जाजरकोटमा काठले च्यापिएर एक बालकको मृत्यु
बिहीबार, २० कात्तिक २०७७, १६ : २२

जाजरकोट । छेडागाड नगरपालिका ६ का चार वर्षीय सुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड –५ बडाबनमा आज मृत्यु भएको हो ।
समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वास्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो ।