बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेना प्रमुख काठमाडौंमा

बुधबार, १९ कात्तिक २०७७, ११ : ५५
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । 

विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । 

बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप