक्नुभयो ।
तर हत्याकाण्डको धेरै पछि मात्र मैले थाहा पाएँ, उहाँ स्वयं पनि प्रशासनले धुइँपातल खोजिरहेको व्यक्ति हुनुहुँदो रहेछ । नीमा शेर्पाको घटनाबाट पनि राज्यसत्ताले उहाँको हत्यासम्म गर्न सक्ने हदमा जाने भएकाले सार्वजनिक जनजीवनका कार्यमा खुला रूपमा भाग लिनु हुँदैनथियो, खेत रोप्न पनि जानु हुँदैन थियो । सुरक्षा र गोपनीयताको त्यो गम्भीर कुरालाई पनि पार्टी र स्वयं कमरेड रत्नबाट अलि हलुका रूपमा लिने गल्ती भयो कि जस्तो लाग्छ । त्यतिबेला त्यस क्षेत्रको पार्टीको मूल जिम्मेवार नेतृत्व नै कमरेड रत्न हुनुहुन्थ्यो । रत्न वान्तवाको हत्या नेतृत्वको कमजोरी गर्दा कत्रो ठूलो दुर्घटना हुन्छ भन्ने एउटा पाठ हो भन्ने मलाई लाग्छ।
सुरक्षा र गोपनीयताको त्यो गम्भीर कुरालाई पनि पार्टी र स्वयं कमरेड रत्नबाट अलि हलुका रूपमा लिने गल्ती भयो कि जस्तो लाग्छ । त्यतिबेला त्यस क्षेत्रको पार्टीको मूल जिम्मेवार नेतृत्व नै कमरेड रत्न हुनुहुन्थ्यो । रत्न वान्तवाको हत्या नेतृत्वको कमजोरी गर्दा कत्रो ठूलो दुर्घटना हुन्छ भन्ने एउटा पाठ हो भन्ने मलाई लाग्छ।
खेत रोप्न जाँदा एक्सपोज
गाउँघरतिर खेतालाको अभाव हुने स्थिति थियो । त्यसबेला चैते धान रोप्न भनेर उहाँ बेँसीतिरको खेतमा खेताला जानुभयो । रोपाइँमा जाँदा एक्सपोज हुनुभयो । त्यसबेला उहाँविरुद्ध पञ्चायती जासुसहरू छ्याप्छ्याप्ती थिए ।
दिनभरि खेतमा काम गरेर कमरेड रत्न साँझमा घर फर्कनुभयो । उहाँ फर्कनुभएपछि हामी पुनः बैठक बस्यौँ । भोलिपल्ट टाढाको यात्रामा निस्कनुपर्ने हामी, राति अबेलासम्म बैठक गर्नु हाम्रो अर्को कमजोरी भयो । अबेलासम्म बैठक बसेपछि बिहान उठ्न ढिला भयो । सुरक्षाको दृष्टिले रातको समयमा यात्रा गर्नुपर्थ्यो । तर त्यसदिन हामी बिहान हिँड्नेबेलामा उज्यालो भइसकेको थियो । उता पञ्चायती प्रशासनले पनि हामी सेल्टर लिएर बसेको घरलाई नै निसाना बनाएर पारी मङ्गलबारेबाट प्रहरी फोर्स परिचालन गरेको रहेछ ।
प्रहरीसँगको जम्काभेट
हामी ताप्लेजुङका लागि घरबाट हिँड्यौँ । अघिअघि कमरेड रत्न, बीचमा म र मपछि अर्को महिला साथी कल्पना हुनुहुन्थ्यो । कल्पनालाई ताप्लेजुङमा लगेर पार्टी कार्यमा सक्रिय गराउने तथा उहाँलाई प्रशिक्षित गरेर भविष्यमा इलाम जिल्लाका लागि महिला नेतृत्वको रूपमा विकसित गराउने भन्ने थियो । हामी घरबाट हिँडेर अलिमाथि डाँडाको घुम्तीमा मात्रै पुगेका थियौँ । पुलिसको एउटा ठूलो समूहसँग जम्काभेट भयो । त्यहाँ पुलिस मात्रै थिएनन्, उनीहरूका सुराकी पनि ठूलै सङ्ख्यामा थिए । एकजना सुराकीले कमरेड रत्नतिर देखाएर सङ्केत गरे । त्यो देखेर मलाई मनमा चिसो पस्यो । मैले उहाँलाई कोट्याएँ । उहाँले मलाई हातको इसाराले अगाडि बढ्न सङ्केत गर्नुभयो । हामी अघि बढेका मात्रै थियौँ, पुलिस र सुराकीको त्यो समूहले घेरा हाल्यो । बिहानको रिमरिम समय, एउटा पुलिसले कमरेड रत्नको हात च्याप्प समात्यो । उहाँले झट्कारेर बलपूर्वक आफूलाई मुक्त गराउने कोसिस गर्नुभयो । हामीले हिँड्न सजिलो होस् भनी लठ्ठी बोकेका थियौँ । मैले कमरेड रत्नलाई मुक्त गर्न त्यो समात्ने पुलिसलाई हातमा बोकेको लठ्ठीले प्रहार गरेँ । उहाँ उम्कनुभयो । प्रहरीले अन्धधुन्ध लाठी चार्ज गर्यो । प्रहरीले मलाई ताकेर गोली हानेको थियो । तर तत्क्षण नै टाउकोमा लठ्ठी लागेर म ढल्न पुगेँ । मलाई हानेको गोली मेरै छेउको एकजना पुलिसलाई लाग्यो । मैले ओढेको ओड्ने तानेर त्यो घाइते पुलिसलाई त्यसैमा पोका पारेर उनीहरूले उपचारका लागि कुदाए ।
हामी घरबाट हिँडेर अलिमाथि डाँडाको घुम्तीमा मात्रै पुगेका थियौँ । पुलिसको एउटा ठूलो समूहसँग जम्काभेट भयो । त्यहाँ पुलिस मात्रै थिएनन्, उनीहरूका सुराकी पनि ठूलै सङ्ख्यामा थिए । एकजना सुराकीले कमरेड रत्नतिर देखाएर सङ्केत गरे । त्यो देखेर मलाई मनमा चिसो पस्यो । मैले उहाँलाई कोट्याएँ । उहाँले मलाई हातको इसाराले अगाडि बढ्न सङ्केत गर्नुभयो । हामी अघि बढेका मात्रै थियौँ, पुलिस र सुराकीको त्यो समूहले घेरा हाल्यो ।
यसबीच पुलिसले कमरेड रत्नलाई पनि गोली प्रहार गरिसकेको थियो । उम्केर नजिकै फाँटजस्तो ठाउँमा पुग्दा उहाँमाथि गोली प्रहार भएको थियो । उहाँ उफ्रेर छट्पटाउँदै मनेर आएर ढल्नुभयो । म बेहोश भएछु । केहीबेरपछि होस आउँदा देखेँ– मेरो छेवैमा कमरेड रत्न रगतपच्छे भई ढल्नुभएको छ र उहाँ पीडाले छट्पटाइरहनुभएको छ । पुलिसले वरिपरिबाट घेरा हालेको छ । उहाँको उद्धार उपचार गर्ने कुनै काम भइरहेको छैन । मेरो हात पनि डोरीले टनटनी बाँधिएको छ । उनीहरूले मेरो हातबाट घडी पनि फुकालेर लगिसकेछन् । हामीसँग भएका अर्का साथी स्थानीय किसान महिला हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पुलिसले खासै ध्यान दिएन । त्यो हुलमुलमा उहाँ उम्कन सफल हुनुभयो ।
हत्याबारे एउटा भ्रम
कमरेड महेश अर्थात् रत्नकुमार वान्तवाको हत्याबारेमा एउटा भ्रम बजारमा चलेको छ । त्यो हो, उक्त काण्डमा कमरेड रत्नले खुकुरी निकालेर पुलिसमाथि प्रहार गर्नुभएको थियो । वास्तवमा, त्यो घटनाको सिनेमाकरण मात्रै हो । यथार्थमा त्यस्तो भएको थिएन । त्यसबेला हामीले आफ्नो सुरक्षाको लागि खुकुरी चुप्पीहरू बोक्ने गर्थ्यौं, त्यसबेला पनि बोकेका थियौँ । कमरेड रत्नले पनि खुकुरी भिर्नुभएको थियो । मैले पनि झोलामा चुप्पी बोकेकी थिएँ । हामी सबैले पछाडि रुकसाइड झोला भिरेका थियौँ । त्यसमा हाम्रा सामग्रीहरू थिए । तर घटनाक्रम यति छिटो र तीब्र रुपमा भएको थियो कि हामीले हतियार निकाल्ने मौका नै पाएनौं ।
छट्पटाउँदै प्राण त्याग
गोली लागेको निक्कैबेरसम्म पनि कमरेड रत्नको हात, मुख चलिरहेको थियो । पुलिसको घेराबन्दीबीच उनीहरूको कैदमा जकडिएको मैले उहाँलाई निरिह भएर हेरिरहेँ । उनीहरू चाहिँ वरिपरि बसेर हाम्रा ब्याग खानतलासी गर्दै थिए । त्यहाँ चिठीहरू थिए, केहीले ती चिठी पढ्दै रहेछन् ।
निक्कै बेरपछि कमरेड रत्नले प्राण त्याग गर्नुभयो । ‘कम्युनिस्टहरूको नेता मार्यौँ, लास खोज्न आउँछन् । अनि हामीमाथि आक्रमण हुन सक्छ भनेर’ पुलिसले उहाँको लासलाई लुकायो । छेवैमा सखुवाघारी थियो, त्यहाँ पानी लैजाने कुलो रहेछ । त्यो कुलोमा लास राखेर माथिबाट पतिङ्गरले पुरिदिए । यथार्थमा लास खोस्न आउने शक्ति त त्यसबेला पार्टीको थिएन तर उनीहरूको चर्तिकला देख्दा लाग्यो– प्रशासन नेकपा मालेबाट आतङ्कित भने थिए ।
निक्कै बेरपछि कमरेड रत्नले प्राण त्याग गर्नुभयो । ‘कम्युनिस्टहरूको नेता मार्यौँ, लास खोज्न आउँछन् । अनि हामीमाथि आक्रमण हुन सक्छ भनेर’ पुलिसले उहाँको लासलाई लुकायो । छेवैमा सखुवाघारी थियो, त्यहाँ पानी लैजाने कुलो रहेछ । त्यो कुलोमा लास राखेर माथिबाट पतिङ्गरले पुरिदिए । यथार्थमा लास खोस्न आउने शक्ति त त्यसबेला पार्टीको थिएन तर उनीहरूको चर्तिकला देख्दा लाग्यो– प्रशासन नेकपा मालेबाट आतङ्कित भने थिए । त्यसैले उनीहरू सतर्क अवस्थामा बन्दुक तानेर चारैतिरबाट घेरेर बसेका थिए ।
हाम्रो झोलामा रहेका चिठी उनीहरूले पढिसकेका थिए । त्यसैको आधारमा मलाई केरकार सोधपुछ गर्न थाले । त्यसबीचमा उनीहरूले मलाई मनपरी मुख छाड्ने तथा कमरेड रत्नको शवलाई लात्ता हान्ने जस्ता काम पटक पटक गरिरहेका थिए । करिब चार/पाँच घण्टा बितिसकेको थियो । उनीहरूले नै हाम्रो झोलामा रहेको अर्को ओढ्नेले कमरेड रत्नको शवलाई बाँधे, अनि मलाई पनि हात बाँधेकै अवस्थामा आफूसँगै लिएर हिँडे । उनीहरूले बाटोमा एक ठाउँ वडा अध्यक्षको घरमा भात खाने व्यवस्था गरेका रहेछन् । मलाई चाहिँ कतिबेला उम्कने, कसरी उम्कने भन्ने लागिरहेको थियो ।
भात खानेबेलामा उनीहरूले बन्दुक बिसाए । लुगा फुकाले । उनीहरू निस्क्रिय भएको मौका छोपेर मचाहिँ सक्रिय बन्नुपर्छ भन्ने सोच आयो । त्यतिन्जेलसम्म म कसैसँग बोलेको थिइनँ । बाटोमा पनि उनीहरू जोशिएर कुरा गर्दै हिँड्थे, बीच बीचमा मेरो बारेमा अनेकन अड्कलबाजी गरेर सोधपुछ गर्थे तर मैले केही भनेको थिइनँ । ‘अहिले त किन बोल्थिस् र, भरे चौकीमा सिस्नुपानी लगाएपछि बोल्छेस्’ भनेर थर्काउन तथा आतङ्कित बनाउन खोज्थे । तर मैले कुनै जवाफ दिएकी थिइनँ ।
जिउँदै डढाएर मार्न जङ्गलमा आगो लगाए
खाना खाने बेला हुन थालेपछि म चाहिँ शौचालय जाने बहानामा झाडीतिर लागेँ । पुलिस पछिपछि आएको थियो । मैले उनीहरूलाई भनेँ– ‘तिमीहरू कुकुर हौ र ? शौचालय जाँदा पनि पछिपछि आउँछौँ ?’
छलिँदै भागेर अलि पारिपट्टि के पुगेको थिएँ, मलाई पछ्याउने पुलिसले देखेर ‘भागी’ भनेर चिच्यायो । त्यसपछि त असिना बर्सेजस्तै अन्धधुन्ध गोलीको वर्षा भइहाल्यो । गोली छल्नका लागि म ओरोलै ओरालो कुदेँ । टाउको फुटेर रगत निकै बगिसकेको थियो । कमजोर पनि भइसकेकी थिएँ । खुट्टा लगलग कामिरहेको थियो । केहीबेरपछि भाग्न नसकिने भयो भन्ने लागेर तल पुगेर ढुङ्गाको कापमा लुकेँ । उनीहरू पनि मलाई खोज्दै आए तर मलाई भेटेनन् । त्यसपछि उनीहरूले मलाई जिउँदै डढाएर मार्न जङ्गलमा आगो लगाइदिए र त्यहाँबाट फर्के । उनीहरु फर्किइसकेपछि खोल्साको लुकेको स्थानबाट यसो बाहिर निस्किएर हेरेको, आगो दनदनी बलिरहेको छ ।
मैले त्यति भनेपछि हच्किएर त्यो पुलिस अलि माथि नै रोकियो अनि मचाहिँ तल खोल्सामा पसेँ । खोल्सै खोल्सा भाग्नुपर्यो भनेको त, ठूलो पहरो रहेछ, जानै सकिनँ । त्यसपछि छलिँदै भागेर अलि पारिपट्टि के पुगेको थिएँ, मलाई पछ्याउने पुलिसले देखेर ‘भागी’ भनेर चिच्यायो । त्यसपछि त असिना बर्सेजस्तै अन्धधुन्ध गोलीको वर्षा भइहाल्यो । गोली छल्नका लागि म ओरोलै ओरालो कुदेँ । टाउको फुटेर रगत निकै बगिसकेको थियो । कमजोर पनि भइसकेकी थिएँ । खुट्टा लगलग कामिरहेको थियो । केहीबेरपछि भाग्न नसकिने भयो भन्ने लागेर तल पुगेर ढुङ्गाको कापमा लुकेँ । उनीहरू पनि मलाई खोज्दै आए तर मलाई भेटेनन् । त्यसपछि उनीहरूले मलाई जिउँदै डढाएर मार्न जङ्गलमा आगो लगाइदिए र त्यहाँबाट फर्के । उनीहरु फर्किइसकेपछि खोल्साको लुकेको स्थानबाट यसो बाहिर निस्किएर हेरेको, आगो दनदनी बलिरहेको छ । मन ढक्क फुल्यो– अब जिउँदै डढेर मरिने भयो भनेर । माथि जाँदा पुलिसकै घेरामा परिने, त्यहाँ आगोले पोलिएर मरिने ! पुलिसको हात लाग्नुभन्दा त मरे पोलिएरै मर्नु वेश भन्ने ठानेर आगो लागेकैतिर झरेँ । संयोगवश दुईतिरबाट सल्किएको आगो जोडिन बाँकी रहेको एउटा साँघुरो ठाउँ फेला पारेँ । त्यहाँबाट कसो कसो निस्किन सफल भएँ अनि तल खोलामा पुगेँ । अँध्यारो नहुन्जेलसम्म त्यहीँ लुकेर बसेँ । त्यसपछि रातभरि हिँडिरहेँ ।
पार्टीको सम्पर्क खोज्दै रातभरि जङ्गलै जङ्गलको हिँडाइ
रातभरि एकहोरो हिँडिरहे । पहिले कमरेड महेश अर्थात् रत्नलाई भेट्न आउँदा बाटोमा फेला परेको पुल भेट्छु, त्यो घर भेट्छु । मूलबाटो भेट्छु भन्ने अनुमान गरेकी थिएँ । तर म त खोलैखोला निक्कै तलतल गएकी रहेछु । पुल त निक्कै माथि नै रहेछ । कहाँ पुगे कहाँ पुगे ? डाँडा चढ्दै जाँदा एउटा डाँडा छोडेर अर्को ठाउँ पुगेछु । उज्यालो हुन लाग्यो । रातभरि स्याल कराउँछ, कुकुर भुक्छ । स्याल कराउँदा जङ्गल रहेछ, कुकुर भुक्दा गाउँ आएछ भनेर अनुमान गर्थे । लगातार रातभरि जङ्गल हिँडेपछि बिहानको झिसमिसेमा एउटा गाउँमा निस्के । त्यो गाउँ कहाँ हो ? कुन हो ? केही थाहा छैन, सुरक्षा खतरा उत्तिकै छ । जेसुकै होस् भनेर एउटा झुप्रोमा ढकढक्याए । भित्रबाट महिला बोलिन् । अनि मैले पानी खान दिनुस् न भनेँ । तर उनले भित्रबाट ‘तँ पुलिसबाट भागेको केटी होस्, गैहाल हैन भने पुलिस यहीँ पर छ बोलाइदिन्छु’ भनेर थर्कायो । तै मैले ‘यो गाउँ कुन हो ?’ भनेर साहस गरेर सोध्दा उनले ‘दोभान’ भनेर बताइन् । ‘इभाङ कतातिर पर्छ ?’ भनेर सोध्दा उनले ‘पारि देखिएको डाँडा हो’ भन्यो । म त भाग्दाभाग्दा उल्टो बाटो समातेर ओल्लो डाँडातिर पो आएकी रहेछु ।
लगातार रातभरि जङ्गल हिँडेपछि बिहानको झिसमिसेमा एउटा गाउँमा निस्के । त्यो गाउँ कहाँ हो ? कुन हो ? केही थाहा छैन, सुरक्षा खतरा उत्तिकै छ । जेसुकै होस् भनेर एउटा झुप्रोमा ढकढक्याए । भित्रबाट महिला बोलिन् । अनि मैले पानी खान दिनुस् न भनेँ । तर उनले भित्रबाट ‘तँ पुलिसबाट भागेको केटी होस्, गैहाल हैन भने पुलिस यहीँ पर छ बोलाइदिन्छु’ भनेर थर्कायो ।
पार्टी सम्पर्कमा पुग्दा रुवाबासी
उज्यालो हुन आँटिसकेको थियो । उज्यालोमा हिँड्दा ‘एक्पोज’ हुने भएकाले खोलातिर झरेर एउटा ठूलो ढुङ्गाको कापमा लुकेर दिनभरि बसेँ । रातपरेपछि इभाङलाई लक्ष्य बनाएर हिँडे ।
त्यो रात एकदम ठूलो पानी पनि पर्यो । दुई रात भइसकेको छ मलाई कसरी पार्टी सम्पर्कमा पुग्ने भन्ने भएको छ । पक्रेर लगे लान्छ, जेसुकै होस्, दिउँसै भए पनि हिँड्नुपर्यो भन्ने निधोमा पुगेँ र एक ठाउँमा आराम गर्न अडिएँ । रातभरि परेको पानीले लुगा सबै भिजेका थिए । पानीसँग अति डरलाग्थ्यो मलाई, खोलामा बाढी आएर हिँड्न सक्ने स्थिति थिएन । त्यसबेला म २२, २३ वर्षकी थिएँ । भुसुक्कै निदाएछु ।
भोलिपल्ट बिहान उठेर यसो हेर्दा अलि पर एउटा घर देखेँ । घर भएतिरै गएँ । एक महिला आँगन बढार्दै थिइन् । उनै महिलालाई दिदी यो कुन गाउँ पर्यो ? भनेर सोध्दा इभाङ भन्ने जवाफ दिइन् । आफ्नो पार्टी सम्पर्क रहेको ठाउँमा आइपुगेँछु भन्ने जान्न पाउँदा मन ढक्क फुल्यो । तिनै महिलालाई मूलबाटो कता पर्छ भनेर सोध्दा उनले माथि वरपीपलको डाँडा हो भनेर देखाइन् । म तत्क्षण नै त्यो डाँडातिर लागि हालेँ । पार्टी सम्पर्कको नजिकमा पुगेको अनुभूतिले उत्साह यति बढ्यो कि केहीबेरमा नै म त्यो वरपीपल पुगेँ ।
त्यसबेला मैले सारी लगाएकी थिएँ । जङ्गल र खोल्साको हिँडाइका कारण काँडाले चिथोरेर अनुहार सबै कोपरिएको थियो । त्यसैले अनुहारलाई सारीको सप्कोले छोपेँ । केही मान्छेहरू चौतारामा गफ गरेर बसेका थिएँ । मैले उनीहरूलाई वास्ता नै नगरी मूलबाटो झरेर पहिले सेल्टर बसेको घरमा पुगेँ । संयोगवस म एकदमै सही बेलामा त्यहाँ पुगेकी रहेछु । केही बेर मात्रै ढिलो भएको थियो भने सबैसँग भेट नहुने रहेछ । सो घरमा रहनुभएका साथी ठक्कै दूधेरी बोकेर दूध दुहुनलाई हिँड्ने तरखर गर्दै हुनुहुँदो रहेछ । मैले उहाँलाई रोकेँ । मैले रोक्नेवित्तिकै अँगालो मारेर मलाई भित्र लिएर जानुभयो र त्यहाँ भएका सबै साथीहरू रुन थाल्नुभयो । उहाँहरूले मलाई दही, ढिँडो खान दिनुभयो । फेरि कुरा गर्दै जाँदा त्यहाँ रुवाबासी चल्यो ।
जङ्गल र खोल्साको हिँडाइका कारण काँडाले चिथोरेर अनुहार सबै कोपरिएको थियो । त्यसैले अनुहारलाई सारीको सप्कोले छोपेँ । केही मान्छेहरू चौतारामा गफ गरेर बसेका थिएँ । मैले उनीहरूलाई वास्ता नै नगरी मूलबाटो झरेर पहिले सेल्टर बसेको घरमा पुगेँ । संयोगवस म एकदमै सही बेलामा त्यहाँ पुगेकी रहेछु । केही बेर मात्रै ढिलो भएको थियो भने सबैसँग भेट नहुने रहेछ ।
केहीबेरपछि मलाई फेर्ने कपडा दिनुभयो । माथि डाँडामा मानिस आएर बस्ने भएकाले त्यहाँ बस्न सुरक्षित नहुने बताउँदै मलाई जङ्गलमा एउटा सुरक्षित ठाउँमा लगेर राख्नुभयो । उहाँहरूले मलाई राति लिन आउने जानकारी दिनुभयो । त्यतिबेलासम्म म पुलिसको कब्जाबाट भागेको खबर फैलिइसकेको रहेछ र पार्टीका साथी पनि मलाई खोज्न निस्किसकेको खबर उहाँहरूबाटै थाहा पाएँ । जेहोस्, पार्टीको प्रभावक्षेत्र र साथीहरुको सम्पर्कमा पुगेपछि अब आफू सुरक्षित भइयो भन्ने भावना मनमा पैदा भयो ।