मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नरवणेलाई मानार्थ महारथीको उपाधी नदिन मैनालीको माग

मङ्गलबार, १८ कात्तिक २०७७, १७ : ५२
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौं । सीपी मैनाली नतृत्वको नेकपा मालेले भारतका सेना प्रमुख मणिमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने बताएको छ ।  मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव सीपी मैनालीले मानार्थ महारथी उपाधि दिँदा कालापानीमा भारतले नेपाली भूमि कब्जा गरेको विषयलाई प्रकारान्तरले सामान्य ठानिएको सन्देश जाने भएकाले मानार्थ उपाधि दिन नहुने बताएका हुन् ।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डतालाई अनादर गर्ने भारत सरकारको सेनाध्यक्षलाई नेपाली राष्ट्रिय सेनाको ‘मानार्थ महारथी’को पदवीले विभूषित गर्नु किमार्थ पनि उपयुक्त हुँदैन’ मैनालीले भनेका छन्, ‘तसर्थ दुई देशका सेनाध्यक्षलाई एक अर्काले ‘मानार्थ महारथी’ को पदवीले विभुषित गर्ने प्रचलनलाई नै अन्त्य गरिनुपर्दछ ।’ नरवाणे बुधबार नेपाल आउँदैछन् । नेकपा माले लगायत २१ राजनीतिक संगठनले यसअघि नै भारतीय सेना प्रमुखको नेपाल भ्रमण खारेज गर्न माग गरेका थिए  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप