बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक

शुक्रबार, २१ कात्तिक २०७७, ११ : ५५
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरूको बैठक बोलाएका छन् । 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्षले दिउसो ३ बजे पार्टी  कार्यालयमा धुम्वाराहीमा सचिवालयका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

पार्टीभित्र उत्पन्न संकट समाधानका लागि प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् । पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निक्र्योल हुने सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए । 

बिहीबार अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए । 

साथै उनले बैठकका निर्णय समेत नमान्ने संकेत गरेका थिए । त्यसपछि बुधबार र बिहीबार ओलीले आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए । 

यसैबीच शुक्रबार अधक्ष प्रचण्डसँग छलफल गर्न नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाग खुमलटार पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप