बेलायत, भारत, फिलिपिन्स र बेल्जियमका नागरिकलाई चीन प्रवेशमा रोक
शुक्रबार, २१ कात्तिक २०७७, १० : ४३
कोरोनाभाइरसको महामारीका कारण चीनले बेलायत, भारत, फिलिपिन्स र बेलायतका यात्रुलाई आफ्नो देशमा प्रवेशका लागि ‘अल्पकालिन’ रुपमा प्रतिबन्ध गर्ने बताएको छ ।
‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम र बस्न पाउने अनुमति भएका बेल्जियमका मानिसलाई अल्पकालिनरुपमा चीन प्रवेश गर्न रोक लगाइएको छ,’ बेल्जियमस्थित चिनियाँ दूतावासले बुधबार एक वक्तव्यमार्फत जानकारी दिएको छ ।
यस्तै घोषणा बेलायत, भारत र फिलिपिन्समा रहेका चिनियाँ दूतावासले गरेको थियो । यो प्रतिबन्ध ती देशका सबै गैरचिनियाँ नागरिकमा लागू हुने बताइएको छ ।
चिनियाँ विदेश मन्त्रालयले महामारीका कारण यो अल्पकालिन उपाय अंगिकार गरेको दोहोर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक पक्रिने प्रयास
-
पालिकामा रङ्गशाला निर्माण
-
वेष्ट ह्यामलाई निकैपछि घरेलु मैदानमा राहत
-
नारायणको बार आज कसलाई कति लाभदायी ? हेर्नुहोस् राशिफल
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई फेरि झट्का