बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारीको दर्शनपछि पशुपति पुगे भारतीय सेना प्रमुख

बुधबार, १९ कात्तिक २०७७, १७ : २१
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले बुधवार बसन्तपुरस्थित कुमारीको दर्शन गरेका छन् । कुमारीको दर्शनपछि उनि गौशलास्थित पशुपति नाथको मन्दिरमा पुगेका छन् । सुरक्षाका कारण नेपाली सेनाले पशुपती जाने र फर्कने ३ वटा बैकल्पिक रुट तय गरेको थियो । बसन्तपुरबाट उनलाई सैन्य स्कर्टिङमा रातोपुल हुँदै पशुपति लगिएको छ ।  

प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने भ्रमणमा नेपाल आएका नरवणेको बुधवार औपचारिक कार्यक्रम छैन् । पशुपती दर्शनपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने औपचारिक कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताएका छन् । 

नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणेको भ्रमणलाई चासोपूर्वक हेरिएको छ । जानकारहरुका अनुसार उनको भ्रमणले राजनीतिक तहको सम्बन्धलाई अगाडी बढाउन र सीमा विवादको संवादहिनतालाई अन्त्य गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्माओली र नरवणेबिच बालुवाटारमा भेटवार्ता हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप