बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पिसीआर परीक्षणमा ‘पोजेटिभ’ र ‘नेगेटिभ’ रिपोर्टको गोलचक्कर

पिसीआर रिपोर्ट किन घरीघरी पोजेटिभ आउँछ ? के त्यो सक्रिय भाइरस हो ?
शुक्रबार, २१ कात्तिक २०७७, ०७ : २३
शुक्रबार, २१ कात्तिक २०७७

कोरोनाभाइरस (कोभिड–१९) महामारीबारे विश्वभर नै विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् । ठाउँअनुसार फरकफरक लक्षण देखिनु, मानिसअनुसार पनि फरकफरक लक्षण देखिनु, कसैको पिसीआर हप्ता दिनमै नेगेटिभ हुनु त कतिको महिनौंसम्म पनि पोजेटिभ नै आइरहनु । यस्ता फरकफरक लक्षण र अवस्थाले अहिले धेरैमा अन्यौलता र थप त्रास देखिएको छ । वास्तवमा कोरोना संक्रमित भइसकेपछि हाम्रो शरीरमा कति दिनसम्म भाइरस सक्रिय रहन्छ ? कस्तो अवस्थामा पिसीआर पोेजेटिभ देखिन्छ ? कस्तो अवस्थामा संक्रमित ढुक्क हुन सक्छ र सामान्य जीवनमा फर्कन सक्छ त ? भन्नेबारे आमचासो देखिएको छ ।

एक अध्ययनअनुसार संक्रमितको शरीरमा सक्रिय र निष्क्रिय भाइरसका टुक्राहरु (अवयवहरु) पाइन्छ यी दुवैलाई पिसीआरले पोजेटिभ देखाउँछ । र, यो सक्रिय भाइरस हो या निष्क्रिय पत्ता लगाउने परिक्षण विधिको विकास भइसकेको छैन । त्यसैले पनि हाल गरिएको पिसीआर विधिमा संक्रमितको संख्या बढेको देखिएको अनुमान गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा एक व्यक्ति जो संक्रमित भयो र उसको शरीरमा भाइरस निष्क्रिय हुँदा पनि पिसीआर भने पोजेटिभ नै देखिनुले एकै व्यक्ति बारम्बार नयाँ संक्रमितको सूचिमा गणना भइरहन्छ । केही बाहेक निजी तथा व्यापारिक हिसावले खोलिएका ल्यावहरुले पिसीआर परीक्षण कतिऔं पटक हो र उक्त व्यक्ति संक्रमित हो या होइन भन्ने डाटा नै राख्ने गरेको पाइँदैन । यसले पनि संक्रमितको संख्या बढेको पाइन्छ ।

विभिन्न अध्ययन अनुसन्धानले कोरोना संक्रमण भएपछि संक्रमितको शरीरमा भाइरस ८ दिनसम्म जिउँदो र सक्रिय रहन सक्ने र विस्तारै भाइरसको प्रभाव कम हुँदै जाने बताइएको छ ।

नेपालले भने आफ्नो परिवेशअनुसार १४ दिनको आइसोलेशन समय तोकेको छ । संक्रमण भएको ८ दिनपछि भाइरस आफै निश्क्रिय हुँदै जाने र यो अरुमा सर्न नसक्ने भएकाले संक्रमित व्यक्तिमा गहिरो लक्षण छैन र उ सामान्य अवस्थामा छ भने १४ दिनपछि सामान्य जीवनमा फर्कन सक्छ भनिएको छ । तर संक्रमितमा भने नेगेटिभ रिपोर्ट नआउन्जेलसम्म भाइरसको भयले सताइरहेको पाइएको छ ।

वास्तवमै रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म सामान्य अवस्थाका संक्रमित आइसोलेशनमा बस्न पर्छ त ? अनि के १४ दिन पछि मानिसको शरीरमा भाइरस सक्रिय नहुँदा पनि किन पिसीआर रिपोर्ट भने पोजेटिभ नै देखाउँछ ? के पिसीआर रिपोर्ट पोजेटिभ आएपनि १४ दिनपछि संक्रमित सामान्य जीवनमा फर्कन सक्छ त ? भन्नेबारे वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शेरबहादुर पुनसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

विज्ञानले भनेको छ कि १४ दिनपछि शरीरमा कोरोनाभाइरस सक्रिय अवस्थामा रहँदैन । अब भाइरस सक्रिय छैन भने त उक्त व्यक्ति परिवारमा घुलमिल हुन त सक्ने भयो, हो यही सिद्धान्तले काम गरेको हो अहिले । संक्रमितमा लक्षण छैन वा लक्षण देखिएर निको भइसकेको छ भने पनि १४ दिनपछि उसको शरीरमा निष्क्रिय भाइरसको अवयवहरु त रहनसक्छन् तर उबाट अरुमा भाइरस संक्रमण भने सर्दैन ।

सामान्य अवस्थाका संक्रमितका लागि १४ दिनको आइसोलेशन

सामान्यतया हाम्रो शरीरमा भाइरस कहिलेसम्म सक्रिय रहन्छ भन्ने महत्वपूर्ण कुरा हुन्छ । आइसोलेशनमा राख्नु भनेको संक्रमितबाट अरुमा संक्रमण फैलन नपाओस् र संक्रमित सुरक्षित तवरले रहन सकोस भनेर नै हो । विज्ञानले भनेको छ कि १४ दिनपछि शरीरमा कोरोनाभाइरस सक्रिय अवस्थामा रहँदैन । अब भाइरस सक्रिय छैन भने त उक्त व्यक्ति परिवारमा घुलमिल हुन त सक्ने भयो, हो यही सिद्धान्तले काम गरेको हो अहिले । संक्रमितमा लक्षण छैन वा लक्षण देखिएर निको भइसकेको छ भने पनि १४ दिनपछि उसको शरीरमा निष्क्रिय भाइरसको अवयवहरु त रहनसक्छन् तर उबाट अरुमा भाइरस संक्रमण भने सर्दैन ।

अहिले हामीले ज्वरो, स्वासप्रश्वासमा समस्या, खोकी, झाडापखाला वा अन्य समस्या भएका विरामी बाहेक अन्यलाई १४ दिनपछि सामान्य जीवनमा फर्कन सुझाव दिने गरेका छौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई संक्रमित व्यक्ति १० दिनपछि त्यसको तीन दिनसम्म कुनै लक्षण देखिएन भने चौथो दिनको दिनमा ऊ आइसोलेशनबाट निस्किन सक्छ भनेको छ । र त्यसपछि पिसीआर परिक्षण गर्न पनि नपर्ने भनिएको छ । लक्षण नै छैन भने त १० दिनमै आइसोलेशनबाट निस्किन मिल्ने र परिक्षणको जरुरत पनि नभएको भनिएको छ । त्यसैले अहिले हामीले पनि विरामीहरुमा लक्षण छैन वा सामान्य लक्षण देखिएर निको भइसकेको छ भने १० दिनपछि नै घर पठाउने गरेका छौं । कोरोनाभाइरस संक्रमितबाट १४ दिनपछि अरुमा सर्दैन भन्ने अनुुसन्धानबाट नै पुष्टि भएर भनिएकाले यसमा द्विविधा नराख्नु सवैमा अनुरोध गर्दछु ।

कोरोनाभाइरस सक्रिय र निष्क्रिय दुवै अवस्थामा पिसीआरले पोजेटिभ देखाउँछ

पिसीआर विधिले भाइरस छ छैन भनेर देखाउने मात्र हो तर यसले सक्रिय या निष्क्रिय कुन अवस्थामा छ भन्ने बताउँदैन । भाइरसको जेनेटिक मेटेरियल पत्ता लगाउने काम मात्र पिसीआरले गर्छ । त्यसैले भाइरसका अवयव निष्क्रिय छन् भने पनि पिसीआरले देखाइदिने भयो । संक्रमित व्यक्तिमा कुनै स्वास्थ्य समस्या छैन र संक्रमणको दुई साता पुगिसकेको छ तर पनि पिसीआर पोजेटिभ देखिन्छ भने ‘यो सक्रिय नै भाइरस हो र यो अरुमा सर्छ’ भन्ने हुँदैन । मानिसको शरीरमा भाइरसको जेनेटिक मेटेरियल लामो समयसम्म पनि रहिरहन सक्छ । कतिमा कतिमा पाँच हप्ता त कतिमा तीन महिनासम्म पनि देखिएको पाइएको छ । त्यसैले आफूमा गम्भिर खालको लक्षण छैन भने  पिसीआर पोेजेटिभ आयो भनेर आत्तिहाल्नु पर्दैन ।

संक्रमित व्यक्तिमा कुनै स्वास्थ्य समस्या छैन र संक्रमणको दुई साता पुगिसकेको छ तर पनि पिसीआर पोजेटिभ देखिन्छ भने ‘यो सक्रिय नै भाइरस हो र यो अरुमा सर्छ’ भन्ने हुँदैन । मानिसको शरीरमा भाइरसको जेनेटिक मेटेरियल लामो समयसम्म पनि रहिरहन सक्छ । कतिमा कतिमा पाँच हप्ता त कतिमा तीन महिनासम्म पनि देखिएको पाइएको छ । त्यसैले आफूमा गम्भिर खालको लक्षण छैन भने  पिसीआर पोेजेटिभ आयो भनेर आत्तिहाल्नु पर्दैन ।

यूकेको ‘पब्लिक हेल्थ इङ्ग्ल्याण्ड’मा प्रकाशित एउटा अध्ययन रिपोर्टमा ‘कोरोनाभाइरसको अवयवहरु सात हप्तासम्म पनि हाम्रो शरीरमा देखाइरहन सक्छ’ भनिएको छ । त्यसैले भाइरस निष्क्रिय भएपनि कसैकसैको शरीरले भाइरसलाई पूर्णरुपमा बाहिर निकाल्न नसक्दा पिसीआर पोजेटिभ नै देखिने गरेको हो । यसबारे धेरै चिन्तित हुने, मानसिक तनाव लिने गर्नु ठिक होइन । डब्लुएचओले नै योबारे धेरै अगाडि नै बताइसकेको छ र यो अनुसन्धानले पनि पत्ता लगाएको कुरा हो ।

हो, कतिपय मानिसहरुमा सामान्य खोकी रहिरहने र पूर्णरुपमा स्वस्थ्य महसुस नहुने देखिएको छ । यस्ता अवस्थाका विरामीले चिकित्सकसँग सम्पर्कमा रहिरहँदा राम्रो हुन्छ । जस्तोः चिकेन गुनिया भाइरसबाट संक्रमित व्यक्तिहरु मध्ये आधा भन्दा बढीमा वर्षदिनसम्म पनि जोर्नीहरु दुख्ने समस्या देखिएका छन् । त्यसैगरी, डेंगुमा पनि निको भइसकेको विरामी जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने समस्या लिएर आउने गरेको पाइएको छ । यी त पुराना भाइरसहरु हुन् भने कोरोनाभाइरस त नयाँ भाइरस हो । त्यसैले यसबारे अध्ययनअनुसन्धान भइरहेको छ । आफूमा केही समस्या छन् भने चिकित्सकको सम्पर्कमा रहिरहँदा राम्रो हुन्छ । केही व्यक्तिमा यो समस्या देखिएका कुराहरु आइरहेका छन् र पनि गाइडलाइन हेर्ने हो भने जो व्यक्तिमा ज्वरो खोकी निको भएको थप तीन दिन हेरेर उसलाई घर पठाउन सकिने भनिएको छ ।

अझ केही देशले त आठ दिनपछि नै भाइरस निष्क्रिय हुने भएकाले आठ दिनपछि नै संक्रमित व्यक्ति बाहिर निस्किन सक्ने भनेको छ । १४ दिनको अवधिसम्ममा भाइरस मानव शरीरमा निष्क्रिय भइसकेको हुन्छ भनेपछि आइसोलेशनमा बस्न पनि परेन र उक्त व्यक्ति सामान्य जीवनमा फर्कन सक्ने भयो ।

अझ केही देशले त आठ दिनपछि नै भाइरस निष्क्रिय हुने भएकाले आठ दिनपछि नै संक्रमित व्यक्ति बाहिर निस्किन सक्ने भनेको छ । १४ दिनको अवधिसम्ममा भाइरस मानव शरीरमा निष्क्रिय भइसकेको हुन्छ भनेपछि आइसोलेशनमा बस्न पनि परेन र उक्त व्यक्ति सामान्य जीवनमा फर्कन सक्ने भयो ।

अर्को भनेका नेगेटिभ भइसकेको व्यक्तिमा पछि पुनः पोजेटिभ देखिएको बारेमा केही समय पहिले कोरियामा निकै ठूलो बहस भएको थियो । र डब्लुएचओले यसबारे गहन अध्ययन अनुसन्धान गरेको थियो । यसमा भाइरस संक्रमण निको भइसकेको अवस्थामा पनि वा भाइरस निष्क्रिय भइसकेको अवस्थामा पनि भाइरसका केही अवयवहरु (जुन सक्रिय हुन सक्दैनन्) ती शरीरमा रहिरहने भएकाले पिसीआरमा पोजेटिभ देखिएको भनेर डब्लुएचओले भनेको थियो ।

एन्टी जिनबारे अन्यौलता

जिनको अंकहरुले पनि मानिसहरुमा अन्यौलता बढाएको पाइएको छ । कुनै व्यक्तिमा भाइरसको लोड सुरुमा जाँच गर्दाको अवस्थामा भन्दा बढेको हुन्छ भने कतिमा घटेको हुन्छ । भाइरस निष्क्रिय होस् या सक्रिय पिसीआरले त देखाउने नै भयो, त्यसो हुँदा लोड बढीघटी देखिन सक्छ ।

हुन त एन जिन र ई जिनबारेको अनुसन्धानहरु खासै भएको छैन । तर सामान्य बुझाइमा र अनुभवको आधारमा भाइरसको लोड सुरुको अवस्थाभन्दा कसैमा बढेर भाइरस निष्क्रिय हुन सक्छ भने कसैमा घट्दै जान सक्छ ।

सवैको शरीर एकैनासको पनि हुँदैन । कसैको पाँचै दिनमा पनि पिसीआर नेगेटिभ देखिन्छ भने कसैको देखिन्न । गम्भिर खालको संक्रमण छैन भने यसको निश्चित अवधि पार गरेपछि त्यसको असर हुँदैन र डराउनु पर्दैन । र सामान्य अवस्थाका व्यक्तिले बारम्बार पिसीआर जाँच गराइराख्नु पनि जरुरी छैन ।

यदि भाइरसको लोड जाँच गर्दाको अवस्थामा मानौं १० थियो र विस्तारै यो घट्दै गयो र ३० वा सो भन्दा माथि देखियो अथवा जाँच गर्दा २५ थियो र यो बढ्दै गयो अनि २० भन्दा तल देखायो भने पनि लोड त बढेको नै वा घटेको नै देखाउने भयो नि । त्यो सक्रिय होस् या निष्क्रिय । जस्तोः जाँच गर्दाको समयमा भाइरसको लोड निकै कम थियो तर यो बढ्ने क्रममा थियो । विस्तारै यो बढ्यो र केही समयमा निष्क्रिय भयो । बढेको तर निष्क्रिय भाइरस छ भने पनि धेरै वा भाइरस लोड बढी देखिन सक्ने भयो । त्यसैले पिसीआरमा पहिले भन्दा भाइरस लोड कसैको बढ्ने त कसैको घट्ने देखिन्छ । फेरि सवैको शरीर एकैनासको पनि हुँदैन । कसैको पाँचै दिनमा पनि पिसीआर नेगेटिभ देखिन्छ भने कसैको देखिन्न । गम्भिर खालको संक्रमण छैन भने यसको निश्चित अवधि पार गरेपछि त्यसको असर हुँदैन र डराउनु पर्दैन । र सामान्य अवस्थाका व्यक्तिले बारम्बार पिसीआर जाँच गराइराख्नु पनि जरुरी छैन ।

मुख्य कुरा हामीले के ध्यान दिन र बुझ्न जरुरी छ भने आठ दिन अन्तर्राष्ट्रिय अभ्यास र हामीले नेपालमा लागु गरेको १४ दिनको अवधिमा भाइरस निष्क्रिय हुन्छ । पिसीआरमा लोड जति देखाएपनि त्यो सक्रिय भाइरस होइन भनेर हामीले भन्दै आएका छौं । तर साथसाथै ख्याल राख्नुपर्ने कुरा के पनि हो भने, कहिलेकाँही ल्याब र स्याम्पल लिँदा कसरी लिइएको छ, त्यसले पनि नतिजामा फरक पर्न सक्छ । कतिपय प्राविधिक समस्याले पनि यो घटबड देखाएको हुनसक्ने सम्भावना पनि हुन्छ । त्यसमा अत्तिनु पर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप