शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुई पिलरको घर कहाँ धेरै टिक्छ र ?’

ओलीको मिसन माओवादी समाप्त पार्ने थियो, त्यो पूरा भयो, अब प्रचण्ड चाहिएन !
मङ्गलबार, १८ कात्तिक २०७७, ११ : ००
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अब कुनै चमत्कार नभए पार्टी फुट्ने निश्चत देखिएको चर्चा हुन थालेको छ । नेकपाका शीर्ष नेताहरुले नै पार्टी फुटको संघारमा रहेको भन्न थालेका छन् । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा केपी शर्मा ओली पक्षका नेताहरुले एक अर्कालाई दोषी देखाएर पार्टी फुटबाट जोगाउन आह्वान गरिरहेका छन् । तर आ–आफ्नो गल्ती भने कसैले स्वीकार गरेका छैनन् । एकता जोगाउन सार्वजनिक आह्वान गरे पनि भित्रभित्रै पार्टी फुटपछिको रणनीतिबारे पनि तयारी गरिरहेका छन् ।

‘माओवादी गणतन्त्र विरोधी, संघीयता विरोधी ओलीसँग किन एक हुन गयो ? प्रचण्डले आफ्ना सबै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विप्लवलगायतलाई छाडेर अ‍ोलीसँग एक्लै किन गए ? किनभने ओली प्रचण्डबाहेक अरुलाई लिन चाहँदैन थिए । माओवादीको मुख्य व्यक्तिमार्फत् नै माओवादी समाप्त गर्न सकियो भने जडैदेखि समाप्त हुन्छ भन्ने बुझेर उनले यस्तो गेम खेले । सोही मिसन पूरा भएपछि आज प्रचण्डलाई ‘अब जानुस्’ भने ।’

पार्टीको पछिल्लो विवाद हेर्दा नेकपाको एकताको आधार समाप्त नै भएको बताउँछन् राजनीतिक विश्लेषक मुमाराम खनाल । उनले भने, ‘पार्टी जेका लागि गठन भएको थियो त्यसको आधार नै समाप्त भएको छ, त्यसैले यो पार्टी अब एक रहन्न ।’ उनका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएर मात्र नेकपा बनेको हो । विश्लेषक खनाल भन्छन्, ‘दुई अध्यक्षको बीचमा दुईजना अध्यक्ष र दुवैजना प्रधानमन्त्री बन्ने सहमति भएको थियो । यदि संविधानले दुईटा प्रधानमन्त्रीको प्रावधान राखेको भए, दुवैजना प्रधानमन्त्री हुनुहुन्थ्यो । तर प्रावधान नभएको कारणले आधा आधा समय प्रधानमन्त्री बन्ने सहमति गर्नुभएको थियो ।अहिले त्यो सहमति कार्यान्वयन गर्नुपर्ने बेला आएपछि लफडा शुरु भएको हो । त्यसैले जुन आधारमा एकता भएको थियो, त्यो आधार नै समाप्त भएपछि अब एकीकरणकरणको औचित्य समाप्त भएको हो ।‘

नेकपाकै नेता अनुसार पार्टीमा १७ लाखदेखि १८ लाखसम्म नेता तथा कार्यकर्ताहरु रहेका छन् । तर एकीकरणको समयमा अरु कसैसँग पनि सल्लाह गरिएन । ‘दुईजना जादुगरले एकीकरण गरे, र आज त्यही दुई जादुगरको बीचमा लफडा शुरु भएको छ,’ उनी भन्छन्, ‘दुईटा पिलरले मात्र कहिल्यै घर बन्दैन् । त्यसका लागि अन्य सहायक पिलरहरु चाहिन्छन् । दुईटा पिलरमा मात्र घर ठडाउने प्रयास गरियो भने त्यो धेरै दिनसम्म टिकाउ हुँदैन ।’

‘ओलीको मिसन थियो माओवादी समाप्त पार्ने, त्यसमा उनी सफल भएपछि उनले प्रचण्डलाई अब जानुहोस् भनेका हुन्,’ खनालले भने, ‘माओवादी गणतन्त्र विरोधी, संघीयता विरोधी ओलीसँग किन एक हुन गयो ? प्रचण्डले आफ्ना सबै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विप्लवलगायतलाई छाडेर अ‍ोलीसँग एक्लै किन गए ? किनभने ओली प्रचण्डबाहेक अरुलाई लिन चाहँदैन थिए । माओवादीको मुख्य व्यक्तिमार्फत् नै माओवादी समाप्त गर्न सकियो भने जडैदेखि समाप्त हुन्छ भन्ने बुझेर उनले यस्तो गेम खेले । सोही मिसन पूरा भएपछि आज प्रचण्डलाई ‘अब जानुस्’ भने ।’

अब पार्टी फुटेपछि जसको स्वार्थ जहाँ मिल्छ त्यहीँ बस्ने उनको बुझाइ छ । एमालेका केही मान्छे प्रचण्डले तान्न सक्छन् भने माओवादीका केही मान्छे ओलीले तान्न सक्छन् । त्यो खेल शुरु पनि भइरहेको छ ।

प्रधानमन्त्री ओलीमा पार्टी फुटाउने हतारो देखिएको अर्का वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । प्रधानमन्त्री ओलीले लगातार पार्टी फुटाउने चेतावनी दिइरहेको तर प्रचण्ड, माधवकुमार नेपालहरु पार्टी फुटाउन डराइरहेको उनी बताउँछन् । ‘पार्टी फुट्ने निश्चित नै छ तर यसको दोष कसले लिने भन्ने कुरामा अड्केको छ । प्रचण्डलाई पनि भित्रै मनदेखि अलग भइ जाओस् भन्ने होला तर उनले पनि पार्टी फुटको दोष लिन चाहेका छैनन्,’ विश्लेषक श्रेष्ठको भनाइ छ ।

‘क्रियाकलाप हेर्दा अध्यक्षहरुले नै पार्टी जोगाउन नचाहको देखिन्छ,’ श्रेष्ठ भन्छन्, ‘नेकपासँग देश बनाउने ठूलो अवसर थियो तर उनीहरुले अवसर गुमाए ।’ जनताले नेकपामाथि निकै ठूलो विश्वास गरेको तर ती सबै आशामाथि नेकपाका नेताहरुले कुठराघात गरेको बताउँदै श्रेष्ठले अब त्यति चाँडो कम्युनिस्टमाथि नेपाली जनताले विश्वास नगर्ने बताए ।

पार्टी फुटको दिशामा गइसकेको र ढिलो–चाँडो फुट्ने निश्चित रहेको उल्लेख गर्दै उनले यो फुटलाई कसैले जोगाउन सक्छ भने त्यो केन्द्रीय कमिटीको बैठक मात्र रहेको उनी बताउँछन् । तर प्रधानमन्त्री ओलीले कुनै पनि कमिटीको बैठक नै नबोलाउने भनिसकेको कारण पार्टी फुट्ने निश्चित भएको उनको जिकिर छ ।

‘क्रियाकलाप हेर्दा अध्यक्षहरुले नै पार्टी जोगाउन नचाहको देखिन्छ,’ श्रेष्ठ भन्छन्, ‘नेकपासँग देश बनाउने ठूलो अवसर थियो तर उनीहरुले अवसर गुमाए ।’ जनताले नेकपामाथि निकै ठूलो विश्वास गरेको तर ती सबै आशामाथि नेकपाका नेताहरुले कुठराघात गरेको बताउँदै श्रेष्ठले अब त्यति चाँडो कम्युनिस्टमाथि नेपाली जनताले विश्वास नगर्ने बताए ।

‘जसरी एकीकरण भयो, त्यसरी भत्किन लागेको छ । एकीकरण गर्ने बेला दुईजना अध्यक्षले अरु कसैसँग छलफल गरेनन् । दुई फरक स्कूलिङ्गबाट आएका पार्टीले नयाँ पार्टी कस्तो बनाउने बहस गर्नुपथ्र्यो, नयाँ पार्टीको सद्धान्तिक, वैचारिक पक्षमा दुवै पार्टीमा बहस चलाउनु पथ्र्यो,’ राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘तर दुईजना अध्यक्षको स्वार्थ मिलेपछि हतारमा पार्टी एकीकरण भयो । आज स्वार्थ नमिल्ने देखेपछि पार्टी फुट्न लागेको छ ।’

‘प्रधानमन्त्री ओलीले म भन्दा बहादुर कोही छैन, म जतिको सुपरपावर कोही छैन, म जतिको बुझ्ने यहाँ कोही छैन, म जे बोल्छु त्यही हुनुपर्छ भन्छन्,’ रोकाको भनाइ छ, ‘के अ‍ोलीले बोलेको कुरा पत्थरको अक्षर हो, जसलाई कसैले काट्न सक्दैन ? ओलीले दुई तिहाई पनि मान्दिनँ, पार्टीको निर्णय पनि मान्दिनँ, कुनै बैठक पनि बस्न दिन्न भन्नुको अर्थ के हो ? यस्तो तानाशाही र निरङ्कुश शासन कहीँ पनि हुँदैन ।’

उनले भने, ‘पार्टी एकीकरणकै शुरुवातामा नेताहरुले गल्ती गरे । एकीकरण गर्नु पूर्व कुनै बहस चलाइएन । गोप्य कोठामा बसेर दुईजना अध्यक्षले सहमति गरेर भएको एकीकरणको भविष्य यस्तै हुन्छ ।’ प्रधानमन्त्री ओलीले आफूलाई नसच्याएसम्म पार्टी एकीकृत नरहने र यो पार्टी फुट्यो भने उनकै कारण मात्र फुट्ने बताउँदै उनले ओलीको डोमिनेशन सहेर धेरै दिनसम्म कसैले बस्न नचाहने उनको जिकिर छ ।

‘प्रधानमन्त्री ओलीले म भन्दा बहादुर कोही छैन, म जतिको सुपरपावर कोही छैन, म जतिको बुझ्ने यहाँ कोही छैन, म जे बोल्छु त्यही हुनुपर्छ भन्छन्,’ रोकाको भनाइ छ, ‘के अ‍ोलीले बोलेको कुरा पत्थरको अक्षर हो, जसलाई कसैले काट्न सक्दैन ? ओलीले दुई तिहाई पनि मान्दिनँ, पार्टीको निर्णय पनि मान्दिनँ, कुनै बैठक पनि बस्न दिन्न भन्नुको अर्थ के हो ? यस्तो तानाशाही र निरङ्कुश शासन कहीँ पनि हुँदैन ।’

४० प्रतिशत जसले पुर्याउँछ त्यसले पार्टी फोड्ने र पार्टी फोरेपछि सरकारको कुरा पनि आउने उनी बताउँछन् । ‘पार्टी फुटेपछि काँग्रेस र जसपाले जसलाई साथ दिन्छ, त्यसकै नेतृत्वमा सरकार बन्छ,’  भित्रभित्रै त्यो खेलमा पनि नेताहरु लागि सकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप