शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – बाराक ओबामा अमेरिकाको ४४ औँ राष्ट्रपति निर्वाचित

बुधबार, १९ कात्तिक २०७७, ०९ : १४
बुधबार, १९ कात्तिक २०७७

आज ४ नोभेम्बर । सन् २००८ को अमेरिकी निर्वाचनले बाराक ओबामालाई राष्ट्रपतिका रुपमा निर्वाचित ग-यो । देशको ४४ औँ राष्ट्रपति बन्ने सुनिश्चित भएका डेमोक्रेटिक पार्टीका ओबामा यस्तो उपलब्धि हासिल गर्ने पहिलो एफ्रो–अमेरिकी नेता थिए ।

‘हामीले निर्वाचनका दिन आज जे ग¥यौं । यस निर्णायक घडीमा जे ग¥यौं, त्यसले अमेरिकामा परिवर्तन आउनेलावा छ,’ आफ्नो विजय सुनिश्चित भएपछि सिकागो ग्रान्ड पार्कमा आयोजित समारोहमा १ लाख २५६ हजार समर्थकलाई सम्बोधन गर्दै ४७ वर्षीय ओबामाले भनेका थिए ।

ओहियो, फ्लोरिडा, भर्जिनिया, इन्डियाना, न्युु मेक्सिको, कोलोराडो, नेभादालगायत रिपब्लिकनहरुकै बाहुल्यता रहेका राज्यमा रिपब्लिकन उम्मेदवार जोन म्याककेनलाई ओबामाले पछि पारेका थिए । म्याककेनले विजयको आशा गरेको क्षेत्र पेन्सिलभेनियामा पनि ओबामा नै विजयी भए । त्यसपछि उनले मंगलबार राति नै पराजय स्वीकारेका थिए । ‘अमेरिकी जनताहरुले बोलेका छन् र उनीहरुले स्पष्टसँग बोलेका छन् । हामी लामो यात्राको अन्त्यमा आउनुपर्छ,’ उनले भनेका थिए ।

तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस र जोन म्याककेन दुुबैले मंगलबार राति नै फोन गरेर ओबामालाई बधाई पनि दिएका थिए । पहिलो कार्यकाल राष्ट्रपति चुनिएको केही महिनापछि नै ओबामालाई नोबेल शान्ति पुरस्कार समेत प्राप्त भएको थियो ।

आफ्नो सुरुवाती दुई वर्षे कार्यकालमा निकै राम्रा कामहरु गरेका ओबामा त्यसपछि भने विस्तारै विवादित बनेका थिए । यद्यपी २०१२ मा फेरि निर्वाचित भएर उनले दोस्रो कार्यकाल पनि पूरा गरे ।

ओबामाले राष्ट्रपति बनेको सुरुवाती दुुई वर्षभित्र स्वास्थ सम्बन्धी ओबामा केयर, उपभोक्ता संरक्षण ऐन, कर छुट, बेरोजगारी बिमा, रोजगारी सिर्जना गर्ने ऐन २०१० लगायत महत्वपूर्ण कानून बनाएका थिए ।

उनको विदेश नीति भने विवादास्पद रह्यो । ईराकबाट अमेरिकी सेना हटाउने उनको निर्णयलाई धेरैले तारिफ गरे । तर, अफगानिस्तानमा उनले अमेरिकी सैनिक संख्या बढाए । त्यस्तै लिबियामा मुहम्मर गद्दाफीलाई हटाउनका लागि आफ्ना सेना पठाए । ओशामा बिन लादेनको हत्या ओबामाकै निर्देशनमा आएको थियो ।  सिरियामा अमेरिकी सेनाले उनकै कार्यकालमा हस्तक्षेप सुरु ग¥यो ।

केन्याली बाबुका छोरा

राष्ट्रपतिको उम्मेदवार हुनअघि सन् २००५ देखि २००८ सम्म ओबामा इलिनोइजबाट अमेरिकी सिनेटर थिए । आईरिस आमा र केन्याली बाबुका छोरा ओबामाको जन्म हवाईको होनोलुलुमा भएको थियो । सन् १९८३ मा कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरेपछि उनले सिकागोमा सामुदायिक कार्यकर्ताका रुपमा काम गरेका थिए । सन् १९८८ मा उनी हार्भाड कानून विद्यालयमा भर्ना भए । स्नातक गरेपछि उनी जनअधिकारवादी वकिल र प्राज्ञका रुपमा सक्रिय थिए । त्यसपछि उनी राजनीतिमा जोडिएका हुन् ।

अन्य घटनाक्रम

सन् १९५६– हंगेरीको राजधानी बुढापेस्टमा सोभियत एयरफोर्सको आक्रमण । झन्डै १ हजार सोभियत ट्यांकसहित बुढापेस्ट आएका सैनिकहरुले विभिन्न रणनीतिक क्षेत्रमा बसेर हंगेरीको सेनासँग लड्न थालेका थिए । हंगेरीका प्रधानमन्त्री इम्री नागीले हंगेरियन जनतालाई स्वतन्त्रता र राजनीतिक अधिकार दिलाउने भन्दै राष्ट्रियताको आन्दोलन सशक्त बनाएपछि प्रतिक्रियास्वरुप सोभियत युनियनले यस्तो कदम चालेको थियो । नागी सोभियत नीतिका विरोधी थिए ।

सन् १९८०–  अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकनका उम्मेदवार रोनाल्ड रेगनलाई सफलता, उनले अत्याधिक मतसहित बहालवाला राष्ट्रपति जिम्मी कार्टरलाई हराए । ४० औं राष्ट्रपतिका रुपमा चुनिएका रेगन हलिउड स्टार पनि हुन् ।

सन् १९९२–  बहालवाला राष्ट्रपति जर्ज बुसलाई हराएर डेमोक्रेटिक पार्टीका बिल क्लिन्टन अमेरिकाको ४२ औं राष्ट्रपतिमा निर्वाचित ।

सन् १९९५– तेल अभिभमा आयोजित शान्ति ¥यालिबाट फर्किन लाग्दा इजरायली प्रधानमन्त्री यिट्जाक रबिनमाथि गोली प्रहार, छातिमा तीन गोली लागेका उनलाई यिट्जाक अस्पतालमा मृत घोषणा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप