नेप्सेमा झिनो गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि आज ०.११ बिन्दुले घटेर ३२६.४९ मा ओर्लेको छ । कूल २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता शेयर रु एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २५.३१, होटल ४.६७, जलविद्युत् १.५८, अन्य ५.३९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ३.०४, विकास बैंक ११.४२, वित्त २.८८, निर्जीबन बीमा ८८.६८, उत्पादन ०.११, लघुवित्त ३.६६ र जीवन बीमा १२.६७ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज प्राइम बैंक रु नौ करोड पाँच लाख ३३ हजार ४३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, अरुण काबेली पावर रु आठ करोड २४ लाख ६५ हजार ९७७, नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ५७ लाख ४७ हजार ३४५, अपि पावर कम्पनी रु पाँच करोड ११ लाख ६१ हजार ७९८, गुराँस लाइफ इन्स्योरेन्स रु चार करोड ९० लाख २३ हजार ५६१ र एचआइडिसिएल रु चार करोड ३३ लाख ९६ हजार ९१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज विशाल बजार कम्पनी १०, सानिमा जनरल इन्स्योरेन्स ९.९७, कालिका पावर कम्पनी ६.९५, पाँचथर पावर कम्पनी ६.४०, नेपाल ल्यूब आयल ४.५२ र सारथी नेपाल लघुवित्तका शेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै, शिवश्री हाइड्रोपावर ५.१७, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४.१९, कामना सेवा विकास बैंक ३.७८, समिट लघुवित्त २.७६ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले २.५५ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे