मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाप्रमुख नरवणेद्वारा वसन्तपुरको अवलोकन

बुधबार, १९ कात्तिक २०७७, १६ : ५०
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । तीने दिने नेपाल भ्रमणमा आएका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज कुमारीदेवीको दर्शन गरेका छन् । इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि उनी आफ्ना श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । उनले कुमारीको दर्शन गरी वसन्तपुर स्क्वायरको अवलोकन पनि गरेको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेना प्रमुख नरवणेलाई भोलि राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमको बीच राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानाथ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको  छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यसूची रहेको छ । सीमा विवादलाई लिएर नेपाल भारतबीच सम्बन्ध चिसिएको बेला र नेपालको राजनीति तरल अवस्थामा रहेको बेला नरवणेको नेपाल भ्रमण भएको हो ।

त्यसैले उनको भ्रमणलाई सबैले चासोपूर्वक हेरिरहेका छन् । नरवणे विमानस्थलमा ओर्लेपछि बाहिर उनको सांकेतिक रुपमा विरोध समेत भएको थियो । विरोध प्रदर्शनका क्रममा उनलाई कालो झण्डा देखाइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप