बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घटेको सेयर बजारमा झण्डै पौने तीन अर्बको कारोबार !

बिहीबार, २० कात्तिक २०७७, १६ : ०२
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४.४७ अंकले घटेको छ । घटेको बजारमा २ अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २ सय कम्पनी कारोबारमा आएका आएका थिए ।

होटल समूह, जलविद्युत समूह, विकास बैंक, जीवन बीमा समूहको सेयर बढेको छ भने सबैभन्दा बढी जलविद्युत समूहको सेयर १३.९३ अंकले बढेको छ । यता विकास बैंकको ५.५ अंकले बढेको छ भने होटल समूह ४.८६ अंकले बढेको छ । 

अरु समूहमा भने गिरावट आएको छ । ट्रेडिङ समूह १९.०३ अंकले घटेको छ । नीर्जिबन बीमा कम्पनी, बैंकिङ समूह, लघुवित्त लगायत समूहमा गिरावट आएको छ । सबैभन्दा बढी कमाउनेमा सानिमा जनरल इन्सुरेन्स छ भने दोस्रोमा रैराङ जलविद्युत कम्पनी रहेको छ । 

खरिदबिक्री रकममा प्राइम बैंक अगाडी  छ । यसको २० करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा एभरेष्ट बैंक परेका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप