प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरूको बैठक बोलाएका छन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्षले दिउसो ३ बजे पार्टी कार्यालयमा धुम्वाराहीमा सचिवालयका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
पार्टीभित्र उत्पन्न संकट समाधानका लागि प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् । पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निक्र्योल हुने सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए ।
बिहीबार अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए ।
साथै उनले बैठकका निर्णय समेत नमान्ने संकेत गरेका थिए । त्यसपछि बुधबार र बिहीबार ओलीले आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए ।
यसैबीच शुक्रबार अधक्ष प्रचण्डसँग छलफल गर्न नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाग खुमलटार पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा
-
आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्यो पुछारमा
-
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
-
प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
-
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव