लगातार दोस्रो पटक फाइनलमा मुम्बई, पाँचौ उपाधिबाट एक कदम टाढा

इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै साबिक विजेता मुम्बई इन्डियन्स लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ । रोहित शर्माको कप्तानीमा मुम्बई अब पाँचौ उपाधि जित्नबाट मात्र एक कदम टाढा रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गरेको थियो । त्यसअघि मुम्बई २०१७, २०१५ र २०१३ मा च्याम्पियन बनेको थियो ।
दुबईमा खेलिएको खेलमा मुम्बईले पहिलो ब्याटिङ गर्दै २०१ रन को लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दिल्ली क्यापिटल्सले ८ विकेटको क्षतिमा मात्र १४३ रन बनाउन सक्यो । दिल्लीका लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रनको पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । म्यान अफ द म्याच चुनिएका जसप्रित बुमराहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चिएर ४ विकेट लिए ।
दिल्लीको शुरुवात निकै खराब रह्यो । टिमले कुनै रन नै नबनाइ तीन विकेट गुमाएको थियो । स्टोइनिसबाहेक अक्षर पटेलले ४२ रनको योगदान दिए । यो सिजन मुम्बई र दिल्ली बीच भएको यो तेस्रो खेल हो । तीनै खेलमा मुम्बईले दिल्लीलाई हराएको छ ।
यसअघि, हार्दिक पान्ड्याले १४ बलमा ३७ रन बनाएपछि मुम्बईले ५ विकेटको क्षतिमा २ सय बनाउन सफल भएको थियो । मुम्बईका लागि ईशान किशनले सर्वाधिक ५५ र सूर्यकुमार यादवले ५१ रनको पारी खेले । दिल्लीका लागि रवीचन्द्रन अश्विनले ३ विकेट लिए ।
हारका बावजुद दिल्लीसँग फाइनलमा पुग्ने अझै एक मौका छ । सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा दिल्लीले खेल्न पाउनेछ । उक्त खेलको विजेता टोली फाइनलमा मुम्बईसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?