साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या

युरोप – साईप्रस, युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।
साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा वडा न. १४ धर्मस्थली बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्म हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आत्महत्या गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
गत बर्षको अक्टोबर २०१९ मा आफ्नो बुवाको आँखाको उपचार गर्ने , आमा तरकारी बेच्ने काम बन्द गराउने लगाएत युरोपमा पढेर होटलको म्यनेजर बन्ने सपनाका साथ साईप्रस पढन आएको मृतक रोशनका काकाका छोरा दाजु विकास अधिकारीले बताए ।
अधिकारीका अनुसार रोशनले केही दिन पहिला कलेज गएका र रजिस्ट्रेशनका लागि तर कलेजले पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउने सल्लाह गरेका थिए ।
गैरआवासीय नेपाली सघं साईप्रसका सचिव महासचिव कृप थापाका अनुसार मृतक रोशनले आत्महत्या गरेको हुनाले उनको शवलाई नेपाल पठाउन केही समय लाग्ने भएकोले नेपाली राजदुतावास ईजरायल र नेपाली कन्सुलेट साईप्रस तथा मृतकको परिवारसगं समन्वय भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चारै प्रहर पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?