इतिहासमा आज – बीबीसी टेलिभिजन सेवाको औपचारिक प्रशारण सुरु

बीबीसीले लण्डनस्थित ब्रोडकास्टिङ हाउसबाट १९३२ देखि टेलिभिजन कार्यक्रम उत्पादन गर्न थालिसकेको थियो । शृङ्खलाबद्ध रुपमा परीक्षण प्रशारण र १९३६ अगस्टमा सुरु भएको विशेष प्रशारणपछि २ नोभेम्बर १९३६ मा लण्डनस्थित अलेस्यान्द्रा प्यालेसबाट औपचारिक प्रशारण आरम्भ भयो । उच्च स्तरको इमेज रिजोलुसनसहित नियमित प्रशारणमा आउने यो विश्वकै पहिलो टेलिभिजन हो, तत्कालीन समय बीबीसी भिएचएफ ब्यान्डमा प्रशारण हुने गरेको थियो । नियमित प्रशारण सुरु भएयता बीबीसीले मेई १९३७ मा राजा जर्ज चौथो र रानी एलिजावेथको राज्याभिषेक समारोहसहित धेरै विशेष कार्यक्रमहरु प्रशारण ग-यो ।
तर, प्रशारण केही वर्षमात्रै नियमित हुनसक्यो । नाजी जर्मनीविरुद्ध बेलायतले युद्ध घोषणा गर्नुभन्दा ठीक दुई दिनअघि १ सेप्टेम्बर १९३९ मा बीबीसीको सेवा अवरुद्ध भयो । त्यसअघि बीबीसीबाट अन्तिमपटक मिक्की माउस कार्टून प्रशारणमा आएको थियो । युद्धका लागि लण्डनतर्फ आउने शत्रु अर्थात् नाजी जर्मनीका जहाजहरुलाई सिग्नल पत्ता लगाउन भिएचएफ ट्रान्समिशन सहयोगी बन्नसक्छ भन्ने त्रास बेलायती अधिकारीहरुलाई थियो, टेलिभिजन बन्द गर्नुको कारण त्यही नै थियोे । विश्वयुद्ध लम्बिदैं जाँदा बीबीसीको प्रशारण पनि अलपत्र प¥यो । ७ जुन १९४६ मा स्थानीय समयअनुसार दिउँसो ३ बज्दा बीबीसी टेलिभिजनको प्रशारण फेरि सुरु भयो । ‘गुड आफ्टर्नुन एभ्रीबडी । हाउ आर यु ? डु यु रिमेम्बर मी, जस्माइन ब्लिग...,’ बीबीसीका प्रस्तोताले सम्बोधन गरे । ब्लिग बीबीसीको स्थापनाकालका प्रस्तोतामध्ये एक थिए । यसको २० मिनेटपछि पुरानै मिक्की माउस कार्टुन फेरि दोहो¥याइयो ।
झन्डै एक दशक बेलायतको टेलिभिजन दुनियाँमा बीबीसीको एकाधिकार कायम रह्यो । तर, २२ सेप्टेम्बर १९५५ मा व्यवसाहिक टेलिभिजन इन्डिपेन्डेन्ट टेलिभिजन स्टेशन (आईटिभी) सुरु भयो । त्यसपछि बीबीसीले प्रतिस्पर्धामा अब्बल ठहरिनका लागि आफ्ना प्राथमिकता र सामाग्रीहरु परिवर्तन गर्नुप¥यो । सन् १९६० मा बीबीसीलाई अर्को टेलिभिजन सञ्चालनको अनुमति मिल्यो । सन् १९६४ बीबीसीको नाम बीबीसी १ नामाकरण गरियो, बीबीसी २ नाममा यही कर्पोरेशनको अर्को टेलिभिजन च्यानल लञ्च भयो । बेलायतमा अहिले बीबीसीका १० वटा विभिन्न च्यानल उपलब्ध छन् । मनोरञ्जन, बालबालिका लक्षित, समाचारलगायत फरक विधामा फरक टेलिभिजन सञ्चालनमा छन् । बेलायतबाहिर विभिन्न क्षेत्रमा बीबीसीका फरक च्यानलहरु प्रशारणमा छन् । अंग्रेजीबाहेक पर्सियन, अरेबिकलगायत भाषामा समेत टेलिभिजन च्यानल सञ्चालनमा छ ।
अन्य घटनाक्रम
– एटलास नामक जहाज सन् १८३४ मा भारतीय मजदुरहरुलाई लिएर मोरिसस पुगेको थियो, त्यसैले यस दिनलाई मोरिससमा आप्रवासी दिवसका रुपमा मनाइन्छ ।
– इजिप्टमा सन् १९५१ मा बेलायतविरुद्ध भएको प्रदर्शनलाई नियन्त्रण ल्याउनका लागि झन्डै ६ हजार बेलायती सैनिक तैनाथ ।
– सन् १९६४ मा साउदी अरेबियाका राजा साउदमाथि पारिवारिक कु, उनलाई सत्ताच्युत गरेर सैतेनी भाई फैसल नयाँ राजा बने ।
– पाकिस्तानको राजधानी इस्लामावादमा सन् १९९९ मा संयुक्त राष्ट्रसंघ र अमेरिकी दूतावासमा अज्ञात व्यक्तिहरुद्वारा हमला ।
– सन् २००४ चीनको हेनानमा जातीय हिंसाका कारण २० जनाको मृत्यु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट