शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

उद्यमशीलता तथा सीप विकाशमा केन्द्रित राष्ट्रिय स्तरको ‘योङ इन्टरप्रेनर कन्क्लेभ २०२०’ हुँदै

मङ्गलबार, १८ कात्तिक २०७७, २० : १०
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौं । समृद्धि स्कूल/कलेज तथा विशाल फाउण्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको ‘योङ इन्टरप्रेनर कन्क्लेभ २०२०’ हुने भएको छ । युवा तथा विद्यार्थीहरुको लागि उद्यमशीलता प्रवर्धन तथा सीप विकाशमा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।  

कार्तिक २० गते दिउँसो १ः३० बजे देखि ४ः३० सम्म सञ्चालन हुने उक्त कार्यक्रम वेबिनार मार्फत निशुल्क सञ्चालन हुनेछ । उक्त कार्यक्रममा सहभागी हुनका लागि  https://forms.gle/3LZQtiQSeiMnKuTR8 लिङ्कमार्फत रजिष्टर गर्न सकिने छ । 

कार्यक्रम उच्च माध्यामिक तह तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि प्रभावकारी र केन्द्रित रहनेछ । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल पनि सहभागि हुनेछन् । 

कायक्रममा अन्तर्राष्ट्रिय प्रेरक वक्ताको रुपमा सुपरिचित मानुषी अग्रवाल, दराज नेपालका पूर्व कार्यकारी निर्देशक राजिव अमात्य, स्किल ल्याबका संस्थापक नन्दकिशोर मण्डल, आईएमई गुपका कार्यकारी निर्देशक  हेमराज ढकाल, देउराली जनता फर्मास्यूटिकल्स संस्थापक तथा कार्यकारी निर्देशक  हरि भक्त शर्मा, तथा आर्ट पसःका सह संस्थापक उज्व्वल श्रेष्ठको पनि सहभागिता रहने छ ।

यसका अतिरिक्त नेपालका अन्य चर्चित उद्यमीहरुको पनि सहभागीता रहने छ उक्त कार्यक्रमका सुरुका चार दिन अतिथिहरुले उद्यम सम्वन्धी आफ्ना अनुभव तथा कथा व्यथा प्रस्तुत गर्नेछन् भने पाचौँ दिनमा सहभागीहरुको कार्यशाला तथा अन्तर्मूल्याङ्कन प्रस्तुत गरिनेछ आयोजकले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप