आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चाबहिलमा १६ वर्षीया किशोरी बलात्कृत, अभियुक्त सामाखुसीबाट पक्राउ

बिहीबार, २० कात्तिक २०७७, १३ : २१
बिहीबार, २० कात्तिक २०७७

काठमाडौँ । राजधानीको चाबहिलमा १६ वर्षीया किशोरीलाई ललाइफकाई जबरजस्तीकरणी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरी कात्तिक २ गते बलात्कृत भएकी थिइन् ।

काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्दै आएकी १६ वर्षीया किशोरीलाई ललाई फकाई प्रलोभनमा पारेर बलात्कार गर्ने २१ वर्षीय सुजन कार्की पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दोलखा शैलुङ्गेश्वर गाउँपालिका–३ घर भई काठमाडौँको सिफल बस्ने कार्कीलाई सामाखुसीबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए ।

‘बलात्कारपछि फरार भएका कार्की खोजी गर्ने क्रममा सामाखुसीबाट पक्राउ परेका हुन्, ‘एसएसपी थापाले भने, ‘थप अनुसन्धानको लागि कार्कीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप