नरवणेलाई मानार्थ महारथीको उपाधी नदिन मैनालीको माग
काठमाडौं । सीपी मैनाली नतृत्वको नेकपा मालेले भारतका सेना प्रमुख मणिमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव सीपी मैनालीले मानार्थ महारथी उपाधि दिँदा कालापानीमा भारतले नेपाली भूमि कब्जा गरेको विषयलाई प्रकारान्तरले सामान्य ठानिएको सन्देश जाने भएकाले मानार्थ उपाधि दिन नहुने बताएका हुन् ।
‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डतालाई अनादर गर्ने भारत सरकारको सेनाध्यक्षलाई नेपाली राष्ट्रिय सेनाको ‘मानार्थ महारथी’को पदवीले विभूषित गर्नु किमार्थ पनि उपयुक्त हुँदैन’ मैनालीले भनेका छन्, ‘तसर्थ दुई देशका सेनाध्यक्षलाई एक अर्काले ‘मानार्थ महारथी’ को पदवीले विभुषित गर्ने प्रचलनलाई नै अन्त्य गरिनुपर्दछ ।’ नरवाणे बुधबार नेपाल आउँदैछन् । नेकपा माले लगायत २१ राजनीतिक संगठनले यसअघि नै भारतीय सेना प्रमुखको नेपाल भ्रमण खारेज गर्न माग गरेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण