शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या

शुक्रबार, २१ कात्तिक २०७७, ०६ : २८
शुक्रबार, २१ कात्तिक २०७७

युरोप – साईप्रस, युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । 

साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा वडा न. १४ धर्मस्थली बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्म हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आत्महत्या गरेको रिपोर्टमा उल्लेख गरेको छ । 

गत बर्षको अक्टोबर २०१९ मा  आफ्नो बुवाको आँखाको उपचार गर्ने , आमा तरकारी बेच्ने काम बन्द गराउने लगाएत युरोपमा पढेर होटलको म्यनेजर बन्ने सपनाका साथ साईप्रस पढन आएको मृतक रोशनका काकाका छोरा  दाजु विकास अधिकारीले बताए । 

अधिकारीका अनुसार रोशनले केही दिन पहिला कलेज गएका र रजिस्ट्रेशनका लागि तर कलेजले पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउने सल्लाह गरेका थिए । 

गैरआवासीय नेपाली सघं साईप्रसका सचिव महासचिव कृप थापाका अनुसार मृतक रोशनले आत्महत्या गरेको हुनाले उनको शवलाई नेपाल पठाउन केही समय लाग्ने भएकोले नेपाली राजदुतावास ईजरायल र नेपाली कन्सुलेट साईप्रस तथा मृतकको परिवारसगं समन्वय भइरहेको जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप