कुमारीको दर्शनपछि पशुपति पुगे भारतीय सेना प्रमुख
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले बुधवार बसन्तपुरस्थित कुमारीको दर्शन गरेका छन् । कुमारीको दर्शनपछि उनि गौशलास्थित पशुपति नाथको मन्दिरमा पुगेका छन् । सुरक्षाका कारण नेपाली सेनाले पशुपती जाने र फर्कने ३ वटा बैकल्पिक रुट तय गरेको थियो । बसन्तपुरबाट उनलाई सैन्य स्कर्टिङमा रातोपुल हुँदै पशुपति लगिएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने भ्रमणमा नेपाल आएका नरवणेको बुधवार औपचारिक कार्यक्रम छैन् । पशुपती दर्शनपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने औपचारिक कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताएका छन् ।
नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणेको भ्रमणलाई चासोपूर्वक हेरिएको छ । जानकारहरुका अनुसार उनको भ्रमणले राजनीतिक तहको सम्बन्धलाई अगाडी बढाउन र सीमा विवादको संवादहिनतालाई अन्त्य गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्माओली र नरवणेबिच बालुवाटारमा भेटवार्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण