के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?
एजेन्सी । कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नुभन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ ।
“यदि तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नुपर्ने बाध्यता हुनसक्छ,” केन्द्रले भनेको छ । त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुहुन्छ भने पनि घरमै बस्नुभन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ ।
तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन् । सँगसँगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सबैभन्दा असुरक्षित हुने उनीहरुको भनाई छ ।
होटलमै बस्नुपरेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरु गर्न क्यालिफोर्निया विश्वविद्यालयका सङ्क्रमण विज्ञ डा नतास्चा टुज्नीकले जोड दिए ।
उनले धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायतका ठाउँमा साबुन पानी वा अन्य सावुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि सुझाव दिएका छन् । भाडामा बसिएका कोठामा पनि होटलका कोठा भन्दा धेरै सफा, सुरक्षित र हावा धेरे खेल्ने हुन सक्ने पनि उनको भनाई छ ।
होटलमा बस्दा सबै सुरक्षाका उपायहरु के कत्तिको अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दुरी कायम गरिएको छ कि छैन, साझा ठाउँ तथा सामग्रीहरुको प्रयोग भएको छ की छैन जस्ता विषयमा पनि ख्याल गर्न उनले आग्रह गरेका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक पक्रिने प्रयास
-
पालिकामा रङ्गशाला निर्माण
-
वेष्ट ह्यामलाई निकैपछि घरेलु मैदानमा राहत
-
नारायणको बार आज कसलाई कति लाभदायी ? हेर्नुहोस् राशिफल
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई फेरि झट्का