बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

कोरोना जित्दा अर्को जन्मको महसुस भयो

समाजमा भनिए जस्तै रहेनछ कोरोना
सोमबार, १७ कात्तिक २०७७, १२ : २६
सोमबार, १७ कात्तिक २०७७

नेपालसहित विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाबाट म पनि अछुतो रहन सकिनँ । ‘कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि, लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ । अनावश्यक हल्ला फैलाइँदैछ ।  यो सबै नेताहरुको खेल हो । कमिसन खाने बाटो बनाएका हुन् नेताहरुले ! मेडिकल माफियाहरुले फैलाएको रोग हो !’ भन्ने कुराबाट म पनि  भ्रममा रहेछु । त्यस्तो रहेनछ  ।  आफूलाई नपरेसम्म चेत आउने रहेनछ ।

सुरुको लकडाउनमा काठमाडौँमै थुनिएर होला आन्तरिक हवाई सेवा खुलेपछि उपत्यका बाहिर जान निकै इच्छा थियो । अफिसकै कामको सिलसिलामा असोज २१ गते विराटनगर गएँ । एक हप्ता प्रदेश १ मै बस्ने र धेरै साथीभाइ भेट्ने योजना थियो । भौतिक दूरी र स्वास्थ्य सुरक्षा अपनाउन म सदैव सचेत थिएँ । छिन छिनमै सेनिटाइजर  साबुन पानीले हात धुने गर्थें । चार्को घाम र गर्मीमा तातोपानी पिएको देख्दा अरूले खिसी पनि गर्थे । तर मलाई भने कोरोना सङ्क्रमित हुनबाट बच्नु थियो ।  “अब त लकडाउन छैन मास्क किन लगाउनु र ?” भन्नेहरुको जमात पनि कम थिएन । यतिको सावधानी अपनाउँदा अपनाउँदै पनि कात्तिक १ गते म पनि सङ्क्रमित भएँ ।

विराटनगर स्थित होटल बिगमा मेरो बसाइ थियो । दिनभरी विभिन्न काममा बाहिर गए पनि राति फर्किएर सुत्थेँ । २० किलोमिटरको दूरी सुनसरीमा आफ्नै घर भए गइनँ ।  किनभने घरमा भाइका साना बच्चा छन् । बाहिरफेर हिँडिरहने हुनाले मबाट घरमा कसैलाई सङ्क्रमण हुन्छ कि भन्ने डर थियो ।

दुर्भाग्यवस असोज २९ गते एक्कासि मलाई थाकेको अनुभव भयो । त्यो समय विराटनगरदेखि बिर्तामोड, धरान, भेडेटारसम्म गएको थिएँ । त्यही धपेडीले भन्ने लाग्यो ।  काठमाडौँ बसेको बानी, यताको गर्मी र गाडीको एसीले त्यतिकै पनि ज्वरो आउने त हो भन्ने पनि थियो । अरू  दिनको तुलनामा त्यो दिन अझै बढी तनाव भयो । टाउको दुख्ने, पसिना आउने समस्या बढ्दै गयो । त्यसपछि मलाई पक्कै कोरोना नै भएको महसुस भयो ।

१० बजेपछि अस्पतालबाट “तपाईंको रिपोर्ट पोजेटिभ छ, बढी समस्या छ भने अस्पताल भर्ना हुनु होला, नभए घरमै अराम गर्नुस् ।” भनेर फोन आयो ।  त्यसपछि उताबाट अवाज अयो,  “तपाईंको मोबाइल एसएमएसमा केही औषधिको नाम पठाएका छौँ,  मगाएर खानुस् है ।” भनेर फोन काटियो ।   

कात्तिक १ गते बिहान ९ः३० बजे बुद्ध एयरको फ्लाइटबाट सीधै काठमाडौँ फर्कें ।  एयरपोर्टबाट सीधै अस्पताल गई स्वाब दिएर घर पुगेँ । घरमा मैले भनिसकेको हुनाले मेरो लागि छुटै कोठाको व्यवस्था भइसकेको थियो । दुवैतिर झ्याल ढोका भएको बैठक कोठामा एकान्तबास बसेँ । श्रीमतीले आवश्यक सबै व्यवस्था गरिदिएकी थिइन् । पछिल्लो १० दिनदेखि बाहिर रहेकाले छोरीलाई भेट्न निकै मन थियो तर एकान्तवासमा बस्नु मेरो बाध्यता थियो ।

सुरुवाती लकडाउनका बेला नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पीसीआर परीक्षणदेखि अहिलेसम्म चौथो पटक परीक्षणका लागि स्वाब दिइएको थिएँ । ११ चैतदेखि देशमा लकडाउन भएको थियो ।  त्यति बेलादेखि नै कोरोनाबारे रिपोर्टिङ,  टेलिभिजन बहस आदि काममा सक्रिय नै थिएँ ।  चीनको उहानबाट विद्यार्थीहरु ल्याएर राख्नका लागि बनाइएको खरिपाटी क्वारेन्टाइनको समयमा सबैमा धेरै त्रास थियो । तर अहिले जताततै घरमै रहेको आइसोलेसन भएको अवस्थामा त्यसको पाँच प्रतिशत पनि त्रास छैन । त्यतिबेला मान्छे डराउँथे । तर अवस्था अहिले फरक छ ।

शनिबारको दिन र दसैँको रौनक भएर होला बजारमा चहलपहल निकै देखिन्थ्यो । विराटनगरदेखि काठमाडौँसम्ममा उस्तै चहलपहल थियो । तर आफूलाई भने शारीरमा तनाव थियो भने हल्का टाउको दुखिरहेको थियो । खुट्टा गलेका थिए । श्रीमतीको हातबाट काढा पिए खासै स्वाद आएन । त्यस दिन त्यत्तिकै बित्यो ।

भोलिपल्ट १० बजे रिपोर्ट आउने कुरा थियो । स्वाब दिएको दोस्रो दिन बिहान उठ्दा गाह्रो भयो । टाउको र जिउ दुखाइ क्रमशः बढ्दै गयो ।  टिभी, मोबाइल, ल्यापटप खोल्नै मन लागेन । खाना त हेर्न पनि मन लागेन ।  फोन आयो भने पनि इरिटेड हुथ्यो, उठाउन मन लाग्दैनथ्यो । १० बजेपछि अस्पतालबाट “तपाईंको रिपोर्ट पोजेटिभ छ, बढी समस्या छ भने अस्पताल भर्ना हुनु होला, नभए घरमै अराम गर्नुस् ।” भनेर फोन आयो ।  त्यसपछि उताबाट अवाज अयो,  “तपाईंको मोबाइल एसएमएसमा केही औषधिको नाम पठाएका छौँ,  मगाएर खानुस् है ।” भनेर फोन काटियो ।   

एक्कासि तनाव बढ्यो । म्यासेन्जरको फैमली ग्रुपमा आफू सङ्क्रमित भएको म्यासेज छाडेँ । मोबाइल साइलेन्ट गरे र सुत्ने प्रयास गरेँ । निन्द्रा लागेन । एकातिर मनमा यो कुरा सार्वजनिक त गर्नै पारो भन्ने हुन्थ्यो भने अर्कोतिर होस् नगरौँ भन्ने पनि भयो । कोरोनालाई त्यति धेरै हलुका रूपमा लिनुहुँदैन भन्ने मनले भन्थ्यो तर कतै कुनै जटिल समस्या नै भयो भने के गर्ने ? लगायतका कुरा मनमा खेलिरहे । एकखालको बेचैनी र छटपटी बढी रह्यो ।

ज्वरो आउने, टाउको दुख्ने र जिउ अत्यधिक दुख्ने थियो । श्वास प्रश्वासमा समस्या नभएकाले धेरै आत्तिन नहुने सल्लाह डाक्टरहरुको थियो । तर दुखाइ कति थियो भने मर्छु कि भन्नेसम्म लागेको थियो ।

खाना खाने मनै भएन । बेसारपानी र काढा, खान सक्छु कि भनेर गिलासमा लिएँ । निल्न निकै गाह्रो भयो तर जसोतसो खाएँ । स्वास्थ्यकर्मी समेत रहेका मेरा एकजना भाइ महेशले केही औषधि दिए तर घट्नुको साटो ज्वरो झन् बढ्दै गयो । आँखाका दानासमेत निकै जोडतोडले दुख्न थाले । यति धेरै दुख्यो, अब चाहिँ आँखा फुटेर बाहिर निस्कन्छन् जस्तै भयो । खुट्टा पनि दुखिरेहका थिए । शरीरले निकै थकान महसुस गरिरहेको थियो । जसोतसो निदाएछु । त्यो रात जसोतसो बित्यो । भोलिपल्टदेखि ज्वरोले अर्कै रूप लियो । औषधि खाँदा ठीक हुने, एक छिनपछि फेरि आउने ।

बिहान उठ्दा ६ बज्नै लागेको थियो । झन् धेरै गाह्रो भयो । बेडमा छटपटाइरहेँ । केही डाक्टरहरुलाई टेलिफोन गरेर जानकारी गराएँ । प्रायः डाक्टरहरुले श्वास–प्रश्वासमा केही समस्या छ कि भनेर सोध्नु हुन्थ्यो । तर मलाई श्वास–प्रश्वासमा त्यस्तो केही समस्या थिएन ।  ज्वरो आउने, टाउको दुख्ने र जिउ अत्यधिक दुख्ने थियो । श्वास प्रश्वासमा समस्या नभएकाले धेरै आत्तिन नहुने सल्लाह डाक्टरहरुको थियो । तर दुखाइ कति थियो भने मर्छु कि भन्नेसम्म लागेको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि मान्छे आतिन्छ भन्ने सबैको अनुमान हुने रहेछ । तर म आत्तिइनँ । माथि बस्ने घरबेटी अङ्कललाई फोन गरेर आफू सङ्क्रमित भएको जानकारी गराएँ । “केही छैन बरु एकान्त बस्नु, दसैँको मुखमै आएर तपाईंलाई के दसा लाग्यो होला” भन्दै फोन काट्नुभयो । मेरी छोरी र उनकी नातिनी निकै मिल्ने साथी, सधैँ सँगै खेल्ने, एक्कासि उनकी नातिनी तल आउन छाडी । मेरी छोरी पनि बाहिर निस्किन छाडी । छेउछाउकाले मेरा परिवारका सदस्यहरुसँग टाढैबाट पनि बोल्न नचाहने ।  मानाँै हामी सबै जना सङ्क्रमित भएजस्तो, आमने सामने भइहाल्यो भने ठ्यक्कै फर्किहाल्ने ।

त्यतिबेलासम्ममा मैले फेसबुकको माध्यमबाट आफू सङ्क्रमित भएको कुरा सार्वजनिक गरिसकेको थिएँ । मेरा घर (सुनसरी) बाट तान्तार फोन आइरहेको थियो । त्यो अवधिमा समाजलाई पनि चिन्ने मौका पाएँ । मेरा मामाहरु पनि फरक व्यवहार देखाउन थाल्नुभयो । म घरपुग्दा लाइन लागेर मलाई भेट्न आउनेहरु समेतको व्यवहारमा परिवर्तन आयो । मलाई समाजप्रति पनि घृणा लाग्न थाल्यो । तर के गर्नु हाम्रो समाज नै यस्तै रहेको छ भनेर चित्त बुझाएँ ।  

दुई बजे राति निद्रा खुलेपछि मोबाइलमा हेर्छु असङ्ख्य मिसकल तथा म्यासेन्जरमा सुझावहरु आएका छन् । तातोपानी, बेसार, गुर्जो, केके रे, के के । मनमा एउटा कुरा फेरि खेल्न थाल्यो, “एउटा समाज छ, जो सुनसरी जहाँका व्यक्तिहरुले मेरो परिवारलाई समेत अपवित्र नजरले हेर्दैछन् तर अर्को समाजले मलाई यसरी सुझाव दिँदैछन् । सायद दुनियाँ यसैलाई भनिन्छ होला ।”

टाउको दुख्ने, पेट दुख्ने, आँखा दुख्ने, कान दुख्ने, घाँटी दुख्ने र ज्वरो लाग्ने÷छुट्ने क्रम लगातार ५ दिनसम्म चलेपछि  फेरि सुख्खा खोकीको क्रम सुरु भयो । त्यस्तो खोकी जीवनमै अहिलेसम्म मलाई कहिले भएको थिएन । खोकी सुरु भएपछि लगातार लागि रहने । छाती नै फाटिएला र टाउको फुट्ला जस्तो महसुस् हुने । यस्तो क्रम लगातार ५ दिनसम्म जारी रहयो । बीचमा के–के औषधिहरु खाएँ । त्यो आफूलाई नै थाह छैन । अहिले कमजोरी बाहेक खासै कुनै समस्या छ जस्तो लाग्दैन । कोरोनालाई जितेको मनबाटै महसुस भइरहेकेको छ । 

१५ औँ दिनमा फेरि परीक्षणका लागि दिएको रिपोर्टको नतिजा नेगेटिभ आएको छ । खुसी लागेको छ । तर ती १४ दिनहरु सम्झँदा अझै पनि तनाव हुन्छ । यहीबीचमा नेपालीहरुको महान पर्व विजयादशमी पनि सक्यो । सङ्क्रमितका रूपमा एउटा कोठामै सीमित भएर दसैँलाई बिदा गरियो । फेसबुकमा अरूले राखेको फोटोहरुले नै रमाएँ । होम आइसोलेसनमा बस्दा शुभेच्छु साथीहरुको फोन धेरै आए । कतिको उठाइयो,  कतिको उठाइएन । प्रधानमन्त्रीको सचिवालय र प्रदेश १ स्थित मुख्यमन्त्रीको सचिवालयले सबैभन्दा बढी चासो लिएको पाएँ ।  नेपाल पत्रकार महासङ्घको काठमाडौँ समिति, उपत्यका समिति र केन्द्र समितिको तर्फबाट सदैव सम्पर्कमै रहियो । मन्त्री,  पूर्वमन्त्री, सांसदहरु, उद्योगी, व्यवसायी, बैङ्कर, पत्रकार, अन्य पारिवारिक नातागोता, साथीभाइ, आफन्त धेरैले सम्झिनुभयो ।  तातोपानी बेसार खानू, गुर्जोको रस, मह, तुलसी, आदुवाको रस, बाफ लिनु र नआत्तिनु प्रायः सबैको सुझाव थियो ।

अन्त्यमा यति अवश्य भन्छु, यस्तो रोग अरू कसैलाई नलागोस् । समाजमा भनिए झैँ कोरोनालाई त्यति धेरै हलुका लिनुहुँदैन भन्ने मैले बुझेको छु । कहीँ जाँदा पनि विशेष सुरक्षा सतर्कता अपनाएकै हो । कहीँकतै आफ्नै कमजोरीले कोरोना लाग्यो भन्ने मलाई लागेको छ । मृत्युका मुखबाट जोगिएर अर्को जन्म पाउको जस्तो अनुभूति हुन्छ । अहिलेलाई म यति भन्छु– कोरोना केही पनि होइन नभनौँ । सतर्क रहौँ तर नआत्तिऔँ ।

सुझाव दिनेहरुले जेजस्तो भने पनि आफ्नो पीडा अझै पनि आफैलाई याद छ । १३÷१४ दिनको कठिन र पीडादायक सङ्घर्षपछि अन्ततः कोरोनालाई जितेको छु । मेरा लागि ठूला डाक्टर मेरी पत्नी शिला र भाइ महेश हुन् । उनीहरुले कुन–कुन दबाई दिए, कुनकुन खाएँ त्यो उनीहरुलाई नै थाह छ । तर उनीहरुको दबाइको परिणाम हो म सङ्क्रमणमुक्त भएको छु ।

व्यक्तिगत रूपमा फोनमार्फत सुझावसहित हौसला दिने मन्त्रीज्यूहरु प्रदीप ज्ञवाली, पार्वत गुरुङ, रामेश्वरराय यादवसहित नेताज्यू माधवकुमार नेपाल, उपेन्द्र यादव, विजयकुमार गच्छदार, शेखर कोइराला, लालबाबु पण्डित, ज्ञानेन्द्रबहादुर कार्की, रेणु यादव, भीम आचार्य र आदरणीय सीताराम मेहताको स्नेहपूर्ण फोन व्यवहार अवश्य पनि मलाई सदैव याद रहनेछ ।

त्यसैगरी महासङ्घ अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्ष धर्मेन्द्र झा, महासचिव रमेश विष्ट, प्रदेश २ स्थित सांसद उपेन्द्र महतो, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजेश अहिराज, गणेश मण्डलको फोन सुझाव र स्नेह व्यवहारलाई पनि बिर्सन सक्दिनँ । त्यस्तै सार्वजनिक रूपमा फेसबुकमार्फत सुझाव र आत्मबलसहित मेरो स्वस्थ्य लाभको कामना गरिदिनुहुने सम्पूर्णप्रति अभारी त रहने नै छु ।

अन्त्यमा यति अवश्य भन्छु, यस्तो रोग अरू कसैलाई नलागोस् । समाजमा भनिए झैँ कोरोनालाई त्यति धेरै हलुका लिनुहुँदैन भन्ने मैले बुझेको छु । कहीँ जाँदा पनि विशेष सुरक्षा सतर्कता अपनाएकै हो । कहीँकतै आफ्नै कमजोरीले कोरोना लाग्यो भन्ने मलाई लागेको छ । मृत्युका मुखबाट जोगिएर अर्को जन्म पाउको जस्तो अनुभूति हुन्छ । अहिलेलाई म यति भन्छु– कोरोना केही पनि होइन नभनौँ । सतर्क रहौँ तर नआत्तिऔँ ।

(कोराना सङ्क्रमित भएर निको भएका पत्रकार वीरेन्द्र केएम नागरिक टाइम्सका सम्पादक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र केएम
वीरेन्द्र केएम
लेखकबाट थप