बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप ३११४ जनामा संक्रमण पुष्टि

मङ्गलबार, १८ कात्तिक २०७७, १७ : ३९
मङ्गलबार, १८ कात्तिक २०७७

 

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ४६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष रहेका छन् ।

हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् ।

नेपाल पीसीआर परीक्षणमध्ये संक्रमण दर १२.१ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ ।

यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ७८.६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप