शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वाट्सपमा नयाँ फिचर, सात दिनमा आफैं गायब हुनेछ मेसेज

शुक्रबार, २१ कात्तिक २०७७, १० : १२
शुक्रबार, २१ कात्तिक २०७७

ह्वाट्सएपमा चाँडै नै तपाईंले ‘डिस्अपियरिङ मेसेज’ को नयाँ विकल्प पाउनुहुनेछ जसमार्फत् मेसेज पठाउने र मेसेजज प्राप्त गर्नेबीच भएको च्याट सात दिनमा आफसे आफ गायब हुनेछ ।

अर्थात् यदि तपाईंले यो विकल्प इनेबल गर्नुहुन्छ भने सात दिन पुरानो मेसेज आफैं हट्नेछ ।

फेसबुकको स्वामित्व रहेको यो एपमा संसारभरीका दुई अर्ब प्रयोगकर्ता छन् ।  फोटो वा भिडियोलाई सात दिनपछि पनि आफैंसँग राख्न चाहनेले पहिले नै यसको स्क्रिनसट लिएर राख्न सक्छन् वा त्यो फरवर्ड गर्न सक्छन् ।

अर्थात्, तपाईंले डिस्अपेयरिङ मेसेजको विकल्प चुनेता पनि पठाएका व्यक्तिले मेसेजलाई कतै सेभ गरेर राख्न भने सक्छ ।

यो नयाँ विशेषता यो वर्षको नोभेम्बरको अन्त्यसम्म देख्न सकिनेछ ।

एक ब्लगमा कम्पनीले भनेको छ, ‘मेसेज सात दिनमा एक्सपायर हुने विकल्पले तपाईंको कुराकानी परमानेन्ट छैन भनेर दिमागलाई शान्ति दिनेछ । ’

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०१९ अप्रिलमा प्रयोगकर्तालाई थप गोपनियता प्रदान गर्नका लागि सोसल नेटवर्कमा थुप्रै परिवर्तन ल्याउने बचन दिएका थिए ।

उनीद्वारा प्रस्तावित परिवर्तनको विकल्पमा सामग्री असाध्यै कम समयसम्म सोसल नेटवर्कमा रहनु थियो । डिस्अपेयरि मेसेज यही विकल्पको हिस्सा हो । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप