गौरीफन्टा नाकामा भारत जानेहरुको भीड बढ्यो
काठमाडौं । हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ । दशैंअघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिएलगत्तै रोजगारीका लागि फेरी भारत जानेहरुको घुँइचो बढ्न थालको छ । कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ ।
चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दशैं सकिए लगत्तै फेरी रोजगारीका लागि भारत फर्किएका हुन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए ।
कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरि भारत जान बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ । तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य छन् । देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ ।
सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरु भारत भइरहेका छन् । सुदूरपश्िचम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गते देखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन् । जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
-
‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’
-
लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ
-
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण