बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको भूमिकामाथि रावलको प्रश्न

शुक्रबार, २१ कात्तिक २०७७, ०९ : ३०
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्वमा राष्ट्रपति विद्यादेवि भण्डारीको सक्रियताबारे भीम रावलले प्रश्न उठाएका छन् । पार्टीको आन्तरिक राजनीतिमा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय बनेको समाचारहरु सार्वजनिक भएपछि रावलले त्यसबारे आपत्ति जनाएका हुन् ।

उनले राष्ट्रपति सक्रिय बनेका हुन् भने त्यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने बताएका छन् ।

केही दिनअघि मात्र राष्ट्रपति भण्डारीले बामदेव गौतमलाई भेटेर पार्टीको आन्तरिक राजनीतिमा चासो राखेकी छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप