बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनासँग लड्दै ओलम्पिकसम्म पुग्ने लक्ष्य, तस्विरमा हेर्नुहोस्

मङ्गलबार, १८ कात्तिक २०७७, १७ : १३
मङ्गलबार, १८ कात्तिक २०७७

कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले मंगलबार सातदोबाटो स्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् ।

नौ महिना देखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनु पर्ने चौतर्फी दबाब आए पछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सिमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ । खेलाडी आफैले विभिन्न माध्ययमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे अनुसार छिट फुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन् ।

यसै मध्येका कराते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन । घर बसाइ पट्यार लाग्दो भइसकेको र अभ्यासमा फर्किन आतुर रहेकी कराते खेलाडी अनु अधिकारीले अभ्यासले आफूलाई उत्साह मिलेको बताइन् ।

यस्तै नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नविन रसाइली पनि अभ्यसमा फर्किन पाउँदा दंग देखिन्छन् । कोरोनाले असर पारेको भन्दै नविनले घरको वातावरण मात्र भन्दा पनि म्याटको अभ्यास आवश्यक भएको बताए ।

मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बाहना बनाएर खेलकुद गतिविधि रोक्न नहुने तर्क राख्दै आएका छन् । खेलाडीलाई घरमा नै थुनेर राख्ने भन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रिय स्तरमा अन्य देशले अबलम्बन गरेको विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नु पर्ने समय आएको र सोही अनुसार  खेलाडीलाई फिटनेसका लागि अभ्यासमा बोलाएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप